Successfully Copied

सौन्दर्य कायम राख्न

आफ्नो छालालाई सुन्दर बनाउन प्राकृतिक प्रसाधन प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाट स्किनमा कुनै नकारात्मक प्रभाव पर्दैन र प्राकृतिक ग्लोसमेत कायम रहन्छ । फेसियल ओयल्सका माध्यमबाट सुन्दरतामा आकर्षण र थप निखार संचार गर्न सकिन्छ । 

आफ्नो छालालाई सुन्दर बनाउन प्राकृतिक प्रसाधन प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाट स्किनमा कुनै नकारात्मक प्रभाव पर्दैन र प्राकृतिक ग्लोसमेत कायम रहन्छ । फेसियल ओयल्सका माध्यमबाट सुन्दरतामा आकर्षण र थप निखार संचार गर्न सकिन्छ । 

फेसियल ओयल्सलाई मुहारमा सीधा प्रयोग गर्न सकिन्छ, जबकि एसेन्सियल ओयललाई कुनै क्रिम वा अरु तेलसित मिसाएर प्रयोगमा ल्याइन्छ । फmेसियल ओयललाई नाइट क्रिम वा मोइस्चराइजिङ त्रिम वा लोसनमा मिसाएर समेत प्रयोग गर्न मिल्छ । यो तेल प्राकृतिक रूपमा तयार पारिन्छ । त्यसैले यो छालाका लागि पूर्णरूपमा सुरक्षित हुन्छ । यसमा प्रयोग हुने प्राकृतिक तेलले शरीरमा एन्टी ब्याक्टेरियल छालालाई एक्टिभ गर्छ । त्यसबाट छाला निखारिन्छ अनि दाग तथा रिंकल पनि हट्छ । यो तेलको मसाजबाट छालालाई कोमलता प्राप्त हुन्छ । छालाको अतिरिक्त स्याहारका लागि यसमा मोइस्चराइजिङ लोसन, क्लिन्जिङ क्रिम, दूध आदि प्रयोग गर्न सकिन्छ । 

फाउन्डेसन

फेसियल ओयल्सलाई फाऊन्डेसन वा बीबी क्रिम (ब्लेमिस त्रिम) सँग मिसाएर प्रयोग गर्न सकिन्छ । यसबाट फ्रेस लुक मात्र प्राप्त हुँदैन, मुहारमा चमकसमेत आउँछ । 

मोइस्चराइजिङ क्रिम

फेसियल ओयल्सलाई मोइस्चराजिङ क्रिम, लोसन तथा नाइट त्रिमका साथमा प्रयोग गर्दा रिंकल तथा असमान रंगबाट जोगिनुका अतिरिक्त हाइपर पिग्मेन्टेसन आदिको समस्याबाट मुक्ति मिल्छ । 

फेसियल क्रिम वा मास्क

यदि सैलुन वा घरमा फेसियल वा मास्क अप्लाई गर्नु छ भने त्यसमा केही थोपा फेसियल ओयल्स मिसाउनुपर्छ । यसबाट फेस मास्कको फाइदा धेरै गुणा वृद्धि हुन्छ । 

फाइदाजनक तेल

ब्युटी प्रोडक्ट्समा प्रयोग गरिने केमिकल्सको केही साइडइफेक्ट हुनसक्छ तर प्राकृतिक तबरबाट तयार पारिएका फेसियल ओयलबाट स्किनलाई हानि हुँदैन । 

एबोकाडो केरियर ओयल

स्किनलाई चम्किलो तथा रिंकल फ्रि राख्न वा डिप क्लिन्जिङ गर्न एबोकाडो केरियल ओयल हरेक दृष्टिले उपयुक्त हुन्छ । 

रोजहिप केरियर ओयल

यसमा भिटामिन ई, सी, डी तथा एन्टी अक्सिडेन्ट समावेश हुन्छ जसले छालालाई रेडिकल फ्रि गरी निखार्ने काम गर्छ । यसमा एन्टी एजिङ पनि पाइन्छ । यसको प्रयोगले आँखा वरपरको फाइन लाइन्स हट्छ । यदि छाला ओयली छ भने यसको प्रयोग अवश्य गर्नुपर्छ । 

जोजोवा केरियर ओयल

यसको इन्स्टेन्ट क्लिनिङ प्रोपर्टिजले छालालाई भित्रैबाट सफा गर्नुका साथै मुहारबाट अतिरिक्त तेल हटाएर त्यसलाई प्राकृतिक निखार प्रदान गर्छ । यो मेकअपले प्राइमरका रूपमा समेत काम गर्छ । 

केस्टर केरियर ओयल

छालाको नरमपन कायम राख्न केस्टर ओयल प्रयोग गर्नुपर्छ । यसले डार्क सर्कल्स तथा दाग–धब्बाहरू हटाउँछ । 

कोकोनट केरियर ओयल

यसले छालालाई मात्र सुन्दर बनाउँदैन केशलाई समेत स्वस्थ राख्छ । नरिवलको तेलयुक्त फेसियल ओयल प्रयोग गर्दा छालालाई पोषण प्राप्त हुन्छ । जाडोमा यसको प्रयोग बढी लाभदायक मानिन्छ । 

 Image