Successfully Copied

के हो  केराटिन ?

केराटिन केशलाई बलियो बनाउने तत्व हो जुन प्राकृतिक रूपमै हाम्रो केश तथा नङमा पाइन्छ । केराटिन मानव शरीरमा पाइने प्रोटिनको त्यो समूह हो जसले केश, छाला एवं नङ निर्माण गर्छ । मानव शरीरमा जुन ठोस संरचना हुन्छ त्यो केराटिन प्रोटिनका कारणले हो ।

 

के हो केराटिन ?

केराटिन केशलाई बलियो बनाउने तत्व हो जुन प्राकृतिक रूपमै हाम्रो केश तथा नङमा पाइन्छ । केराटिन मानव शरीरमा पाइने प्रोटिनको त्यो समूह हो जसले केश, छाला एवं नङ निर्माण गर्छ । मानव शरीरमा जुन ठोस संरचना हुन्छ त्यो केराटिन प्रोटिनका कारणले हो । यो ट्रिटमेन्ट रिवान्डिङ र स्मुदनिङभन्दा अलग किसिमको हुन्छ । यसले पोषण प्रदान गरी केशलाई बलियो बनाउनुका साथै केश सम्हाल्न सजिलो बनाउँछ । 

अहिले केराटिन हेयर ट्रिटमेन्ट निकै लोकप्रिय छ, यो चाहिँ के हो ?

अहिले हेयर सैलुन तथा पार्लरहरूमा कृत्रिम तरिकाले केराटिन विकास गरेर केशलाई स्ट्रेट, बाक्लो तथा बलियो बनाइन्छ । यो केमिकल ट्रिटमेन्ट हो । यसमा फार्मल्डिहाइड, कन्डिसनर तथा केराटिनले केशलाई स्ट्रेट, नरम एवं बलियो बनाइन्छ । फार्मल्डिहाइडको उपयोगले केश लामो समयसम्म सीधा र नरम हुन्छ । केराटिनले केशलाई बलियो बनाउँछ र टुट्न पनि दिँदैन । 

यसको असर कति समय रहन्छ ?

हुन त केराटिन ट्रिटमेन्टले केशलाई लामो समयसम्म सीधा र नरम बनाउँदैन तर पनि केशको मेन्टेन भने गर्छ । यसको असर २ महिनासम्म रहन्छ । यसका लागि वर्षमा ३–४ पटक ट्रिटमेन्ट गराउनुपर्छ । 

यसको प्रयोगमा अपनाउनुपर्ने सावधानी पनि छ कि ?

केराटिन ट्रिटमेन्टका कारण केश टुक्रदैन तर ट्रिटमेन्टपछि केशलाई सुकाउन फ्लेट आइरनले हिट दिँदा केश टुक्रने सम्भावना हुन्छ । यसमा विभिन्न केमिकल उपयोग हुने भएकाले यदि कसैलाई स्किन एलर्जी छ भने पहिले स्किन विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

केशका लागि यो ट्रिटमेन्ट कत्तिको फाइदाजनक छ ?

अहिले पानी, प्रदूषण आदिले केश सुख्खा हुने, झर्ने, टुक्रने आदि समस्या छ । यस्ता समस्या भएकाहरूका लागि केराटिन हेयर ट्रिटमेन्ट निकै उपयोगी छ । यसले केशलाई प्रदूषणबाट सुरक्षित गर्दै नरमसमेत बनाउँछ । नरम केश भएकाहरूले पनि आफ्नो केशलाई अझ सुन्दर बनाउन यसको प्रयोग गर्नसक्छन् । यद्यपि आफूलाई यसले एलर्जी भएको छ कि छैन भन्ने कुरा बुझ्नुपर्छ ।

प्योर ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर, पुल्चोक

 Image