Successfully Copied

परमानेन्ट आइल्यासेस एक्सटेन्सन

आइल्यासेस एक्सटेन्सन गरिसकेपछि जोकसैको लुक्समा पूर्ण परिवर्तन देखिन्छ । यसबाट सानो आँखा ठूलो देखिने मात्र होइन आँखा आकर्षक र ग्ल्यामरस पनि देखिन्छ ।

परमानेन्ट आइल्यासेस एक्सटेन्सन के हो ?

परमानेन्ट आइल्यासेस एक्सटेन्सन आफ्नो प्राकृतिक आइल्यासेसमा उस्तै परेला जोड्नु हो । यसबाट लुक्समा कृत्रिमपनको कुनै छनकसम्म देखिँदैन ।

यो कसरी गरिन्छ ?

परमानेन्ट आइल्यासेस एक्सटेन्सनका लागि उच्च गुणस्तरको ग्लु तथा प्राकृतिक आइल्यासेस (विदेशबाट आयातीत) को आवश्यकता पर्छ । ग्लुको सहायताले व्यक्तिको आफ्नै परेलाको आधा भागमा एक–एक गर्दै अर्को परेला टाँस्दै गइन्छ । यो काम गर्दा अत्यन्त संवेदनशील हुनु जरुरी छ ।

यसको साइड इफेक्ट पनि छ कि ?

आँखाबाहिर त्यसमा पनि कृत्रिम नभई प्राकृतिक नै परेला राखिने हुनाले यसको कुनै साइड इफेक्ट छैन । त्यति मात्र होइन हामीले प्रयोग गर्ने ग्लु र परेला आँखामा परीक्षणपछि उत्पादित उच्च गुणस्तरको हुने भएकाले यसले कुनै बेफाइदा गर्दैन ।

परमानेन्ट आइल्यासेस एक्सटेन्सन गर्न कति समय लाग्छ ?

यो सहज काम होइन । त्यसै त परेला मसिनो हुन्छ त्यसमाथि पनि आँखाजस्तो संवेदनशील अङ्गसँग जोडिएको कुरा हुनाले एक्सटेन्सन गर्दा निकै सावधानी अपनाउनुपर्छ । दुवै आँखाका परेला एक्सटेन्सन गर्न २ देखि ४ घन्टा समय लाग्छ ।

यो कस्तो देखिन्छ ?

आइल्यासेस एक्सटेन्सन गरिसकेपछि जोकसैको लुक्समा पूर्ण परिवर्तन देखिन्छ । यसबाट सानो आँखा ठूलो देखिने मात्र होइन आँखा आकर्षक र ग्ल्यामरस पनि देखिन्छ ।

संचालक

सिजर एन्ड साउन्ड ब्युटी स्टुडियो, मीनभवन

 Image