पार्टी मेकअपमा अदिति
विवाहको सिजन भएकाले मेकअपमा ग्लाम लुक दिइएको छ । छालामा ग्लो र साइन देखाउन छाला नेचुरल देखिने गरी मेकअप गरिएको हो ।

केश राम्रो भएन भने जतिसुकै राम्रो अनुहार पनि नराम्रो देखिन्छ । जन्मिएदेखि नमरुन्जेल मानिसको केशले घामको ताप, वर्षाको पानी तथा तातो–चिसो हावाबाट टाउकोलाई सुरक्षित मात्र राख्दैन, टाउकोमा स–साना कीटाणुको प्रवेश पनि रोक्छ । यद्यपि व्यस्त जीवनका कारण धेरै मानिसले आफ्नो केशको त्यति स्याहार गर्न सकिरहेका हुँदैनन् । सन् १९५० मा रेमन्ड टेजी वेसीले पहिलोपल्ट टेलिभिजनमा हेयर ड्रेसिङ शो गरेर केशका सम्बन्धमा अनेकौं हेयर स्टाइलको प्रदर्शन गरेका थिए ।
उनले विभिन्न कट, ब्लो ड्राई स्टाइलहरू, पुराना किसिमका ब्याक कम्व लुक आदिको परिचय दिँदै हेयर ड्रेसिङको अवधारणालाई नयाँ रूप दिए । त्यसपछि ट्रेभोर सर्वीले आफ्नो भिजनरी कट र दि व्ट्ज, दि चप, ओल्फ म्यान तथा दि सिरन्च प्रविधि समावेश गरी केश शृंगारमा नयाँ क्रान्ति ल्याए ।
त्यससँगै मानिसहरू सैलुनमा पुगेर केश काट्न, पखाल्न तथा सेट गर्न थालेको पाइन्छ । हेयर स्टाइलिङ कलालाई आजको फेसन उद्योगले आफ्नो अभिन्न अङ्ग मानिसकेको छ । केश सज्जाको कला फेसनकै एउटा अंग हो । के तपाईंसँग केश सजाउने समय छ ? के तपाईंसँग केशको हेरचाह गर्ने र त्यसलाई स्टाइल दिने समय र रुचि छ ? यी कुरामा ध्यान दिएर केश सज्जातर्फ लाग्नुपर्छ ।
पातलो अथवा हल्का सीधा केश
यस्तो केश सानो स्टाइलमा काट्ने अर्थात् हल्का लेयर, स्टेपमी काट्ने । यदि स्याहार गर्न सकिन्छ भने हल्का पर्म गरे पनि हुन्छ । पर्म गर्दा केशमा गरूंगोपन आउँछ । पर्म गर्नुभन्दा पहिले सही प्रोडक्ट तथा हेयर स्टाइलिसको छनोट जरुरी छ अन्यथा केश ड्राई हुनुका साथै ड्यामेजसमेत हुने सम्भावना हुन्छ ।
हल्का कर्ली केश
यस प्रकारको केश छ भने पर्सिसन कट काट्न सकिन्छ जसले गर्दा केशलाई समात्न सजिलो हुन्छ ।
हल्का घुंघ्रिलो र सीधा केश
यस प्रकारको केश सानो बब कट काट्दा राम्रो देखिन्छ ।
पातलो व्हिस्पी केश
यस्तो केशलाई लामो राख्दा अझ पातलो देखिन्छ । त्यस्तो अवस्थामा केश सानो राख्नु उपयुक्त हुन्छ ।
बाक्लो र बलियो केश
यस्तो किसिमको केश न धेरै लामो न त धेरै छोटो राख्न सकिन्छ । यस्तो केश छ भने सबैभन्दा राम्रो बीचको लम्बाइ जसलाई सोल्जर लेन्थ भनिन्छ लाई त्यही अवस्थामा राखेर काट्नु उपयुक्त हुन्छ ।
कस्तो अनुहारमा कस्तो कट ?
तिखो नाक : यस्तो केशमा स्टाइल दिँदा अनुहारमा इनकर्पोरेट सफ्टनेस दिन्छ ।
तिखो चिउँडो : यस्तो किसिमको अनुहारमा चिउँडोको साइडमा भारी लाग्ने स्टाइल दिनुपर्छ ।
लो फोरहेड : यस्तो किसिमको निधारमा भारी फ्रिन्ज लिनुभन्दा पातलो किसिमको मसिनो फ्रिन्ज लिनुपर्छ ।
ठूलो निधार : ठूलो निधारलाई कर्ल गरिएको केशले छोप्न सकिन्छ ।
चौडा चिउँडो : यस किसिमको अनुहारमा चिउँडोको ठीक तलसम्म आउने हेयर स्टाइल उपयुक्त हुन्छ । यस्तो स्टाइलमा कर्लसमेत गराउन सकिन्छ ।
चस्माको प्रयोगका वेला : यस्तो अवस्था कानतिर कट गर्दा पर्याप्त ध्यान पुर्याउनुपर्छ अन्यथा कानमाथिबाट केश बाहिर निस्कन्छ जसले नराम्रो देखाउँछ ।
हेयर स्टाइलिस्ट, हेयर एन्ड शान्ति, छायाँ सेन्टर, ठमेल