Successfully Copied

फेसप्याक सुन्दरता निखार्ने कडी

आफ्नो छाला कुन किसिमको हो, सोहीअनुसार फेसप्याक प्रयोग गर्नुपर्छ । स्किन टाइपअनुसार नै फेसप्याक छनोट गर्नुपर्छ जसले छालालाई भिटामिन, मिनरल्सलगायत अन्य पोषण प्रदान गर्नुका साथै छालामा देखिने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

सुन्दरता कायम राख्न फेसप्याक वरदान साबित हुन्छ । अनुहारको छालामा देखापर्ने दाग तथा सुक्खापनले पार्ने असरलाई समेत फेसप्याकले हटाइदिन्छ भने अनुहारको चमकसमेत बढाउाछ । आफ्नो छाला कुन किसिमको हो, सोहीअनुसार फेसप्याक प्रयोग गर्नुपर्छ । स्किन टाइपअनुसार नै फेसप्याक छनोट गर्नुपर्छ जसले छालालाई भिटामिन, मिनरल्सलगायत अन्य पोषण प्रदान गर्नुका साथै छालामा देखिने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

चिल्लो छाला हुनेहरूका लागि

छालाबाट निस्कने चिल्लोले अनुहारलाई नै चिप्लो बनाउँछ । चिल्लो छाला हुनेहरूले उक्त चिप्लोपन घटाउन सोहीअनुरूपको फेसप्याक छनोट गर्नुपर्छ । चन्दनको पाउडरमा गुलाबजल मिसाएर लेप तयार गर्ने र त्यसलाई अनुहारमा प्रयोग गरे चिल्लोपन कम हुन्छ । यसैगरी चामलको आटामा दही मिसाएर अनुहारमा लगाए अनुहारको चिल्लोपन तथा काला दागहरूको समस्या कम हुन्छ ।

सुख्खा छाला हुनेहरूका लागि

सुख्खा अथवा रुखो छाला हुनेहरूले सधैं चिडचिडाहट महसुस गर्छन् । यस्तो छाला हुनेहरूले छाला मुलायम बनाउन सोहीअनुसारको फेसप्याक छनोट गर्नु जरुरी हुन्छ । आधा टेबल स्पुन बदामको पाउडरमा आवश्यकताअनुसार दूध तथा थोरै मह मिसाएर अनुहारमा लगाए सुख्खापन कम हुनुका साथै छाला नरम एवं सुन्दर देखिन्छ । यसैगरी बेसनमा दही मिसाएर अनुहारमा लगाउँदा सुख्खापन हट्नुका साथै अनुहार मुलायम भएको महसुस गर्न सकिन्छ ।

सामान्य छाला हुनेहरूका लागि

नर्मल छाला हुनेहरूले न त चिल्लोपन बढी भएको गुनासो गर्छन् न त सुख्खापनकै । यस्तो छाला हुनेहरूले यस्तो फेसप्याक रोज्नु आवश्यक छ, जसले दुवै चीजलाई सन्तुलित गर्न सकोस् । यस्तो छाला हुनेहरूले गाजरलाई मिक्स्चरमा पिसेर पेस्ट बनाउने र त्यसमा १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउने, यसले अनुहारमा निखार ल्याउाछ भने सधैं जवान देखाउन मद्दत गर्छ । यसैगरी उसिनेको आलुलाई मिचेर पेस्ट बनाई त्यसमा थोरै दही मिसाएर पूरै अनुहारमा लगाउने र पेस्ट सुकेपछि अनुहार सफा गर्ने, छाला कसिलो र तेजिलो देखिन्छ ।

गोरो अनुहारका लागि फेसप्याक

तुरुन्तै अनुहारमा चमकसँगै गोरोपन बढाउन चाहने हो भने नियमित रूपमा फेसप्याक प्रयोग गर्नुपर्छ । यसका लागि आधा टेबल स्पुन दूध वा दूधको पाउडरमा आधा टेबल स्पुन मह हाली थोरै कागतीको रस मिसाएर फेसप्याक तयार गर्न सकिन्छ । तयार गरिएको फेसप्याक अनुहारमा लगाएर कम्तीमा १५ मिनेटपछि चिसो पानीले सफा गर्ने । यो फेसप्याकको प्रयोगले हराएको गोरोपन तथा सुन्दरता केही समयमै फिर्ता हुन्छ ।

 Image