सुन्दरताका लागि प्रविधि
सौन्दर्य वृद्धिका लागि नयाँ–नयाँ प्रविधि र उपचार विधि थपिनुले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यी प्रविधि, उपकरण र उपचार महँगो भएपनि आफूलाई सधै तन्नेरी बनाउने चाहना राख्नेहरू बर्सेनि बढेकै छन् ।
- बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।
- सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।
- सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी बेसार मिसाइएको पेस्ट लगाउँदा छाला नरम हुन्छ ।
- बेसनमा काँक्राको रस तथा गुलाब जल मिसाएर छालामा लगाउँदा छाला सफा तथा स्वस्थ हुनुका साथै चाउरी पनि कम हुन्छ ।
- बेसनमा कागती, दही तथा बेसार मिसाएर छालामा लगाई २० मिनेटपछि चिसो पानीले धुने । यसबाट छालामा चमक पैदा हुनुका साथै घामको दुष्प्रभावबाट पनि मुक्ति मिल्छ ।