जाडोमा नङको सुरक्षा
जाडोयाममा नङ भा“चिने, टुट्ने, नङसिरी भित्र पीडा हुने, नङको छेउछाउमा सुन्निएर दुख्ने समस्या देखा पर्छन् ।

डे लुक : गर्मीमा वाटरप्रुफ सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ । यसबाट लामो समयसम्म सुन्दर देखिन सहयोग प्राप्त हुन्छ ।
फाउन्डेसन : वाटरप्रुफ र मुहारको रंगभन्दा एक सेड हल्का फाउन्डेसन छनोट गर्नुपर्छ । नेचुरल लुकका लागि यसलाई राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । त्यसपछि फाउन्डेसनसित मिल्दोजुल्दो कम्प्याक्ट प्रयोग गर्नुपर्छ ।
हाइलाइटर : दिउँसो रोजी ब्लस सेडले गालालाई हाइलाइट गर्नु उपयुक्त हुन्छ । यदि छालामा स्पट वा दाग–धब्बा छ भने त्यसलाई कन्सिलरले कभर गर्नुपर्छ ।
कन्ट्ररिङ : मुहार तथा आँखाको वरपर कन्ट्ररिङ पाउडर प्रयोग गर्नुपर्छ । यसबाट दिनभरि न्युट्रल र नेचुरल देखिन सकिन्छ ।
आइज : दिउँसो डार्क कलर प्रयोग गर्नुहुँदैन । न्युड वा न्युट्रल सेड्सका आइस्याडो प्रयोग गर्नुपर्छ । सिरम आइस्याडो बिर्सिएर पनि प्रयोग गर्नुहुँदैन । आँँखामा गाजल वा आइलाइनरबाट पातलो लाइन ड्र गर्नुपर्छ । दिउँसो मस्कारा लगाउनु ठीक होइन किनभने पसिनाका कारण त्यो बग्ने वा फैलने डर हुन्छ ।
लिप्स : यंगर लुकका लागि हल्का सेड छनोट गर्नुपर्छ । पहिरनअनुरूप लिपिस्टिक प्रयोग गर्नुपर्छ । यसमा ग्लसी इफेक्ट नहोस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
इभिनिङ लुक : मुहारको सुन्दरता निखार्न चाहने हो भने लिप्समा डार्क लिपिस्टिक प्रयोग गर्नुपर्छ र बाँकी मुहारको मेकअप हल्का रहन दिनुपर्छ ।
फाउन्डेसन : इबन टोनका लागि क्रिम बेस्ड फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसबाट राम्रो इफेक्ट प्राप्त हुन्छ ।
हाइलाइटर : लिक्विड हाइलाइटरलाई मुहारका साथमा आँखामा पनि प्रयोग गर्नुपर्छ । रुचि भए आइलिडमा थोरै सिमर एड गर्नुपर्छ, यसले पार्टीमा ग्ल्यामरस देखाउँछ ।
कन्ट्ररिङ : कन्ट्ररिङ पाउडरलाई चिकबोनमा प्रयोग गर्नुपर्छ । यसबाट फिचर्स हाइलाइट हुन्छ ।
आइज : आँखाको मेकअपमा विशेष ध्यान पुर्याउनुपर्छ । सबैभन्दा पहिले बेस लगाउनुपर्छ । त्यसपछि हल्का ग्रे कलरको आइलाइनर पेन्सिल माथिदेखि तलसम्म प्रयोग गर्ने । त्यसपछि औंलाको सहायताले त्यसलाई स्मज गर्ने । यसबाट स्मोकी लुक प्राप्त हुन्छ । त्यसपछि मस्कारा प्रयोग गर्न सकिन्छ ।
लिप्स : ओठ पातलो छ भने त्यसको वास्तविक सेपबाट हटेर लाइनिङ दिनुपर्छ । ओठलाई भरिएको देखाउन लिप ग्लस प्रयोग गर्नुपर्छ । यसबाट लिप्स ठूलो र सुन्दर देखिन्छ । रेड सेडको लिपिस्टिक प्रयोग गर्नु उपयुक्त हुन्छ । इभिनिङ पार्टीमा रेड लिपले व्यक्तित्वलाई बोल्ड लुक्स दिन्छ ।