Successfully Copied

युवाहरूको मेकअप ट्रेन्ड

अहिले मेकअप पनि पहिलेजस्तो गोरो देखिने गरी गरिँदैन । फाउन्डेसनको सट्टा बीबी क्रिम लगाउने चलन छ । बीबी क्रिम छालाको कम्प्लेक्सनअनुसार सेतो, ब्राउन तथा डार्क ब्राउनमा उपलब्ध हुन्छ । बीबी क्रिममा मोइस्चराइजर घोलेर लगाउँदा छाला फुस्रो देखिँदैन । बीबी क्रिम लगाउनुभन्दा पहिले मेकअप

 

अहिलेको पुस्ता टिपटपभन्दा नेचुरल लुक्सतर्फ बढी आकर्षित भएको पाइन्छ । पहिलेजस्तो हेभी मेकअप गरी पूरै मेकओभर गर्ने चलन अहिले हटेको छ । अहिलेका युवतीहरू आफ्नै फिचरमा आकर्षक देखिन चाहन्छन् । पहिले मेकअप भन्नासाथ लिपलाइनर, रोज तथा भद्दा गाजल लगाइन्थ्यो भने सन् २०१७ सम्म आइपुग्दा नेचुरल लुक्समा मेकअप गर्नेहरू बढेका छन् जुन सन् २०१८ सम्म पनि कायमै रहने देखिन्छ । केही वर्षअघिसम्म लिपलाइनरले सेप दिएर लिपिस्टिक लगाउने चलन थियो जुन अहिले पूरै हटिसकेको छ । अहिले लिपग्लस र म्याट कलर फेसनमा छ । अहिले लिप मेकअपमा साइनिङभन्दा सेप र हल्का मेकअप नै रुचाइन्छ भने आई लिड भए पनि लिड ब्रसले त्यसलाई बढाउने चलन छ । आइलिज क्रिजको चलन पनि उत्तिकै छ ।

पहिलेजस्तो आइब्रो पेन्सिल कोर्ने चलन पनि हटेको छ । यो पुस्ता फिडर लगाउने तथा ७ दिनसम्म चल्ने ट्याटु तथा माइक्रोब्लेडिङ गरी ६ महिनासम्म ढुक्क हुन चाहन्छ । समयको अभाव र सुन्दर देखिने चाहनाका कारण माइक्रोब्लेडिङको प्रयोग ह्वात्तै बढेको छ ।

अहिले हरेक मेकअप स्टेप ब्रसको सहायताले पूरा गरिन्छ । हातले मेकअप गर्दा प्रेस कम–बढी पर्ने, स्वस्थकर नहुने तथा चाउरीबाट जोगिन स्पन्ज गर्ने चलनसँगै ब्रसले नै सबै मेकअप गर्ने चलन चलेको हो । अहिले मेकअप बक्समा हरेक मेकअप आइटम चिकबोन, हाइलाइट, फाउन्डेसन, आइस्याडो, लिपिस्टिक आदिका लागि छुट्टाछुट्टै ब्रस उपलब्ध हुन्छन् । स्वास्थ्यका दृष्टिले पनि ब्रसले मेकअप गर्नु उपयुक्त मानिन्छ ।

हाइलाइटको बढ्दो चलन

पहिले टिजोनमा मात्र हाइलाइट गर्ने चलन थियो भने वर्ष २०१७ देखि पूरै फेसमा हाइलाइट लगाउने चलन चल्यो जुन २०१८ मा अझ वृद्धि हुने देखिन्छ । अहिलेको मेकअप ट्रेन्ड भनेकै सबै मेकअप गरेर पनि केही नलगाएजस्तो देखिनु हो । यस क्रममा प्लेन मेकअपलाई हाइलाइटले टल्काइन्छ । हेर्दा सिम्पल अनि मोर्डन पनि देखिनु यसको मुख्य विशेषता हो । अहिले लिपमा पनि हाइलाइट गर्ने फेसन छ । लिपको बीचतिर लिप हाइलाइटरको प्रयोग अहिले बढ्दो क्रममा छ ।

अहिले मेकअप पनि पहिलेजस्तो गोरो देखिने गरी गरिँदैन । फाउन्डेसनको सट्टा बीबी क्रिम लगाउने चलन छ । बीबी क्रिम छालाको कम्प्लेक्सनअनुसार सेतो, ब्राउन तथा डार्क ब्राउनमा उपलब्ध हुन्छ । बीबी क्रिममा मोइस्चराइजर घोलेर लगाउँदा छाला फुस्रो देखिँदैन । बीबी क्रिम लगाउनुभन्दा पहिले मेकअप बेस लगाउनुपर्छ ।

बेसमा हरियो र पर्पल नेपाली छालाका लागि उपयुक्त हुन्छ जसबाट स्किन केयर हुनुका साथै अनुहार पनि उज्यालो देखिन्छ । हरियो गोरो छालाका लागि र पर्पल गहुँगोरो तथा कालो छालाका लागि उपयुक्त मानिन्छ । बीबी क्रिम लगाएपछि सनस्किन क्रिम लगाउन सकिन्छ । पाउडरको सट्टा लिक्विड हाइलाइटरसमेत भएको सेटिङ प्रयोग गर्नु उपयुक्त हुन्छ जसले छालालाई टल्काउने कामसमेत गर्छ । छालाका लागि भने ब्लजर फेस कट चल्तीमा छ । हिजोआज चिकबोन भएको फेसलाई पनि काटेर हाइलाइट गरिन्छ ।

 

परमानेन्ट मेकअपको क्रेज

व्यस्त जीवनमा मेकअपका हरेक कुरा गरिरहन समय हुँदैन जसका कारण नेपालमा पनि परमानेन्ट मेकअपप्रति रुचि बढेको पाइन्छ ।

परमानेन्ट आइल्यासेस

केही समययता आइल्यासेस परमानेन्ट गर्नेहरूसमेत बढेका छन् । आइल्यासेस प्राय: ८ एमएमदेखि १५ एमएमसम्म लगाइन्छ भने यसलाई सी कर्ल, जे कर्ल, भी कर्ल सेपमा लगाउन सकिन्छ । यो आइल्यासेस २–३ महिना मज्जाले टिक्छ । आइल्यासेस झर्‍यो भने १–२ वटा मात्र पनि भर्न मिल्छ ।

परमानेन्ट लिप मेकअप

पहिले लिप लाइन मात्र परमानेन्ट गर्ने चलन थियो तर अहिले पूरै लिप कलर नै परमानेन्ट गर्ने तथा सानो ओठलाई सेपअनुसार ठूलो बनाउने चलन छ । परमानेन्ट लिप मेकअप व्यस्त एवं कामकाजी महिलाहरूका लागि उपयोगी हुन्छ ।

धेरैको रोजाइमा माइक्रोब्लेडिङ

माइक्रोब्लेडिङ सामान्यत: १८ महिनादेखि दुई वर्षसम्म टिक्छ । माइक्रोब्लेडिङ टिक्ने अवधि यसको हेरचाहमा पनि भर पर्छ । यो विधिले आइब्रो मिलाइरहनुपर्ने झन्झटबाट मुक्ति दिन्छ । यसले पातलो आइब्रोलाई भनेजस्तो बाक्लो बनाइदिन्छ । अनुहार सुहाउँदो सेप निकालिने भएकाले

ट्याटुको अवधि सकिएपछि पनि थ्रेडिङ गर्न सहज हुन्छ । आँखीभौं राम्रो भए रूपै राम्रो देखिन्छ । यो नजिकैबाट नियाल्दा पनि प्राकृतिक देखिन्छ । यसलाई बीचबीचबाट फिलिङसमेत गर्न मिल्छ । यो एकदमै संवेदनशील कार्य हो । माइक्रोब्लेडिङ दक्ष व्यक्तिबाट मात्र गराउनुपर्छ ।

गर्ने र गराउने दुवैको हाइजिन तथा स्यानिटाइजिङमा ध्यान पुर्‍याउनुपर्छ । माइक्रोब्लेडिङ गर्दा डिस्पोजेबल सामग्री मात्र प्रयोग गर्नुपर्छ । माइक्रोब्लेडिङ गराउँदा संक्रामक रोग, मधुमेह, प्रेसर, प्रिग्नेन्सी, महिनावारी आदि भएको हुनुहुँदैन । एकपटक प्रयोग गरेको हुल्स पुन: प्रयोग गर्न मिल्दैन ।

माइक्रोब्लेडिङ गर्दा छाला र अनुहारको बनावटअनुरूप आइब्रोको सेप मिलाएपछि मात्र ब्लेडिङ सुरु गरिन्छ । यसमा हड्डीअनुरूपकै सेप निकाल्नुपर्छ । सुहाउँदो सेप निकालेपछि खोप्न सुरु गरिन्छ । एकजनाको माइक्रोब्लेडिङ गर्न कम्तीमा पनि दुई घन्टाजति लाग्छ ।

जेल नेलको चलन

एक समय पूरै बजार खाएको नेल एक्सटेन्सनको चलन स्वात्तै हटेको छ भने आफ्नै छोटो–लामो नङमा जेल नेलको चलन बढेको छ । आफूले भनेअनुसारकै कलर हुने, साइनिङ आउने र घरको काम गर्दा पनि रंग नजाने भएकाले यसको लोकप्रियता बढेको हो । जेल नेल सस्तो र राम्रो पनि छ ।

हेयर स्टाइल

पहिले आफ्नो केशमा अर्काे केश थप्ने, कलर केश थप्ने आदि फेसन थियो जुन अहिले पूरै फेसन आउट भएको छ । अहिले छोटो तथा वान लेन हेयरको चलन छ । अहिलेको पुस्ता जति कलरमा खर्च गर्छ त्यसभन्दा बढी ट्रिटमेन्टमा खर्च गर्छ । अहिले ब्रो ड्राई पनि फेसनमा छैन भने जुरो पनि खासै चल्तीमा देखिँदैन । युवापुस्ता सेटिङ नगरी नर्मल हेयर नै राख्न रुचाउँछ जसका कारण आफू अरूभन्दा भिन्न लुक्समा तथा मौलिक देखिन सकिन्छ । अहिले रफ एन्ड टफको जमाना छ भने त्यसैअनुसार केशलाई स्वस्थ एवं प्राकृतिक रूपमै राख्ने चलन छ ।

                                                 ब्युटी क्लब वुडल्यान्ड लकम्प्लेक्स

 Image