वार्षिकोत्सव सम्पन्न
आइटिसी स्कुल अफ ब्युटीसियनको २० औ वार्षिकोत्सव सम्पन्न भएको छ ।

विवाहको मिति तय भएसँगै आफ्नो ब्युटी र हेल्थका बारेमा सजगता अपनाउनुपर्छ ।
हेयर केयर रुटिन
महिनामा एकपटक
केशको अलिक बढी केयर । महिनामा एकपटक केशको डिप कन्डिसनिङ ट्रिटमेन्ट गर्नुपर्छ । यसले केशलाई सिल्की एवं हेल्दी एण्ड स्मुद बनाउँछ ।
सातामा एकपटक
केशलाई पूर्ण आराम प्रदान गर्नुपर्छ । स्याम्पु, ड्राइङ, स्टाइलिङले केशलाई स्ट्रेस दिन्छ । केशलाई रिलेक्सेसन दिन सातामा एकदिन केही पनि नलगाई केशलाई पूर्णरूपमा आराम दिनुपर्छ ।
दिनमा एकपटक
केशको दैनिक रूपमा ब्लो ड्राइ गरिन्छ भने ब्लो ड्राई भन्दा पहिले हिट प्रोटेक्सन लोसन प्रयोग गर्नुपर्छ । यसबाट केश ड्यामेज हुन पाउँदैन।
मात्र एकपटक
केश ट्रिम गर्नुपर्छ । यसबाट दुईमुखे केशबाट छुटकारा प्राप्त हुन्छ भने हेयर कटलाई समेत पर्फेक्ट लुक प्राप्त हुन्छ । विवाहको एकसाता पूर्व केश ट्रिम गराउनुपर्छ । यसले केश सेट गर्न सहयोग गर्छ ।
फेस केयर
महिनामा एकपटक
अनुहारलाई एट होम ब्युटी पिलबाट स्पेसल ट्रिटमेन्ट गर्नुपर्छ । यसो गर्दा मृत, सुख्खा एवं फुस्रो छालाबाट छुटकारा प्राप्त गर्न सकिन्छ भने अनुहारमा चमक पैदा हुन्छ । सेन्सेटिभ छाला भएकाहरुले भने पिल प्रयोग गर्नु हुँदैन ।
सातामा एकपटक
जिप क्लिन्जिङ मास्क लगाउनुपर्छ । सुख्खा छालाका लागि एक्सफोलिएटिङ मास्क तथा तैलीय छालाका लागि क्ले बेस्ड मास्क लगाउनुपर्छ ।
दिनमा एकपटक
अनुहारलाई सफा गर्नुका साथै मोइस्चराइजिङ गर्नु पनि जरुरी छ । स्किन चाहे ड्राइ होस् वा ओयली त्यसको सुन्दरतालाई मोइस्चराइजर प्रोटेक्सन प्रदान गर्नु आवश्यक छ ।
मात्र एकपटक
फेसियल गर्नुपर्छ । ब्युटी एक्सपर्टहरुका अनुसार आफ्नो छालाको प्रकार बुझेर सोहीअनुरूपको फेसियल गराइरहनु पर्छ ।