गर्मीमा छाला स्याहार
दिनहुँ अनुहारको क्लिन्जिङ गर्नुपर्छ । यसका लागि गुणस्तरीय क्रिम प्रयोग गर्नुपर्छ । काँचो दूधले पनि क्लिन्जिङ गर्न सकिन्छ ।

शर्मिला अर्याल, कस्मेटिक व्यवसायी
- तीज नारीको विशेष पर्व भएकाले यतिबेला महिलाहरू कसरी अलग देखिन सकिन्छ भन्नेमा केन्द्रित हुन्छन् ।
- यस्ता चाडपर्वमा विशेषत: कलर कस्मेटिक्स नै खरिद गर्नुपर्छ ।
- चाडपर्वमा रातो–पहेंलो पहिरन लगाइने हुनाले कलर कस्मेटिक्स नै उपयुक्त हुन्छ ।
- रातोलाई सौभाग्यको प्रतीक मानिने हाम्रो समाजमा पर्वका बेला रातै लिपिस्टिक, रातै नेलपोलिस, रातो ब्लसरलगायत रातै रंगका आइस्याडो बढी प्रयोग गरिन्छन् ।
- कलर कस्मेटिक्स खरिद गर्दा राम्रो ब्रान्ड तथा कम्पनी छनोट गर्नुपर्छ ।