अनुहारको चाउरिपन कसरी हटाउने
अनुहारको छालामा आउने मुख्य परिपर्तन भनेको चाउरीपन नै हो । अनुहारमा देखिने यो किसिमको समस्यालार्ई केही सावधानीहरु अपनाए रोक्न भने सकिन्छ ।

गर्मीमा ओठ सुक्नु वा फुट्नु स्वाभाविक हो तर नियमित हेरचाह एवं घरेलु उपचारबाट ओठलाई ठीक बनाउन सकिन्छ । सबैभन्दा पहिले ओठ किन फुट्छ भन्ने कुरा बुझ्नुपर्छ । विज्ञहरूका अनुसार गर्मीमा गरम एवं सुख्खा हावाका कारण पनि ओठ फुट्छ ।
- ओठ सुक्दा जब बारम्बार जिब्रो भिजाइन्छ तब र्यालले ओठको नरमपन सोस्छ । यसबाट ओठमा पाप्रा बन्छ ।
- ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन । तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ । ओठ बढी फुट्छ भने त्यो डिहाइड्रेसनको संकेत हो ।
- ओठलाई ठीक तरिकाले सनस्किनबाट सुरक्षा प्रदान गरिएन भने ओठ फुट्छ ।
- गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ ।
- जब सास फेरिन्छ तब तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ ।
- केही टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन । यस्तोमा ओठ फुट्छ ।
- कतिपय अवस्थामा अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी सिर्जना गर्छन् जसबाट पनि ओठ फुट्ने सम्भावना हुन्छ ।
- केही औषधिको सेवनबाट पनि ओठ फुट्छ । त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरलपदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ ।
स्वस्थ ओठका लागि घरेलु उपाय
- गर्मीमा पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुपर्छ । यसबाट शरीरको नरमपनसँगै ओठको नरमपन पनि कायम रहन्छ ।
- ओठमा ड्राइनेस महसुस भए हल्का रूपले ओठमा लिप ब्रस प्रयोग गर्नुपर्छ । पछि लिपबाम प्रयोग गर्नुपर्छ ।
- राति सुत्दा पेट्रोलियम जेली, कोकोनट आयल वा फ्रेस मख्खन प्रयोग गरे ओठको नरमपन कायम रहन्छ ।
- मेकअप गर्दा लिपग्लसको साटो युवी रेज सोस्ने राम्रो ब्रान्डको लिपबाम प्रयोग गर्नु उपयुक्त हुन्छ ।
- ओठ बढी फुटेको छ भने लिप मोइस्चराइजर तथा लिपबाम दुवै दिनमा ३–४ पटक प्रयोग गर्न सकिन्छ ।
- खानपिनमा पोषकतत्वलाई पर्याप्त मात्रामा समावेश गर्नुपर्छ । भिटामिन सी, भिटामिन ई, हरियो सागपात एवं मौसमी फलफूल सेवन गर्नुपर्छ ।
- गर्मीमा लस्सी जति बढी सेवन गरियो ओठको स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ ।
ओठ सुन्दर बनाउने घरेलु उपाय
- थोरै मात्रामा मह, चिनी तथा कागतीको रस मिसाएर फ्रिजमा राख्ने । केही समयपछि उक्त मिश्रणलाई ओठमा प्रयोग गर्ने । घाममा काम गर्ने महिलाले यसको प्रयोग बढी गर्नुपर्छ ।
-ओठ अत्यधिक फुटे टमाटरको रसलाई शुद्ध घिउ वा मख्खनमा मिसाएर ओठमा प्रयोग गर्न सकिन्छ ।