Successfully Copied

सौन्दर्य जिज्ञासा

गर्मी मौसममा छालामा के–कस्ता समस्या देखा पर्छन् ? गर्मी मौसममा धेरैजसो चायाँ–पोतो एवं डन्डिफोरको समस्या देखिन्छ । गर्मीका कारण छाला चिलाउने तथा राता फोका देखिने समस्या पनि उत्पन्न हुन्छ ।

सीमा कोइराला, कस्मेटिक नर्स, हेयर ट्रान्सप्लान्ट टेक्निसियन, आवरण स्किन एन्ड हेयर क्लिनिक 

गर्मी मौसममा छालामा के–कस्ता समस्या देखा पर्छन् ? 

गर्मी मौसममा धेरैजसो चायाँ–पोतो एवं डन्डिफोरको समस्या देखिन्छ । गर्मीका कारण छाला चिलाउने तथा राता फोका देखिने समस्या पनि उत्पन्न हुन्छ । 

कुन उमेरकालाई यो समस्या धेरै हुन्छ ? 

जुनसुकै उमेरकालाई छालाको एलर्जी हुन्छ । डन्डिफोरको समस्या युवालाई बढी हुन्छ भने चायाँ–पोतोको समस्या ३० वर्षभन्दा बढी उमेरका महिलामा देखिन्छ । 

चायाँ–पोतो एवं डन्डिफोरका लागि बनेका क्रिम तथा औषधिले कुनै साइड इफेक्ट गर्छन् कि ? 

कतिपय क्रिम तथा औषधिले रियाक्सन गर्न सक्छन् । त्यस्तो अवस्थामा डर्मेटोलोजिस्टसँग सल्लाह लिनु उपयुक्त हुन्छ । चायाँ–पोतोका लागि औषधि मात्र नभएर कस्मेटिक उपचार पनि गर्नुपर्ने हुन्छ । 

छाला राम्रो बनाउन के गर्नुपर्ला ? 

स्वस्थ खाना खानुपर्छ । जंक फुड खानुहुँदैन । तारेको–पिरो आदि खानेकुरा खानुहुँदैन । एन्टिअक्सिडेन्डयुक्त फलफूल खानुका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । घरमै बस्ने भए पनि ३–३ घन्टाको फरकमा सनस्किन लगाइरहनुपर्छ । छालाको हेरचाहलाई नियमितता दिनुपर्छ । 

छालाको समस्या सिर्जना हुन नदिन के गर्नुपर्ला ? 

आफ्नो छालाको प्रकारअनुसार सनस्क्रिन लगाउनुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । घाममा निस्कनुभन्दा आधा घन्टाअघि सनस्किन लगाउनुपर्छ । सनस्किन आफ्नो उमेरअनुसार प्रयोग गर्नुपर्छ । डन्डिफोर भएकाहरूले क्रिमबेसभन्दा पनि जेलबेस सनस्किन लगाउनु उपयुक्त हुन्छ । चायाँ–पोतो एवं डन्डिफोर निको हुन केही समय लाग्न सक्छ । उपचारका क्रममा डर्मेटोलोजिस्टले भनेका कुरा  राम्रोसँग पालना गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा छाता ओढ्नुका साथै सनग्लास लगाउनुपर्छ । 

 

 Image