‘ऐना युनिसेक्स सलुन’ तेस्रो वर्षमा प्रवेश
त्रिपुरेश्वस्थित ब्लुबर्ड मलमा रहेको ऐना युनिसेक्स सलुन तेस्रो वर्षमा प्रवेश गरेको छ ।

केशको हेरचाह गर्ने विषयमा धेरैजसोले भ्रम पालेको पाइन्छ । त्यस्ता भ्रमपूर्ण कुरालाई सत्य मान्दा हानी हुनसक्छ ।
गलत बुझाइ : केशलाई दैनिक धुनाले केश सुख्खा हुन्छ ।
वास्तविकता : सफाइमा पर्याप्त ध्यान दिए केश स्वस्थ हुन्छ । केशको प्रकारअनुसार सही स्याम्पु छनोट गर्नुपर्छ र स्याम्पुपछि कन्डिसनर गर्न बिर्सनु हुँदैन ।
गलत बुझाइ : सधैं एउटै खालको स्याम्पु प्रयोग गर्नु हुँदैन, त्यसको प्रभाव कम हुन्छ ।
वास्तविकता : नियमित स्याम्पु प्रयोग गर्दा केशलाई नयाँपन प्राप्त हुन्छ । केश ओयली छ र स्टाइलिङ प्रोडक्टस प्रयोग गर्ने हो भने सातामा दुई पटक कुनै क्लोरिफाइङ स्याम्पु प्रयोग गर्नुपर्छ ।
गलत बुझाइ : केश काट्नाले चाँडै बढ्छ ।
वास्तविकता : केश काट्नाले न त्यसको वृद्धिमा असर पुग्छ न त टेक्स्चरमै । वास्तवमा केश माथिबाट मिसनो र तलतर्फ मोटो हुन्छ । त्यसैले जब केश काटिन्छ तब पातलो हिस्सा काटिनाले केश स्वस्थ देखिन्छ । हेयर एक्सपर्टहरूका अनुसार केश जराबाट बढ्छ । अत: केश काट्नु र नकाट्नुले त्यसको वृद्धिमा कुनै प्रभाव पर्दैन ।
गलत बुझाइ : ट्रिमिङ नगरी दुईमुखे वा हाँगायुक्त केशबाट छुटकारा पाउन सकिन्छ ।
वास्तविकता : दुईमुखे केशबाट छुटकारा पाउने मात्र उपाय त्यसलाई कैंची प्रयोग गरी ट्रिम गर्नु हो । यदि सैलुन नजाने हो भने घरमै बसेर पनि ट्रिम गर्न सकिन्छ तर घरमै ट्रिम गर्दा कैंचीको धार राम्रो होस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ अन्यथा दुईमुखे केशको समस्या अझ बढ्न सक्छ ।