Successfully Copied

छालाको कोमलताको रक्षा

जाडो मौसममा चिसो हावाले छालाको चिल्लो एवं नरमपन सोस्छ । यस्तोमा छालाको विशेष हेरचाह आवश्यक हुन्छ ।

जाडो मौसममा चिसो हावाले छालाको चिल्लो एवं नरमपन सोस्छ । यस्तोमा छालाको विशेष हेरचाह आवश्यक हुन्छ ।

क्रिम बेस्ट प्रोडक्ट

छाला ड्राई हुन थालेपछि मेकअप किट बदल्नुपर्छ । यतिबेला हल्का वाटरबेस्ड मोइस्चराइजरलाई थिक क्रिम बेस्ड मोइस्चराइजरले रिप्लेस गर्नुपर्छ । त्यस्तो फेसवास र सनस्क्रिन प्रयोग गर्नुपर्छ जसले छालाको नरमपन कायम राखोस् ।

एक्सफोलिएट 

यो मौसममा छालामा अत्यधिक क्रिम एवं अन्य प्रोडक्टहरू प्रयोग गर्नाले छालाका रौंछिद्र बन्द हुन्छन् । छालालाई हरेक १० दिनमा एक वा दुईपटक एक्सफोलिएट गर्नु उपयुक्त हुन्छ । यसका लागि जेन्टल स्क्रब प्रयोग गर्नुपर्छ र औंलालाई घुमाउँदै छालाको मसाज गर्नुपर्छ । यसबाट मृतकोशिका निस्कन्छ अनि छाला सफा हुन्छ । महिनामा एकपटक स्टिम लिँदा छाला कोमल रहन्छ । स्टिम बाथ लिँदा ह्वाइट हेड्स र एक्नेको समस्याबाट पनि छुटकारा प्राप्त हुन्छ । रौंछिद्र खुल्दा तथा मृतकोशिका निस्कदा छाला सफा हुन्छ र त्यसपछि मोइस्चराइजर पनि सहज रूपमा सोसिन्छ ।

ओयल मसाज

सुन्दर एवं स्वस्थ छाला प्राप्त गर्न दिनहुँ बिहान उठेपछि स्वयंलाई १५ मिनेट प्रदान गर्नुपर्छ । पूरा शरीरलाई हल्का मनतातो तेलले मसाज गर्नुपर्छ । मुहार तथा शिरमा पनि हल्का हातले मालिस गर्नुपर्छ । तेल लगाएको एक घन्टापछि मात्र नुहाउनुपर्छ । प्राय: मानिसहरू जाडोमा धेरै तातोपानी प्रयोग गर्छन् जसले छालालाई क्षति पुर्‍याउँछ । बढी तातोपानीले ननुहाई मनतातो पानीले नुहाउनुपर्छ । नुहाउँदा पानीमा केही थोपा बेबी आयल, ओलिभ आयल वा बडी आयल प्रयोग गर्नुपर्छ । यसबाट दिनभरि फुर्ती प्राप्त हुन्छ भने छाला पनि स्वस्थ एवं कोमल रहन्छ ।

पोषण 

महिनामा एकपटक हाइड्रो फेसियल गराउनु आवश्यक छ, यसबाट डिप मोइस्चराइजिङ हुन्छ । यो फेसियलले छालालाई सुख्खा हुनबाट जोगाउँछ । यसबाट छाला जवान रहनुका साथै चम्किलो पनि देखिन्छ ।

सनस्क्रिनको प्रयोग

गर्मीमा जस्तो जाडो मौसममा तिखो घाम देखिँदैन यद्यपि जाडोमा पनि सनस्क्रिन प्रयोग गर्नुपर्छ । जाडोमा घाम प्यारो लाग्ने भएकाले छालालाई घामबाट सुरक्षित राख्नु आवश्यक छ । घाम तीव्र होस् वा नहोस्, अल्ट्राभोयलेट किरणले छालालाई सदैव क्षति पुर्‍याउँछ । यसबाट जोगिन छालाको प्रकृतिअनुरूप सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

मेकअप रिमुभ

मेकअप हटाउँदा थिंक क्लिन्जर तथा टोनर प्रयोग गर्नुपर्छ । यसको प्रयोगबाट छालाको नरमपन कायम रहन्छ । राम्रो खालको क्लिन्जर प्रयोग गरी मेकअप राम्रोसँग पुछिएन भने छालाको रौंछिद्र बन्द हुनसक्छ र त्यसले छालालाई क्षति पुर्‍याउँछ । त्यसैले छाला स्वस्थ राख्न मेकअप रिमुभ गर्नु आवश्यक छ । यसबाहेक दिनमा दुईपटक अनुहार धुनुपर्छ ।

डाइट 

भनिन्छ–जस्तो खाइन्छ त्यस्तै देखिन्छ । स्वस्थ छालाका लागि शरीर स्वस्थ हुनु जरुरी छ । जाडो मौसममा आफ्नो रोगप्रतिरोधक क्षमता कायम राख्न पर्याप्त मात्रामा भिटामिन एवं खनिजयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ । पर्याप्त मात्रामा फलफूल एवं सागसब्जी खानुपर्छ । ओमेगा थ्री फेटी एसिडयुक्त माछा, फ्लेक्स सिड्स एवं नट्स आदि सेवन गर्नुपर्छ । दिनभरि आवश्यकताअनुसार ८–१० गिलास पानी पिउनुपर्छ ।

सनबर्न भए

सनबर्न धेरै छ भने काँक्रा, कागती, आलुको रस तथा थोरै मुल्तानी माटोको पेस्ट बनाई त्यसलाई छालाको प्रभावित भागमा प्रयोग गर्नुपर्छ । यो प्याकलाई १५–२० मिनेट सुक्न दिनुपर्छ । त्यसपछि हातमा थोरै पानी लिएर हल्का हातले अनुहारको मसाज गरी चिसो पानीले पखाल्नुपर्छ । यसबाट सनबर्नको दाग हल्का भएर बिस्तारै पूरै हट्छ । सनबर्न हटाउन टि–ब्याग्स पनि प्रभावकारी हुन्छ ।

 Image