Successfully Copied

लेजर फेसियल

मानिसको चाहना हुन्छ–आफ्ना हरेक इच्छा वा सपना चाँडै पूरा हून्, हरेक समस्याको समाधान सही तरिकाबाट र छोटो समयमा होस् । सबैमा यो इच्छा हुनु स्वाभाविक पनि हो ।

मानिसको चाहना हुन्छ–आफ्ना हरेक इच्छा वा सपना चाँडै पूरा हून्, हरेक समस्याको समाधान सही तरिकाबाट र छोटो समयमा होस् । सबैमा यो इच्छा हुनु स्वाभाविक पनि हो ।

 समयसँगै हरेक क्षेत्रमा परिवर्तन आएको छ । त्यस्तै सौन्दर्य वृद्धि कसरी गर्ने भन्ने विषयमा पनि सौन्दर्यविद्हरूको प्रयासमा अहिले लाभकारी एवं सर्वसुलभ सामग्रीहरूको विकास भएको छ । लेजर फेसियल त्यस्तै एउटा प्रमुख प्रविधि हो । लेजर–प्रकाशको किरणलाई एकै ठाउँमा जम्मा गरी त्यसबाटसिर्जना हुने शक्तिलाई प्रयोग गर्ने विधि नै लेजर उपचार हो ।

 जुन मेसिन यो काममा प्रयोग हुन्छ त्यसलाई लेजर मेसिन भनिन्छ । यसमा हिट इफेक्ट वा लाईट इफेक्ट प्रयोगमा ल्याइन्छ भने त्यस्तै किसिमको फिल्टर किरण निकालिन्छ । यसरी इन्सट्रमेन्टको माध्यमले हामी लाईट इनर्जीको उपयोग सौन्दर्य स्याहारमा पनि गर्छौं । अहिले लेजर प्रविधिको प्रयोग धेरै रोगको उपचारका लागि गरिन्छ तर सौन्दर्य समस्याको समाधानका लागि डिभोर्ट लेजरको प्रयोग बढी हुन्छ । आधुनिक सौन्दर्य चिकित्साको क्षेत्रमा यो शताब्दीको सबैभन्दा ठूलो उपलब्धि लेजर प्रविधिलाई मानिन्छ । लेजर उपचार अहिले ब्युटिपार्लर वा ब्युटी क्लिनिकहरूमा एक्सपर्ट ब्युटिसियनहरूले पनि गर्न थालेका छन् ।

 साधारण फेसियलको ठाउँमा अब क्लाईन्टहरू लेजर फेसियल गर्न मन पराउन थालेका छन् । हुन पनि यो फेसियल गराउँदा बढी फाइदा छ । मृतकोष हटाई छालामा जीवित कोषको निर्माण गर्नु, चाउरी, पोलेको दाग, चायाँ एवं डन्डिफोर हटाउनु, छालाको चमक कायम राख्नु लेजर उपचार फेसियलका विशेषता हुन् । ब्युटी उपचारमा लेजरको प्रयोग ब्लड सर्कुलेसन बढाउन गरिन्छ । छालाको सौन्दर्यलाई लामो समयसम्म चीरयौवना बनाउन लेजर उपचार वा लेजर फेसियल निकै लाभकारी छ ।

लेजरद्वारा उपचार गराउँदा सौन्दर्य समस्याबाट छुटकारा पाइन्छ भन्ने सोचका कारण पनि यो उपचार पद्धति लोकप्रिय भएको हो । अनुहारमा चायाँ छ भने चारदेखि आठ सिटिङको उपचारपछि त्यो हराएर जान्छ । लेजर उपचारको कुनै साइडइफेक्ट हँुदैन । त्यसैले पनि अहिले लेजर उपचार विधि सफलताको पथमा अघि बढेको छ ।

जुली प्याकुरेल

एल्पस ब्युटिपार्लर एण्ड ब्युटी क्लिनिक

हिमालय रोड, महेन्द्रचोक

 Image