Successfully Copied

गर्मीका लागि मेकअप टिप्स

गर्मी मौसममा छालामा केही परिवर्तन आउँछ । गर्मीमा आफ्नो मेकअपमा मात्र परिवर्तन नल्याई ट्रेन्ड र रंगमा पनि ध्यान पुर्‍याउनुपर्छ ।

गर्मी मौसममा छालामा केही परिवर्तन आउँछ । गर्मीमा आफ्नो मेकअपमा मात्र परिवर्तन नल्याई ट्रेन्ड र रंगमा पनि ध्यान पुर्‍याउनुपर्छ । 

–डिप ओरेन्ज, पल्म ओरेन्ज, पिंक, कोरल पिंक, पेल रेड आदि रंग गर्मी मौसमका लागि उत्तम मानिन्छन् ।

–गर्मी मौसममा कुनै पनि छालामा मेकअप गर्न गाह्रो हुन्छ, यद्यपि तैलीय छालामा अझ बढी गाह्रो हुन्छ । 

–अन्य फाउन्डेसनको तुलनामा क्रिम फाउन्डेसनले अलिक बढी मेहनतको माग गर्छ । यसबाट छाला अधिक तैलीय हुन्छ । तैलीय छाला भएकाहरूले यसलाई प्रयोग गर्नुपूर्व मेटिफाइङ प्राइमर वा चिल्लोमुक्त मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यसले छालाको तैलीय तत्व सुकाउँछ र मेकअपपछि राम्रो देखिन्छ । 

–त्यसबाहेक लिक्विड फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ । यद्यपि यसले छालालाई सुकाउँछ र तैलीय छालामा लिक्विड फाउन्डेसन निकै कम समय टिक्छ । त्यसैले क्रिम फाउन्डेसनलाई नै कवचका रूपमा प्रयोग गर्नु उत्तम उपाय हो । 

–ओठको सुरक्षा गर्न लिपबाम प्रयोग गर्नुपर्छ । 

–ओठमा कोरल पिंक वा छाला कलरको पेन्सिल प्रयोग गर्नुपर्छ । यसबाट ओठको आउटलाइन सुरक्षित राख्न सकिन्छ । 

–लिपिस्टिक प्रयोग गर्नुको साटो लिप टिन्टेड वाम वा ग्लस उपयुक्त हुन्छ । ओरेन्ज वेस्ड लिप टिन्ट वा पिंक वेस्ट लिप टिन्ट प्रयोग गर्न सकिन्छ । यो मौसममा भाइब्रेन्ट कलरबाट जोगिनुपर्छ । यो मौसममा हल्का रंग नै राम्रो देखिन्छ । 

–कपर, ओरेञ्ज कलरजस्ता वार्म स्याडो प्रयोग गर्ने मन बनाइएको छ भने चमकरहित टेक्स्चर भएको आइस्याडो प्रयोग गर्नुपर्छ । चम्किलो आइस्याडो पनि प्रयोग गर्न सकिन्छ तर त्यसका लागि साँझ र रातिको समय नै उपयुक्त हुन्छ । दिनको मेकअप मेट कलर तथा टेक्स्चरका साथमा राम्रो देखिन्छ र यो छालाका लागि अनुकूल पनि हुन्छ । 

–मेकअपमा सकेसम्म कम पाउडर प्रयोग गर्नुपर्छ । बढी पाउडर प्रयोग गर्दा छाला अझ बढी सुख्खा हुने भएकाले मेकअप बनावटी देखिन्छ । 

–आइलाइनर अत्यन्त लोकप्रिय छ र यसको प्रयोग आँखालाई सेप दिन पनि गरिन्छ । हिजोआज क्याट आइलाइनर प्रचलनमा छ । 

 Image