अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएस काठमाडौँमा
आइएसएएसको तालिमपछि युरोप, मध्यपूर्व, अष्ट्रेलिया, क्यानडा लगायतका मुलुकका पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो मा रोजगारीका अवसरहरू प्राप्त गर्न सहज हुने एकेडेमीले जनाएको छ ।
स्याम्पुसँगै केही बेकिंग सोडा प्रयोग गर्दा तैलीयपन कम हुन्छ । स्याम्पु गर्दा हलुका हातले केश चलाउनुपर्छ । जरालाई राम्रोसँग चलाउँदा तेल ग्रन्थी सक्रिय हुन्छ । नुहाएको केही समय कम भएजस्तो देखिए पनि बारम्बार नुहाउँदैमा केशको तैलीयपन कम हुँदैन । तैलीय केशमा सकेसम्म कन्डिशनरको प्रयोग गर्नुहुँदैन । गर्नै परे केशको माथिल्लो भागमा मात्र प्रयोग गर्नुपर्छ । ओइलफ्री स्याम्पु प्रयोग गर्नुपर्छ । गाढा तथा क्रिमी स्याम्पु प्रयोगमा ल्याउनु हुँदैन । पर्याप्त पानी पिउनु उपयोगी मानिन्छ । अधिक पानी पिउनेहरूमा विषको प्रभाव कम हुन्छ र उत्सर्जन क्रियाको दौरान विषालु पदार्थ शरीरबाहिर निस्कन्छ । साथै पानीले रक्त कोषिकाको प्रभावलाई पनि तेज गराउँछ । यसले गर्दा शरीरमा रोग प्रतिरोधक क्षमताको विकास हुन्छ ।
तस्विर : नवराज वाग्ले