हिजोआज सुन्दर छालाको मापदण्ड थोरै बदलिएको पाइन्छ । पर्दामा वा र्याम्पमा देखिने यौवनाहरूको जस्तो अनुहारका लागि मेकअपले मात्र काम गर्दैन । आफ्नो जीवनशैलीमा पनि ध्यान केन्द्रित गर्नु आवश्यक पर्छ । अनुहारमा स्वस्थ जीवनशैलीको प्रभाव केही महिनामै देख्न सकिन्छ । घरको भान्छामै उपलब्ध केही कुराको मद्दतबाट दैनिक करिब आधा घण्टा समय खर्च गरे पनि केही साताभित्रै अनुहारमा गजबको निखार आउन सक्छ ।
स्वस्थ छाला : स्वस्थ छालाका लागि केही रामवाण टिप्सका रूपमा जस्तै कमभन्दा कम सौन्दर्य प्रसाधनको प्रयोग, ८ घण्टाको निद्रा, एक घण्टाको व्यायाम, धुम्रपानरहति जीवन, थोरै पनि समस्याका लागि एथोपेथिक औषधिका साटो आयुर्वेदिक औषधिको प्रयोग गर्नु, बढीभन्दा बढी अर्गानिक फुडको प्रयोग आदि धेरै प्रकावकारी हुन्छन् । तनावग्रस्त नहुनु र खुसी रहनुले पनि अनुहारको आकर्षण बढ्छ । यसका साथै पर्याप्त मात्रामा पानी तथा तरल पदार्थको सेवन, पर्याप्त निद्रा, राम्रो क्वालिटीको हर्बल प्रोडक्ट्स, सन्तुलित आहार आदि पनि स्वस्थ छालाका रहस्य हुन् ।
सौन्दर्य तालिका : राति दस बजेभित्र सुतिसक्नुपर्छ । सुत्नुपूर्व क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ जस्ता बेस्ट ब्युटी रुटिन अँगाल्नुपर्छ । यसका लागि गुणस्तरीय स्कीन प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसबाहेक बढ्दो उमेरका महिलाले राति सुत्नुपूर्व फेस सिरम, बदामको तेल वा नाइट क्रिमबाट आफ्नो अनुहारलाई दस मिनेटसम्म मसाज गर्न सकिन्छ । अनुहारमा आवश्यकताभन्दा बढी स्क्रब र बारम्बार सेम्पु र गर्नाले छाला र कपालमा भएको नेचुरल ओयल नष्ट हुन्छ । सातामा एकपटक फेस स्क्रब र दुईपटक सेम्पु गर्नु पर्याप्त हुन्छ । यसबाहेक हात र खुट्टाको हेरचाह पनि सुत्नुभन्दा पहिले गर्नुपर्छ । क्युटिकल्सको मालिस र हातखुट्टाको क्रिम प्रयोग गरी आफ्नो हातको छालालाई सुन्दर बनाउन सकिन्छ । महिनामा एकपटक पेडिक्योर र मेनिक्योर गर्नुपर्छ । कुर्कुच्चा स्वस्थ राख्नुपर्छ ।
सुन्दर शरीर : अनुहारजस्तै सम्पूर्ण शरीरको ख्याल राख्नु सजिलो छैन तर असम्भव पनि होइन । यसका लागि पहिलो कदम हो, एक घण्टा व्यायाम गर्नु । यसबाट रौंछिद्रलाई अक्सिजन प्राप्त हुन्छ, रक्तसञ्चार बढ्छ र तुरुन्त एनर्जी प्राप्त हुन्छ । बडीबाट टक्सिन बाहिर निस्किन्छ । पसिना निस्कनाले छालाको डीप क्लिन्जिङ हुन्छ । अर्को स्टेप हुन्छ, छालाको डीप हाइड्रेसन, यसका लागि कुनै महँगा थेरापीको साटो ८–९ गिलास पानी, फलफूललाई आफ्नो रुटिन डाइटमा समावेश गर्नु राम्रो हुन्छ ।
सातामा एकपटक तिलको तेल, नरिवलको तेल वा जैतुनको तेलबाट बडी मसाज गर्नुपर्छ । महिनामा तीनपटक बडी स्क्रब गर्नुपर्छ र कहिलेकाहीँ बडी प्याक लगाउनुपर्छ । बडी स्क्रबका लागि जौको आँटा वा बेसनमा दही, एक चम्चा कुनै पनि भेजिटेबल ओयल, सुन्तलाको बोक्राको पाउडर पनि एसेन्सियल ओयलको केही थोपा र थोरै बेसार मिलाएर प्याक तयार पार्नुपर्छ र यसको प्रयोग राम्ररी गर्नुपर्छ ।
स्वस्थकर खाना : कीटनाशक एवं रासायनिक मल प्रयोग गरी उब्जाइएको तरकारीबाट टाढा रहनुपर्छ । सागसब्जीलाई आधा घन्टाका लागि पानीमा भिजाएर त्यसबाट कीटनाशक औषधिको प्रयोगको प्रभाव कम गरी पकाउनुपर्छ । कम खाने र तीनपटक मुख्य आहार लिनुको साटो ६ पटक खाना खानु बढी लाभदायक हुन्छ । स्लिम हुनका लागि जे मन लाग्यो त्यही खानुबाट जोगिनुपर्छ । आइरन, भिटामिन बी र सी, जिंक, भिटामिन ए युक्त पौष्टिक आहार आफ्नो रुटिन टाइटमा समावेश गर्नुपर्छ । यी पौष्टिक तत्त्व तपाईंलाई हरियो सागपात, अमिलो फल, जाँजर तथा गेडागुडीबाट प्राप्त हुन्छ । जंक फुडबाट टाढा रहनुपर्छ । फाइबरयुक्त खानाले पेटलाई सफा राख्छ र छालामा चमक प्रदान गर्छ । लौका, खरबुजा, लिची, काँक्रो फल, सागपात आदि जसमा पानीको मात्रा बढी हुने गर्छ, त्यो लाभदायक हुन्छ ।
जवान : मेकअप प्रसाधनको छालासित तालमेल भए स्कीन टोन प्राकृतिक देखिन्छ । अनुहारमा मेकअप अर्थात् फाउन्डेसन देखिए स्कीन टोनअनुरुप मेकअप भएन भनेर बुझ्नुपर्छ । फेस पाउडर जहिल्यै रियल हेयरयुक्त ब्रसबाट नै लगाउनुपर्छ र क्रिम टेक्स्टयुक्त मेकअप प्रोडक्ट्स सिन्थेटिक ब्रसबाट प्रयोग गर्नुपर्छ ।
मेकअप टचअप : प्राय:गरी आइस्याडो र फाउन्डेसन प्रयोग गर्नका लागि ब्रस चयनमा युवतीहरु गल्ती गर्छन् । यस्ता आइस्याडोको प्रयोग गर्नुपर्छ जसमा बदामको तेल, रोज वेक्स जस्ता कुराहरु ह्ुन्छ, यसले छालाको भित्री तहसम्म नमी पुर्याउँछ । फाइन क्वालिटीको पाउडर मेकअप प्रयोग गर्नुपर्छ जुन छालाको मिहिन रेखा र रौंछिद्रमाथि सिल्कको जस्तो अनुभूति दिलाउन सक्ने खालको हुन्छ । सुपर हाइड्रेटि फर्मुलायुक्त लिपग्लसको प्रयोग गर्नुपर्छ ।
एक्सप्रेसिभ फेस : सही हेरचाह र अनुशासन, अनुहार तथा कपाललाई गर्जियस लुक प्रदान गर्छ । राम्रो गुणस्तरको सेम्पु र कन्डिसनर तथा सही ब्लो ड्राईले सम्पूर्ण व्यक्तित्वलाई विशेष बनाउछ । हेयर कट र हेयर स्टाइल पनि स्मार्ट लुकका लागि आवश्यक छ । कपाल फुलेपछि मात्रै फेसन कलरको प्रयोग गर्नुपर्छ । हेयर कलर र हेयर स्टाइल पनि यसरी ट्वीस्ट गर्नुपर्छ जसबाट व्यक्तित्व विशेष देखापरोस् । कपालमा कुनै प्रकारको एक्सपेरिमेन्टपछि कपालको अतिरिक्त हेरचाह गर्नु आवश्यक हुन्छ ।