Successfully Copied

प्राकृतिक उत्पादनबाट सुन्दर त्वचा

सुन्दर त्वचाको चाहन हरेक महिलामा हुने गर्दछ ।

सुन्दर त्वचाको चाहन हरेक महिलामा हुने गर्दछ । त्यसैले दैनिक भागदौड, तनाव, घाम, प्रदूषण आदिबाट त्वचालाई बचाउनका लागि महिलाहरू अनेकन सौन्दर्य प्रशाधन प्रयोग गर्ने गर्दछन् । तर बजारमा उपलब्ध केमिकलयुक्त सौन्दर्य प्रशासधनले त्वचालाई निखार्नुको साटो त्यसलाई हानि पुर्‍याउने गर्दछ । बेदाग र निखारिएको त्वचाका लागि प्राकृतिक तत्वहरू जस्तै गुलाबजल, बदाम, केसर तथा चन्दनको प्रयोगको स्पर्श पाइन्छ, जसले त्वचालाई सुन्दर र चम्कदार बनाउनमा मद्दतगादर सावित हुने गर्दछ । 

बदाम 

भिटामिन ‘ई’ र ‘बी–६ को प्राकृतिक स्रोत बदाम त्वचाको शक्तिशाली रक्षक छ । यसको एन्टीअक्सीडेन्ट र सुख्खापन हटाउने त्वचालाई पोषण गर्नुका साथै त्यसलाई कोमल पनि बनाउने गर्दछ । 

चन्दन 

चन्दनले त्वचालाई शीतलता प्रदान गर्दछ र ब्ल्याक हेड्सलाई हटाएर त्वचालाई निर्खानमा मद्दतदार सावित हुने गर्दछ । चन्दनको प्राकृतिक तत्वले त्वचाको रंग निखारेर त्यसको मोइश्चराइजिङ पनि गर्ने गर्दछ । चन्दनले त्वचाका लागि प्राकृतिक एन्टिसेप्टीकको काम पनि गर्दछ । त्वचाको रंग निर्खानका लागि दुई सानो चम्चा चन्दन पाउडरमा एक चम्चा गुलाब जल मिसाएर त्यसलाई फेसप्याकका रूपमा प्रयोग गर्नुपर्छ । 

केसर 

केसरमा भएको प्राकृतिक एन्टिबेक्टेरियल र एक्सफलोएटिङ पदार्थले बेक्टेरियालाई अन्तत गरी त्वचालाई चम्कदार र सफा बनाउने गर्दछ । त्वचाको रंग निखार्नका लागि केसर प्रयोग पुरानो समयदेखि नै हुादै आएको पाइन्छ । केसरलाई दुधमा मिसाएर मुहार धुनाले मुहारमा निचार आउने गर्दछ । जब प्रकृतिले त्वचाको प्राकृतिक सुन्दरता बनाउका लागि व्यक्तिलाई यति धेरै अमूल्य उपहार दिएको छ, भने कृतिम पदार्थबाट बनेका ब्युटि प्रोडकट्स किन प्रयोग गर्ने ? प्रकृति सदैव नै मनुश्यको हितकर रहेको छ । यस कुरालाई मनन गरी ती प्रकृतिक तत्वको प्रयोग गरौं जसले त्वचाको रंग रूपमा निखार, सुन्दरता तथा आकर्षण थप्ने कार्य गर्दछ ।

 

 Image