Successfully Copied

स्पेसल मेकअप

एसपीएफयुक्त फाउन्डेसन स् आफ्नो स्किन टोनसित म्याच गर्ने फाउन्डेसन प्रयोग गर्नुपर्छ । यदि बेस सही छ भने मेकअप नेचुरल देखिन्छ । त्यसका लागि केक, लिक्विड तथा पाउडर फाउन्डेसन उपलब्ध्ध हुन्छ । यदि घाममा बढी बस्नु छ भने एसपीएफयुक्त फाउन्डेसनको प्रयोग नै उपयुक्त हुन्छ

एसपीएफयुक्त फाउन्डेसन स् आफ्नो स्किन टोनसित म्याच गर्ने फाउन्डेसन प्रयोग गर्नुपर्छ । यदि बेस सही छ भने मेकअप नेचुरल देखिन्छ । त्यसका लागि केक, लिक्विड तथा पाउडर फाउन्डेसन उपलब्ध्ध हुन्छ । यदि घाममा बढी बस्नु छ भने एसपीएफयुक्त फाउन्डेसनको प्रयोग नै उपयुक्त हुन्छ । त्यसले छाला घामबाट प्रभावित हुँदैन ।डार्क सेड फाउन्डेसन स् शालीन र कोमल मुहारका लागि स्किन टोनसित म्याच गर्ने फाउन्डेसन प्रयोग गर्ने नियम तोड्नु आवश्यक हुन्छ । यसको कारण के हो भने जति–जति उमेर बढ्दै जान्छ, त्यति–त्यति छालाको रंग फिक्का हुन थाल्छ । स्किन टोनसँग म्याचिङ फाउन्डेसन लगाए फाउन्डेसन मुहारमा थोपरिएको देखिन्छ । २४–२५ वर्षको उमेरमा जुन आइभरी सेडको फाउन्डेसन प्रयोग गरिन्थ्यो, त्यो ४० वर्षको उमेरमा प्रयोग गर्न सकिँदैन । ३० वर्षपछि पहिले प्रयोग गरिँदै आएको फाउन्डेसनको ठाउँमा स्किन टोनभन्दा अलिकति गाढा फाउन्डेसन ९वार्म टोन० प्रयोग गर्नुपर्छ ।

लिक्विड फाउन्डेसन स् पाउडर फाउन्डेसनको साटो क्रिम फाउन्डेसन प्रयोग गर्न सकिन्छ । यसका लागि हाइड्रेटिङ वा स्टेन फिनिस लिक्विड फाउन्डेसन उपयुक्त हुन्छ ।केक कन्सिलर स् डन्डिफोरको दाग र मुहारका रेखा लुकाउन कन्सिलर प्रयोग गर्नुपर्छ । कतिपयले यसलाई मुहारभरि लगाउने गल्ती गर्छन् । त्यसका लागि केक कन्सिलरभन्दा हाइलाइटर पेन नै उपयुक्त हुन्छ । यो हल्का र मोस्चराइजरयुक्त हुन्छ । यसबाट आँखा सुन्दर र आँखा वरपरको छाला कोमल देखिन्छ ।

पाउडर टच स् क्रिम आइस्याडो र क्रिम ब्लस–अनबाट आँखा र गालाको छाला बढी सुख्खा देखिन्छ । केही समयपछि आँखाको छालामा ड्राई प्याच देखिन्छ । त्यसका लागि लाइट पाउडर आइस्याडो तथा पाउडर ब्लस–अन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

चिक्स लिफ्टर स् बढ्दो उमेरका महिलाहरूको गाला बिस्तारै झोल्लिँदै जान्छ र त्यो भरिएजस्तो देखिँदैन । मुखदेखि कानसम्म ब्रसबाट ब्लस–अनको स्ट्रोक्स दिनुको साटो गालाको थोरै माथि नै ब्रसबाट ब्लस–अनको स्ट्रोक्स दिनुपर्छ । यसमा इन्स्टेन्ट चिक्स लिफ्टर प्रयोग गर्नु राम्रो हुन्छ ।

ओभर मेकअप स् तैलीय आइल्यासेजमा आइस्याडो टिक्दैन । यस्तो अवस्थामा ओइली आई मेकअप प्रोडक्ट आवश्यक हुन्छ तर आवश्यकताभन्दा बढी प्रयोग गर्दा आइल्यासेज भारी देखिन्छ र मुहार ओभर मेकअपबाट लोडेड देखिन्छ । आइस्याडो लगाउनुपूर्व ल्यासेजमा कम्प्याक्ट पाउडरको टच रह्यो–रहेन बुझ्नुपर्छ । फाउन्डेसन र कन्सिलर पनि आवश्यकताभन्दा बढी प्रयोग गर्नुहुँदैन । ओभर मेकअपबाट मुहार सुन्दर देखिनुको साटो ठूलो र भद्दा देखिन्छ । 

आइब्रोज सेपिङ र ल्यास कर्ल स् आइब्रोज जति सही र नेचुरल सेपमा रहन्छ, आँखा त्यति नै सुन्दर देखिन्छ । आइब्रोज न धेरै पातलो ठीक हुन्छ न त धेरै मोटो नै । दुवै स्थितिमा रूप आकर्षक देखिँदैन । आइब्रोजमा आइब्रो पेन्सिलको गाढा स्ट्रोक्स प्रयोग गर्नु हुँदैन । हल्का स्ट्रोक्स लगाएपछि आइस्याडो ब्रसबाट त्यसलाई स्मज गर्नुपर्छ । आइल्यासेजमा मस्कारा लगाउनुपर्छ । ल्यास ब्रसबाट ब्रस गर्नुपर्छ । त्यसपछि एकपटक पुनस् मस्कारा लगाउनुपर्छ र ब्रस गर्नुपर्छ । अन्त्यमा ल्यास कर्लरबाट आइल्यासेजलाई बिस्तारै कर्ल गर्नुपर्छ । त्यसपछि आँखा ठूलो एवं सुन्दर देखिन्छ ।

लिप ब्रस स् लिप पेन्सिलले ओठमा लगाइएको लिपिस्टिकलाई फैलनबाट रोक्छ र ओठको सेपलाई उभार्छ भन्ने मान्यता भए पनि यसबाट उमेर बढी देखिन्छ । मुहारको शालीनता कायम राख्न लिपिस्टिक ब्रसले ओठलाई आउटलाइनिङ प्रदान गर्नुपर्छ । यसो गर्दा लिपिस्टिक पनि कम लाग्छ र ओठ वरपर लिपिस्टिक फैलँदैन । ओठको सेप राम्रो छैन भने लिप लाइनरले ओठलाई सेप दिनुपर्छ । लिपिस्टिक जुन कलरको हुन्छ, त्यही कलरको लिप पेन्सिल प्रयोग गर्ने कुरा ख्याल गर्नुपर्छ ।

सिमर ग्लस स्  लिपिस्टिक पनि फरक–फरक भेराइटीको हुन्छ, जस्तै लिक्विड लिपिस्टिक, भिटामिन रिच, एसपीएफयुक्त तथा सिमर ग्लस, जसलाई अवसरअनुसार प्रयोग गर्न सकिन्छ । कम उमेरका कलरफुल सिमर ग्लस लगाउनु राम्रो हुन्छ ।

आइलाइनर स् आइलाइनर सही तरिकाले प्रयोग गर्नुपर्छ । यसबाट आँखाको सुन्दरता कायम रहन्छ । आँखाको किनारबाट आइलाइनर लगाउनुहुँदैन । यसबाट आँखाको किनारमा रिङ्कल पर्ने सम्भावना बढ्छ । त्यति मात्र होइन, आइलाइनर लगाउँदा त्यो स्मुद पनि देखिँदैन । यसबाट जोगिन चिउँडो उठाएर आँखालाई आधा मात्र खोली लिक्विड आइलाइनर लगाउनुपर्छ ।

आई पेन्सिल स् कम उमेरका युवतीहरू आइलाइनर लगाउन रुचाउँदैनन् भने कलरफुल पेन्सिल लगाउन सक्छन् । हिजोआज दुई कलरको आई पेन्सिल लगाउने चलन पनि छ । 

प्योर ब्राउन सेड्स स् यदि आफ्नो आँखामा ब्राउन आइस्याडो नै लगाउन चाहने हो भने आफ्नो मनलाई मनाई उक्त सेडबाट जोगिनुपर्छ । यो सेडमा पहेंलो वा रातो रंगको केही अंश हुन्छ, यसबाट आँखा थाकेजस्तो देखिन्छ । यस्तो स्थितिमा कत्था रंग वा प्योर ब्राउन सेड्स लगाउनुपर्छ जसबाट नेचुरल लुक प्राप्त हुन्छ ।

आइल्यास कर्लर स् बाक्लो आइल्यासेजबाट आँखा सुन्दर, फुर्तिलो र यौवनमय देखिन्छ । आइल्यास कलर लेपले पनि आइल्यासेजलाई बाक्लो देखाउन मद्दत गर्छ । आइल्यास कलरबाट आइल्यासको जरासम्म समातेर १५ सेकेन्ड राख्नुपर्छ । यदि आई मेकअपका लागि समय छैन भने मात्र मस्कारा र स्मज प्रुफ गाजल प्रयोग गर्नुपर्छ  ।

स्पेसल लिप कलर स् मुहारमा तुरुन्तै ताजापन ल्याउन लिपिस्टिकको रंग बदल्नुपर्छ । यदि नेचुरल कलरको लिपिस्टिक प्रयोग गर्नु छ भने लिप कलरको नियम बिर्सदै रेड सेड्स प्रयोग गर्नुपर्छ । सहज रूपमा अँगाल्न सकिने हेयर स्टाइल बनाउनुपर्छ । त्यसमा रेड लिपिस्टिकको प्रयोगबाट हट लुक प्राप्त गर्न सकिन्छ ।

स्मार्ट ब्रोन्ज स् मुहार, गर्दन वा पिठ्युँमा फाउन्डेसन वा ब्रोन्ज लगाउँदा पहिरनको नेक खराब हुन्छ । यदि आफ्नो खुल्ला अङ्गमा सेल्फ ट्यानर वा ब्रोन्ज लगाउनु छ भने ठूलो मेकअप ब्रसले अतिरिक्त ब्रोन्ज तथा सेल्फ ट्यानर हटाउनुपर्छ ।

पुजा जोशी

स्टार हर्वल ब्युटि सैलुन 

 Image