Successfully Copied

स्लिम र आकर्षक देखिन के गर्ने ?

ड्रिम डे अर्थात् विवाहका दिन अप्सराजस्तै सुन्दर तथा आकर्षक देखिने चाहनामा अधिकांश यौवना तौल घटाउन क्रेस डाइटिङ, स्लिमिङ क्याप्सुल, लिक्विड डाइट

ड्रिम डे अर्थात् विवाहका दिन अप्सराजस्तै सुन्दर तथा आकर्षक देखिने चाहनामा अधिकांश यौवना तौल घटाउन क्रेस डाइटिङ, स्लिमिङ क्याप्सुल, लिक्विड डाइट, फास्टिङ, एक्सेसिभ जिम आदि अपनाउँछन् । जसोतसो तौल कम त हुन्छ तर इनर ग्लो फिक्का हुन्छ र केही समयपछि स्वास्थ्यसम्बन्धी समस्या देखिन थाल्छ । अत: क्रेस डाइटिङको साटो एक्सरसाइज र योगका साथै डाइटलाई सन्तुलित राख्नु उत्तम हुन्छ ।

रियलिस्टिक प्लानिङ

तौल घटाउन सजिलो छ तर यसका लागि इमान्दारी एवं समर्पण आवश्यक हुन्छ । थोरै पनि लापरबाही र जिब्रोको स्वादमा चिप्लियो भने जिमखानामा जत्तिकै पसिना बगाए पनि त्यसको कुनै औचित्य हुँदैन । इन्स्टेन्ट वेट लसको चक्करमा क्रेस डाइटिङ, फास्टिङ, लिक्विड डाइट, स्लिमिङ पिल्सले स्लिम टि्रम लुक त प्रदान गर्छ तर अनुहारबाट नेचुरल ग्लो चोर्छ । तपाईं स्किनी हुनुहुन्छ र तौल बढाउने सोचमा हुनुहुन्छ वा मोटी हुनुहुन्छ र स्लिम हुन चाहनुहुन्छ भने डाइटिसियनबाट डेली मेन्यु प्लान तथा फिटनेस एक्सपर्टबाट दैनिक एक्सरसाइज प्लान लिएर त्यसमा कार्यान्वयन गर्नुपर्छ । वेट लस वा वेट गेनको लक्ष्य रियलिस्टिक हुनुपर्छ । छोटो समयमा स्लिम त भइँदैन, तर ब्राइडल वेयरमा आफ्नो फिगर पर्फ]{ट देखिन्छ । यसको तयारी कमसेकम विवाहभन्दा ६-७ साता पहिले प्रारम्भ गर्नुपर्छ ।

क्यालोरिजको नापतौल

विवाहको भागदौडमा एनर्जी लेवल हाई हुनुपर्छ । यस्तोमा ब्रेकफास्टदेखि डिनर दिनभरि ऊर्जा दिने खालको हुनुपर्छ । तौल घटाउन एउटी महिला -सामान्य उचाइ भएकी) ले दिनभरिमा १२०० देखि १५०० क्यालोरी डाइट लिनुपर्छ र वेट गेनका लागि दिनभरिमा १४०० देखि १७०० क्यालोरी लिनुपर्छ । वेट लसका लागि दिनको प्रारम्भमा अन्न र लो फ्याट मिल्कबाट गर्नुपर्छ र भिटामिन एवं फाइबरका लागि मौसमी फल (आँप, लिची, अंगुर आदि छोडेर) खानुपर्छ । वेट गेनका लागि खानामा ब्राउन ब्रेनका साथमा दुईवटा अण्डाको अमलेट सेवन गर्नुपर्छ । वेट लसका लागि लन्चमा कार्बोहाइड्रेटलाई प्राथमिकता दिनुपर्छ अर्थात् दुईवटा लो फेट सेन्डविच वा रोटी वा दुईवटा ब्रोउन ब्रेड, प्रोटिन अर्थात् दाल, भिटामिन्स, क्याल्सियम वा मिनरल्सका लागि सलाद लिनुपर्छ । साथमा दही र हरियो सागपात पनि । डिनरमा प्रोटिन लिनुपर्छ । एक पिस ग्रिल्ड चिकन वा मेरिनेटेड चिकेन ब्रेस्ट । यदि भेजिटेरियन हुनुहुन्छ भने दाल वा कटेज चीज -पनीर) वा मसरुम । साथमा कार्बोहाइड्रेट -स्टिम्ड ब्राउन राइस), भिटामिन्स र मिनरल्स -हरियो सागपात) । तौल बढाउन होस् वा घटाउन तैलीय वा मसलेदार खाना र रिफाइन्ड फुडबाट टाढा रहनुपर्छ । कम भोक लागेका बेला फ्रुट्स, ड्राई फ्रुट्स आदि खानुपर्छ ।

पर्याप्त पानी

शरीरमा पानीको कमी अर्थात् डिहाइड्रेसन नहोस् भन्ने कुरामा सचेत रहनुपर्छ । शरीरमा पानीको कमी भए आवश्यक भिटामिन्स र मिनरल्स नष्ट हुन्छ, जसले गर्दा अनुहारबाट नेचुरल ग्लो हराउँछ । दिनमा कमसेकम ८-१० गिलास पानी पिउनुपर्छ । चियाको साटो हर्बल टी पिउनुपर्छ । पानी पिउनाले शरीरबाट हानिकारक तत्त्व निस्कन्छ र छाला, नङ एवं केश चम्किलो हुन्छ । पानीबाहेक नरिवल पानी, कागती पानी, लस्सी, ग्रीन टी, फ्रेस जुस आदि सेवन गर्नुपर्छ । एरिएटिड र केफिलन ड्रिंक्स जस्तै कफी, कोला, पेक्ड जुस, सोडा, अल्कोहल, चिया आदिबाट टाढै रहनु उचित हुन्छ ।

फिटनेस मन्त्र

बडी फिट रहोस् तथा टोन्ड -पर्फ]{ट फिगर) होस् भन्ने उद्देश्यले बिहान-बेलुकी २० मिनेटसम्मका लागि ब्रिस्क वाक गर्नुपर्छ । यसबाट थकान महसुस हुँदैन । विस्तारै पैदल हिँड्ने गति बढाउनुपर्छ । दिनमा ३० मिनेट एक्सरसाइजका लागि समय निकाल्नुपर्छ । आम्र्स र थाइज टोनका लागि सातामा दुई-तीनपटक लाइट वेट उठाउनुपर्छ ।

सन्तुलित डाइट

दिनमा तीनपटक खानुको साटो पाँचपटक खानुपर्छ । यसमा कार्बोहाइड्रेट अर्थात् अन्न (ब्राउन राइस, विट ब्रेड, बाजरा, ज्वार आदि) समावेश गर्नुपर्छ र ननरिफाइन्ड ह्वाइट प्रडक्स् (ह्वाइट ब्रेड, ह्वाइट राइस, मैदा आदि) लाई डाइटबाट पूर्णरूपमा हटाउनुपर्छ । हाई प्रोटिनका लागि खानामा दही, दाल, पनीर, माछा आदि समावेश गर्नुपर्छ । खानामा फाइबरको मात्रा बढाउनुपर्छ । एप्लिमेन्ट्सको साटो प्राकृतिक फाइबर खानुपर्छ । फाइबरको प्रमुख स्रोत हो-अन्न, होम मेड सुप, फल आदि । यसबाट फाइबरका साथै मिनरल्स तथा भिटामिन्स प्राप्त हुन्छ । डाइटमा क्याल्सियमको मात्रा बढाउनुपर्छ । त्यसको प्रमुख स्रोत हो-दूध, माछा, मेवा, खरबुजा आदि ।

बोसो कम गर्न डाइटमा चिल्लोलाई पूर्णरूपमा हटाउनु जरुरी छैन । डाइटिसियन्सहरूका अनुसार खानामा पर्याप्त मात्रामा फ्याट्स आवश्यक हुन्छ जसले एनर्जी लेवल कायम राख्न, टिस्यु रिपेयर गर्न र भिटामिन्सलाई शरीरको सबै ठाउँमा पुर्‍याउन मद्दत गर्छ । यसका लागि मख्खनजस्ता सेचुरेटेड फ्याट्सबाट टाढै रही ओलिभ आयल प्रयोग गर्नुपर्छ ।

 Image