Successfully Copied

मेकअप बक्स

मौसम गर्मी वा जाडो जे भए पनि कस्मेटिक बक्समा सनस्क्रिनलाई स्थान दिनुपर्छ ।

सनस्क्रिन : मौसम गर्मी वा जाडो जे भए पनि कस्मेटिक बक्समा सनस्क्रिनलाई स्थान दिनुपर्छ । विशेषगरी घरबाट बाहिर निस्कनुभन्दा आधा घन्टा पहिले सनस्क्रिन लगाउनु आवश्यक छ । आफ्नो छालाको प्रकृतिअनुसार वाटरबेस्ड सनस्क्रिन छनोट गर्नुपर्छ ।

मेकअप बेस : कस्मेटिक बक्सको अर्को मुख्य कुरा मेकअप बेस अर्थात् फाउन्डेसन हो । यसले अनुहारको दाग-धब्बा लुकाउन सहयोग गर्छ । यसबाट स्किन इवन टोन देखिन्छ । फाउन्डेसनको थिक लेयरले मेकअप खराब गर्नसक्ने भएकाले फाउन्डेसनको लाइट इफेक्ट टच हुनुपर्छ ।

कम्प्याक्ट : कम्प्याक्टले छालाबाट अतिरिक्त ओयललाई कम गरी इवन लुक प्रदान गर्छ । अत: कस्मेटिक बक्समा यसलाई पनि समावेश गर्नुपर्छ । कम्प्याक्टलाई कहिल्यै ओवरडेप गर्नुहुँदैन किनभने ओवरडेपिङ कम्प्याक्ट फेसनमा छैन ।

ब्लसर : ब्लसर मेकअप बक्सको अर्को महत्त्वपूर्ण प्रसाधन हो । आजभोलि न्युड मेकअप ट्रेन्ड भएको कुरालाई ध्यानमा राख्दै पिच, पिंक प्लम तथा लाइट ब्रोन्ज ब्लसर प्रयोग गर्नुपर्छ । यसका साथै साइनी इफेक्ट ब्लसर पनि प्रयोग गर्न सकिन्छ । पिच, पिंक ब्लसर कलर एसेन्स, मेबलिन डि्रम मुज ब्लस, द बडी सेप चिक ब्लसर राम्रो विकल्प हुनसक्छ । रेड, ब्राउन, मरुन ब्लसर आदि गाढा रंगहरू भने प्रयोगमा छैनन् ।

आइस्याडो : आँखालाई हाइलाइट गर्न आइस्याडो प्रयोग गर्नुपर्छ । आजभोलि स्मोकी आई मेकअपको लोकप्रियता पनि बढ्दो छ । आँखालाई हाइलाइट गर्न सिल्वर र हल्का स्लेटी रंगको आइलाइनर प्रयोग गर्नुपर्छ । हेभी ग्लिटरबाट जोगिनुपर्छ । अहिले फोरेस्ट ग्रीन, पिंक बि्रज, पर्ल आइसेड्स चल्तिमा छन् ।

मस्कारा र आइलाइनर : आइ मेकअपमा लिक्विड र भोल्युम जेल प्रोडक्ट बढी प्रयोग भैरहेका छन् । मस्कारामा पनि विभिन्न कलर उपलब्ध हुन्छन् जसमा ट्रान्सपरेन्ट, ब्लु, कपर, सिल्भर, टर्किस आदि बढी प्रचलित छन् । विशेषगरी गाजल र लाइनर लगाएपछि आफ्नो आइल्यासेजमा मस्काराको दुई-तीन कोट लगाएर त्यसलाई कर्ल गर्नुपर्छ । एवोन, मेबिलिन, रेवलन राम्रो विकल्प हुनसक्छ । ड्राई मेकअप आउट अफ फेसन छ भने ब्राउन आई पेन्सिलको प्रयोगबाट जोगिनुपर्छ ।

लिपिस्टिक : आजभोलि लिपिस्टिकभन्दा बढी लिपग्लस एवं लिप बामको चलन छ । विशेषगरी डे मेकअपमा लिपग्लस र राति डार्क वा मिडियम लिपिस्टिक छनोट गर्न सकिन्छ । त्यसैले कस्मेटिक्स बक्समा लिपिस्टिकका साथमा लिपग्लस पनि हुनुपर्छ । लिपग्लसमा न्युड सेड बढी प्रचलित छ ।

नेल पेन्ट : कृत्रिम नङ र नेल आर्ट पनि चल्तीमा छ । त्यसैले प्लेन नेलपोलिस लगाएर त्यसमा अर्को नेलपोलिसले डिजाइन बनाउनुपर्छ । चौकोर सेपको नङ पनि अहिले फेसनमा छ । न्युड र ब्राइट दुवै कलर फेसनमा छन् तर दिउँसो गाढा रंगबाट टाढै रहनुपर्छ । धेरै लामो नङ पनि फेसनमा छैन ।

एन्टी-एजिङ क्रिम : मेकअप बक्समा एन्टी-एजिङ क्रिम पनि राख्नुपर्छ । सुन्दरता लामो समयसम्म कायम रहोस् भन्ने चाहना छ भने गुणस्तरीय ब्रान्ड्रका एन्टी-एजिङ क्रिमलाई आफ्नो मेकअप बक्समा अनिवार्य समावेश गर्नुपर्छ ।

 Image