Successfully Copied

हेयर कलर

हेयर कलरले केशलाई आकर्षक बनाउँछ । यसले मानिसको व्यक्तित्वमै परिवर्तन ल्याउँछ ।

हेयर कलरले केशलाई आकर्षक बनाउँछ । यसले मानिसको व्यक्तित्वमै परिवर्तन ल्याउँछ । अहिले हेयर कलर निकै प्रचलित छ । हेयर कलर आफ्नो अनुहार तथा रंगअनुरूप छनोट गर्नुपर्छ । हेयर कलर लगाएपछि केशको विशेष हेरचाह आवश्यक हुन्छ । पटक-पटक हेयर कलर गर्दा केशको टेक्चर पातलिँदै जाने हुँदा हेयर कलरपछि हेयर सिरम प्रयोग गर्नु उपयुक्त हुन्छ ।

रंगका प्रकार

हेयर कलर तीन प्रकारका हुन्छन् । त्यसमध्ये आफ्नो सुविधाअनुसार टेम्पोरेरी, सेमी परमानेन्ट तथा परमानेन्ट हेयर कलर छनोट गर्न सकिन्छ ।

टेम्पोररी हेयर कलर

हेयर कलरले केशको पहिलो तह रंगाउँछ । स्याम्पु गरेपछि त्यो रंग हट्छ । ग्ल्यामर फिल्डमा हुनेहरूलाई यो रंग विशेष सुहाउँछ । आफ्नो काम एवं भूमिकाको हिसाबले केश रंगाउन तथा रंग परिवर्तन गर्न सकिन्छ । कुनै कार्यक्रममा जाँदा पनि यो कलर प्रयोगमा ल्याउन सकिन्छ ।

सेमी परमानेन्ट कलर

यो केही लामो समय टिक्छ । लगभग १० देखि १२ पटक स्याम्पु गरेपछि यो रंग खुइलिएर जान्छ । सेमी परमानेन्ट कलर केशको दोस्रो तहसम्म रहन्छ ।

परमानेन्ट कलर

यो कलर गराएपछि स्थायी रूपमा केशको रंग परिवर्तन हुन्छ । परमानेन्ट कलर केशमा निकै लामो समय  टिक्छ । यसमा एमोनिया तथा प्याराक्साइड मिसाइएको हुन्छ । प्याराक्साइडले केशको बेसिक रंग परिवर्तन गर्छ । यसलाई लगाएपछि महिनांैसम्म रंग हलुका हुन पाउँदैन । पछि केश पलाएर आउने भागमा भने समय-समयमा टचअप गर्नुपर्छ ।

हेयर कलर कुन-कुन रंगका ?

अहिले बरगन्डी, डार्क ब्राउन, रेड, गोल्ड, चकलेट, चेरी  ब्राउन, रेड विथ अरेन्जजस्ता कलर चल्तीमा छन् ।

छालाअनुरूप कलर छनोट

-    गोरो छालाका लागि कपर तथा रेड हाइलाइट सुहाउँछ ।

-    गहुँगोरो छालाका लागि ब्लन्ड कलरको हाइलाइट सुहाउँछ । त्यसका साथै केशको रंगका लागि अर्बन, चेस्टन गाढा रंग उपयोगी हुन्छ ।

कालो वा रातो छाला भएकाहरूलाई गाढा कलर सुहाउँछ । उनीहरूलाई हाइलाइट वा पर्पल रेड पनि सुहाउँछ । कालो वा रातो छाला हुनेहरूमा लाइट तथा डार्क ब्राउन कलर पनि खुल्छ ।

उमेरको हिसाबले रंग छनोट

उमेरको हिसाबले रंग छनोट गर्नुपर्दा ब्राउन कलर सबैभन्दा उत्तम मानिन्छ । उमेर कम भएकाहरूलाई हलुका तथा उज्यालो रंग सुहाउँछ भने चालीसपछिका महिलालाई डार्क सेड सुहाउँछ ।

हेयर  कलरपछि

कलर प्रोटेक्टिभ स्याम्पु प्रयोग गर्नुपर्छ । यसको प्रयोगले छिट्टै रंग जाँदैन ।

हप्तामा एकपटक हेयर स्पा टि्रटमेन्ट गराउनुपर्छ । यसले केशलाई स्वस्थ एवं चम्किलो बनाउँछ ।

हप्तामा एकपटक तेल प्रयोग गर्नुपर्छ  ।

कलर गरिएको केशको किनारा कमजोर हुन्छ । घाममा निस्कँदा केशमा हाँगा पलाउन सक्छ । त्यसैले केशको टि्रमिङ नियमित रूपमा गराउनुपर्छ ।

- वसुदा बजिमय

श्री सिन्ड्रेला ब्युटिपार्लर

 Image