Successfully Copied

दुलहीले आफैं गर्न मिल्ने ब्राइडल मेकअप

समय परिवर्तनसँगै हरेक क्षेत्रमा परिवर्तन हुँदै जान्छ। ५ देखि १० वर्षमा पुरानै कुरा मोडिफाइ भएर नयाँ फेसन जन्मन्छ।

समय परिवर्तनसँगै हरेक क्षेत्रमा परिवर्तन हुँदै जान्छ। ५ देखि १० वर्षमा पुरानै कुरा मोडिफाइ भएर नयाँ फेसन जन्मन्छ। फेसनको एक पार्ट मेकअप पनि हो। पहिलेको तुलनामा मेकअप गर्ने स्टाइलमा पनि अहिले धेरै परिवर्तन आएको छ। पहिले दुलही तयार गर्दा रातो कलरलाई महत्व दिइन्थ्यो र ड्रेसमा म्याच गरेर मेकअप गरिन्थ्यो भने आज पहिरनभन्दा फरक तरिकाले गरिने मेकअप प्रचलनमा आएको छ।

ब्राइडल तयार गर्ने विधि

- अनुहारलाई राम्रोसँग चिसो पानीले पुछ्ने।

- क्लिन्जिङ गर्ने।

- अण्डर बेस लगाउने।

- दाग-धब्बा भएको ठाउँमा कन्सिलर प्रयोग गर्ने।

वाटरप्रुफ मेकअप भए प्यानस्टिक अथवा प्यान केक प्रयोग गर्ने। राम्रोसँग बेस अप्लाई गरिसकेपछि हल्का पानीले स्प्रे गर्ने। अनुहारमा बेस बराबर रहन स्प्रेले सहयोग गर्छ। टिस्यु पेपरको सहायताले हल्का ट्याब गर्ने। अनुहारमा चाहिने भन्दा बढी बेस लागेको भए टिस्युमा आउँछ र चाहिने प्यानस्टिक एडजर्ब  हुन्छ। ५ मिनेट अनुहारलाई सुक्न दिने। त्यसपछि लुज पाउडर लगाउने। लुज पाउडर लगाउँदा डाउन अप्लाई गर्ने, अप नलगाउने। पूरा अनुहारमा बराबर लगाएपछि ५ मिनेटजति सेट हुन छोड्ने।

मेकअप सुरु गर्दा अनुहारको बनाबट राम्रोसँग बुझ्नुपर्छ। कुन पार्टमा फेस कटिङ गर्ने हो थाहा नपाई मेकअप गर्दा मेकअप नराम्रो हुन्छ। लुकाउने भागमा डार्क सेड प्रयोग गर्ने र देखाउने भागमा लाइट कलर प्रयोग गर्ने। नोज कटिङ गर्दा डार्क सेड प्रयोग गर्ने। आई मेकअप गर्नुअघि ड्रेसलाई मध्यनजर गर्नु जरुरी हुन्छ भने उमेरलाई पनि ध्यान दिनुपर्छ। आइ मेकअप गर्दा आँखाको प्रकार थाहा पाउनुपर्छ। आँखाको सेपअनुसार कलर र अप्लाई गर्ने तरिका फरक-फरक हुन्छ।

आई मेकअप गर्दा पहिले हल्का लाइट बेस लगाउने। बेसमाथि डार्क सेड जस्तै डार्क सेड ब्राउन, कफीजस्ता कलर ब्रसको सहायताले आँखाको सेपलाई ध्यानमा राखी अप अप्लाई गर्ने। आँखाको कर्नरमा हल्का डार्क कलरले मर्च गर्ने, जसले गर्दा आँखा स्मोकी देखिन्छ। आइलाइनर प्रयोग गर्दा आँखाको कुनामा पातलो, छेउ भागमा हल्का र अपमा बाक्लो लगाउने जसले आँखा ठूलो देखाउँछ।

ब्लसर प्रयोग गर्दा उठेको हड्डीबाट अप सेपमा तल-माथिको भागमा बराबर लगाउने। ब्लसर चिकबोनभन्दा अन्य भागमा प्रयोग गर्दा कृत्रिम देखिन्छ। गालाको भागमा कटिङ गर्नुपर्ने भए डार्क र लाइट सेड मिलाएर गर्न सकिन्छ।

लिपिस्टिक लगाउनुअघि लिपलाइनरले लिपको सेप मिलाएपछि लिपिस्टिक लगाएर फेरि एकपटक लिपलाइनरले फिनिसिङ दिनुपर्छ। विवाहमा हेभी इम्ब्रोइडरी पहिरन लगाइने हुँदा अनुहारमा पनि सिमर वा ग्लिटर प्रयोग गर्नुपर्छ। जसलाई नोज कर्नर तथा चिकबोनमा लगाउँदा अनुहारमा चमक देखिन्छ।

- सीता पाठक

सौन्दर्यविद् तथा अध्यक्ष एबीसी ह्याण्ड

 Image