Successfully Copied

हेयर स्टाइल

कलेज गएपछि मात्र आइलाइनर लगाउन जानेकी सान्द्रालाई त्यसअघि हरबखत टमब्यायको भेषमा भेटिन्थ्यो।

कलेज गएपछि मात्र आइलाइनर लगाउन जानेकी सान्द्रालाई त्यसअघि हरबखत टमब्यायको भेषमा भेटिन्थ्यो। उनमा सौन्दर्य व्यवसायमा लाग्ने कुनै छनक थिएन। बुबा पेशबहादुर तथा आमा जेनी पुनका ६ सन्तानमध्ये माइली सान्द्रा सानैदेखि पहिरनमा रुचि राख्थिन्। सान्द्रा पुन पहिले स्कुलमा अंग्रेजी शिक्षिका थिइन्। सन् १९९४ मा कोरिया गएपछि पनि उनले अंग्रेजी शिक्षिकाकै रूपमा २ वर्ष पढाइन् तर उनलाई एउटै पेसामा बसिरहन मन लागेन। सिर्जनात्मक काममा रुचि राख्ने पुनले त्यहाँको प्रख्यात सौन्दर्य संस्था किम मिन सन एकेडेमीमा दुई वर्षभन्दा बढी स्किन केयर, हेयर केयर तथा हेयर स्टाइलसम्बन्धी तालिम लिइन्। सन् २००५ मा नेपाल आएर ब्युटी क्लब स्थापना गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। सान्द्रा भन्छिन्-छोटो समय नेपाल बस्छु भनेकी थिएँ तर मेरो काम, सीप र टेक्नोलोजी यहाँ यति नौलो भइदियो कि म फर्केर जाने वातावरण नै बनेन। नयाँ सीप, तौरतरिका र स्टाइल भित्र्याएकाले छोटो समयमै बुम पनि भएँ।

मुख्यतः हेयर स्टाइलमा दख्खल राख्ने सान्द्राका हात नेपालका करिब सबै सेलिब्रेटीको केशमा चलिसकेका छन्। उनको अन्तर्वार्ता हेरेर त्यतिबेलाकी चर्चित नायिका विपना थापाले लामो समय लगाएर आफूलाई खोजेको उनलाई अहिले जस्तो लाग्छ। सान्द्राले बनाएको थापाको बि्रड हेयर स्टाइल देखेर धेरै जना प्रभावित भएको उनी सम्झिन्छिन्।

हेयर स्टाइलका सम्बन्धमा सान्द्रा

हेयर ड्रेसिङ ः हेयर ड्रेसिङ भनेको साधारण केशलाई स्टाइलिस्ट लुक्स दिनु हो। यसमा केशलाई नयाँ डिजाइनका साथ परिवर्तन गरिन्छ।

हेयर कलरिङ ः केश प्राकृतिक नै राम्रो हुन्छ। यद्यपि अहिलेको जमानामा को होला र हेयर कलर प्रयोग नगर्ने ? केशलाई स्टाइल दिन र फेसमा ब्राइट नेस ल्याउन कलर आवश्यक हुन्छ।

लामो अनुहार ः ब्वाइज कटदेखि लिएर लङ हेयर कट, स्पानियल कट, फिदरिङ कट यस्ता अनुहारलाई सुहाउँछन्।

गोलो अनुहार ः ब्वाइज कट, पर्म, थाइ कट सुहाउँदैन। गोलो अनुहारलाई स्टे्रट तथा फिदरिङ कटले आकर्षक लुक्स दिन्छ।

बि्रड वा एक्सटेन्सन ः निरन्तर गर्नु लाभदायक हुँदैन। किनभने केश झरेर त्यहीँ लट्टा परेर रहने हुँदा केश गह्रौं हुन्छ जसले तानिएर जरासम्म असर गर्नसक्छ। फरक लुक्सका लागि केही समयको अन्तरमा गर्दा राम्रो हुन्छ।

समग्र केशलाई स्टाइलिस्ट

लुक्स दिन ः कटिङ परिवर्तन गरिरहने, केयरमा ध्यान दिने।

घरमै केशलाई स्टाइलिस्ट  

लुक्स दिन ः आफूसँग इक्विपमेन्ट छैन भोलिको पार्टी छ भने राति सुत्ने बेला हल्का जेल वा पानी लगाएर पाटा छुट्याइएको केशलाई जिकज्याक गर्दै रबरले बाँध्ने भोलिपल्ट खोल्दा कर्ल बन्छ अथवा पूरै कर्ली बनाउन मन लागे स-साना पार्टमा केशलाई छुट्याएर बाटिदिने भोलिपल्ट खोलेर कर्ली लुक्स देखिन्छ।

हिेयरमा मोस्ट स्टाइलिस्ट सेलिब्रेटी ः डेभिड बेकह्याम, पि्रयंका चोपडा, निमा रुम्बा तथा राजेशपायल।

कसको केशलाई कस्तो लुक्स दिन मन छ ः मनीषा कोइरालाको केश बढेपछि बिल्कुलै नयाँ लुक्स दिन मन छ।

केश बनाउनैपर्ने सेलिब्रेटी ः हिसिला यमी।

सुन्दर देखिन केशले ः ७० प्रतिशत भूमिका खेल्छ। हिप्पी त्यसै हिट भएका होइनन्। गन्हाउने लुगा, बिनामेकअपका उनीहरू फरक स्टाइलका केशका कारण संसारभर हिट छन्।

२०१४ को हेयर स्टाइल ः केश चुच्चो बनाउने, बढी लेयर राख्ने धेरै भैसक्यो। अब सन् २०१४ का लागि वान-लेन्थ हेयर स्टाइल फेसनमा आउने देखिन्छ।

- सान्द्रा पुन, हेयर ड्रेसर,

ब्युटी क्लब , भाटभटेनी तथा कुमारी पाटी

 Image