धर्मश्री प्रतियोगिता
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे ।
काठमाडौंमा ‘सेलिब्रेटी रनिङ’ प्रतियोगता सम्पन्न भयो । प्रतियोगितामा ‘सेलिब्रेटी’ ले तीन किलोमिटर दौड पूरा गरेका थिए ।
राष्ट्रपति भवन नजिकबाट सुरु दौड लाजिम्पाटस्थित होटल एम्बासडरसम्म पुगेर सकिएको थियो । दौडमा नायिका पवित्रा आचार्य प्रथम भइन् । उनलाई उप–सभामुख इन्दिरा राना मगरले ५० हजार प्रदान गरेकी थिइन् ।
‘फिल्म आर्टिस्ट एसोसियसन अफ नेपाल’, ‘कान्ति कल्चरल सेन्टर’ र दिलकुमारी केसी मेमोरियल फाउन्डेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
तस्बिरहरुः महेश प्रधान