अनिताको कमाल
नेपालकी अनिता कार्कीले थाइल्यान्डको बैंककमा सम्पन्न सीयू ओपन फेन्सिङ च्याम्पियनसिपसमा कांस्य पदक जितेकी छिन् । नेपालले यो खेलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो, तसर्थ यसको छुट्टै ऐतिहासिक महत्व छ ।

काठमाडौंमा ‘सेलिब्रेटी रनिङ’ प्रतियोगता सम्पन्न भयो । प्रतियोगितामा ‘सेलिब्रेटी’ ले तीन किलोमिटर दौड पूरा गरेका थिए ।
राष्ट्रपति भवन नजिकबाट सुरु दौड लाजिम्पाटस्थित होटल एम्बासडरसम्म पुगेर सकिएको थियो । दौडमा नायिका पवित्रा आचार्य प्रथम भइन् । उनलाई उप–सभामुख इन्दिरा राना मगरले ५० हजार प्रदान गरेकी थिइन् ।
‘फिल्म आर्टिस्ट एसोसियसन अफ नेपाल’, ‘कान्ति कल्चरल सेन्टर’ र दिलकुमारी केसी मेमोरियल फाउन्डेसनको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
तस्बिरहरुः महेश प्रधान