Successfully Copied

पुरुष फुटबलमा महिला रेफ्री

फुटबलको अन्तर्राष्ट्रिय संघ ‘फिफा विश्व कप’ को ९२ वर्षको इतिहासमा पहिलो पटक पुरुष विश्वकपमा महिलाले मुख्य र सहायक रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । यो मानेमा कतार फिफा विश्वकप–२०२२ महिलाका लागि ऐतिहासिक बन्न पुगेको छ ।

फुटबलको अन्तर्राष्ट्रिय संघ ‘फिफा विश्व कप’ को ९२ वर्षको इतिहासमा पहिलो पटक पुरुष विश्वकपमा महिलाले मुख्य र सहायक रेफ्रीको भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । यो मानेमा कतार फिफा विश्वकप–२०२२ महिलाका लागि ऐतिहासिक बन्न पुगेको छ । कतार विश्वकपमा महिला टोलीले जर्मनी र कोस्टारिकाबीचको खेल संचालन गरी आफ्नो क्षमता र योग्यता प्रदर्शन गर्न सफल भए ।  

पछिल्लो समय विभिन्न मुलुकमा महिलाहरू आफ्नै क्षमताले राष्ट्रप्रमुखसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका छन् । यो क्रम विश्वभरि बढ्दो छ । भलै हाम्रो मुलुकमा राजनीतिक दलहरूले महिलामाथि विश्वास नगरून् । यहा“ हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने संविधानमै भएको व्यवस्थाप्रति राजनीतिक दलहरू उदासीन छन् । दलगत नेतृत्वको महिलाप्रतिको यो चरम विभेद र उपेक्षा पनि हो । यो विभेद र उपेक्षाकैबीच कतारमा आयोजित फिफा विश्वकपले नेपालका महिलाका लागि थोरै भए पनि सन्तोषजनक र सकारात्मक सन्देश संचार गरेको छ । त्यो सन्देश भनेको पहिलो पटक पुरुष फुटबल विश्वकपमा महिलाले रेफ्री र सहायक रेफ्रीको भूमिका निर्वाह गर्नु हो । यो महिलामाथि विश्वास गर्ने सन्देश पनि हो । यति मात्रै होइन, फुटबल खेल इतिहासमा महिलालाई दिएको यो अवसर स्वर्ण अक्षरमा लेखिनेछ ।

फिफा विश्वकपको आयोजक राष्ट्र कतारमा महिलाहरूलाई कानुनी रूपमा कडाइका साथ व्यवहार गरिन्छ । अघिल्लो वर्ष मात्रै अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको संस्था ‘ह्युमन राइट वाच’ ले दिएको प्रतिवेदनले त्यसको पुष्टि गर्छ । तर, कतारले फुटबल विश्वकपमा महिलालाई रेफ्रीका रूपमा स्वीकार गर्नुले उसको लैङ्गिक समानतालाई अगाडि बढाएको प्रमाण हो । ‘२०२१ को प्रतिवेदनमा, मैले कतारका कानुन, नीति र अभ्यासहरूले कसरी महिलाहरूलाई विवाह गर्न, सरकारी छात्रवृत्तिमा अध्ययन गर्न, धेरै सरकारी जागिरमा काम गर्न, विवाह नगरेसम्म वा २५ वर्षको उमेर नभई विदेश यात्रा गर्न र प्रजनन स्वास्थ्य सेवाका केही निश्चित अधिकारहरू प्राप्त गर्न पुरुषको अनुमति लिनुपर्ने डकुमेन्टेसन गरेकी थिए“’ ह्युमन राइट वाच (डब्लुआरडब्लु) मा महिलाहरूको अधिकार विभागकी वरिष्ठ शोधकर्मी रोथाना बेगमले लेखेकी छन्, ‘अर्कोतर्फ, पुरुषहरूलाई १८ वर्ष पुगेपछि त्यस्तो अनुमति चाहि“दैन । यीमध्ये धेरै नियमको कुनै कानुनी आधार छैन र यो कतारको आफ्नै संविधानविपरीत छ जसले कानुनका अगाडि महिलाको समानताको ग्यारेन्टी गर्दछ । पुरुष अभिभावकहरूले उनीहरूलाई ड्राइभिङ गर्न, विदेश यात्रा गर्न, अध्ययन गर्न, काम गर्न वा आफ्नै रोजाइको व्यक्तिस“ग विवाह गर्ने अनुमति नदिने नियमहरूले उनीहरूलाई स्वतन्त्र जीवन जिउने क्षमतामा परेको भारी दबाबबारे अधिकांश महिलाले मलाई बताएका थिए । कतारका भेदभावपूर्ण नियमहरूले उनीहरूलाई आफ्नै छिमेकीहरूबीच पनि बाहिरिया बनाइदिन्छ ।’ यी रिपोर्टका बाबजुद कतार फिफा विश्वकपमा महिलामैत्री बनेको सन्देश दिनुलाई सकारात्मक रूपमा लिनुपर्छ ।  

महिला रेफ्री

‘कतार फिफा वल्र्डकप २०२२’ मा फ्रान्सेली स्टेफनी फ्र्यापार्टले रेफ्रीका रूपमा पुरुषहरूको फुटबल खेल संचालन गरी इतिहास रचेकी छन् । उनले जर्मनी र कोस्टारिकाबीचको प्रतियोगितामा पहिलो पटक रेफ्रीको भूमिका निर्वाह गरिन् । फिफाले उनको सहायकका रूपमा दुई महिलालाई नै नियुक्त गरेको थियो । ती महिलाहरूमा ब्राजिलकी नुएजा ब्याक र मेक्सिकाकी कारेन डियाज मेडिना हुन् ।

यसअघि पुरुषहरूको कुनै पनि अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा महिला रेफ्री राखिएको थिएन । एकताका यस्तो समय थियो जब विश्वका सबै खेलहरूमा पुरुषहरूको बर्चस्व रहन्थ्यो । तर, अब यसमा परिवर्तनको क्रम सुरु भइसकेको छ । पछिल्लो समय क्रिकेट, हकी, टेनिस, कबडीलगायतका खेलमा महिलाले रेफ्री, अम्पायर, कोच बन्ने अवसर पाएका छन् । फुटबलमा भने कतारबाट महिलाका लागि अवसर सुरु भएको छ । यसले पुरुषहरूस“गै महिला पनि खेलहरूमा सहभागी हु“दा कयौं मिथक पनि तोडिएका छन् । एकातिर विश्वमा महिलाहरूले खेलहरूमा नया“ रेकर्ड बनाउ“दै सफलता प्राप्त गरिरहेका छन् भने अर्कातिर पुरुषहरूको खेलमा कोच, रेफ्री र अम्पायरको नया“ भूमिका निर्वाह गर्न तम्तयार रहेको सन्देश पनि विश्वभर संचार गरिरहेका छन् । फिफाको महिला रेफ्रीलाई अवसर दिने पछिल्लो निर्णयको सर्वत्र स्वागत र प्रशंसा भइरहेको छ ।

कतार फिफा विश्वकपका लागि विश्वभरिमा ३६ रेफ्री, ६९ सहायक रेफ्री र २४ भीएआरलाई चयन गरिएकामा यसमा स्टेफनी, रुवान्डाकी सालिमामुकान साङ्गा र जापानकी यामासिता योसिमीलाई रेफ्रीको सूचीमा समावेश गरिएको थियो । यसैगरी, सहायक रेफ्रीका रूपमा ब्राजिलकी न्युजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरिन नेसबिटलाई चयन गरिएको थियो ।  

स्टेफेनी

३८ वर्षीया स्टेफेनी लामो समयदेखि पुरुषहरूको खेलमा रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी छन् । उनी युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) प्रतियोगितामा समेत रेफ्री बन्ने प्रथम महिला हुन् । यसो त उनी सन् २०१९ मै ‘यूईएफए सुपर कप’ को फाइनलका क्रममा लिभरपुल र चेल्सीबीच भएको प्रतिस्पर्धा खेलमा रेफ्री बनेकी थिइन् । उनले ‘यूरोपियन लिग’ मा अक्टोबरमा रेफ्रीका रूपमा डेब्यु गरेकी थिइन् । उनको फुटबल खेलमा उत्कृष्ट क्यारियर छ । उनले फ्रान्सको पेरिस उत्तर–पश्चिमस्थित हर्बले–सुर–सेइनमा १३ वर्षको उमेरमा युवा खेलहरू संचालन गर्न थालिन्, जहा“ उनी हुर्किन् । स्टेफेनीको फुटबलप्रतिको लगाब उनका बुवाबाट आएको हो । ‘इन्टरनेसनल फेडरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टेटिक्स’

(आईएफएफएचएस) द्वारा प्रदान गरिने विश्वको ‘सर्वश्रेष्ठ महिला रेफ्री पुरस्कार’ उनले तीन पटक पाइसकेकी छन् । फिफाले प्रमुख रेफ्रीकै रूपमा जिम्मेवारी दिनुअघि स्टेफेनीलाई पोल्यान्ड र मेक्सिकोबीचको प्रतियोगितामा ‘फोर्थ अफिसियल’ मा राखिएको थियो । यसस“गै उनी यो विश्वकपमा सहभागी हुने प्रथम महिला बनेकी थिइन् ।

न्युजा ब्याक

ब्राजिलकी नुजा कतार फिफा विश्वकपमा सहायक रेफ्री बनिन् । यो जिम्मेवारीमा आउनुअघि उनी एक व्यावसायिक फुटबल खेलाडी रहिसकेकी छन् । २०१४ बाट उनले फिफाका लागि काम गर्दै आएकी छन् । उनलाई ‘कनमेबोल रेफरी कमिसन’ द्वारा चिलीमा आयोजित ‘कोपा अमेरिका फेमेनिना’ मा काम गर्न अवसर दिइएको थियो ।

डियाज मेडिना

मेक्सिकोकी कारेन डियाज मेडिनाले पनि कतार फिफा विश्वकपमा सहायक रेफ्रीका रूपमा काम गरेकी छन् । उनी पुमास र लियोनबीच ‘लिगा एमएक्स गार्डएन्स २०२०’ को फाइनल खेलको दोस्रो चरणमा ‘अम्पायरिङ’ गर्ने प्रथम महिला हुन् । २०१८ मा फिफाको सहायक रेफ्रीका रूपमा उनी सूचीकृत भएकी थिइन् । मानागुआ, निकारागुआमा ‘महिला अन्डर–१७’ च्याम्पियनसिप, स्कोटियाबैंक कोन्काकाफ लिग र ब्रेडेन्टन, फ्लोरिडामा पुरुषहरूको अन्डर–२० च्याम्पियनसिपसहित कयौं टुर्नामेन्टमा आफ्नो सेवा दिइसकेकी छन् । डियाज, टेक्सासमा २०२० महिला ओलम्पिक क्वालिफाइङ्मा कार्यवाहक टिमको हिस्सासमेत बन्न भ्याएकी थिइन् ।

सलीमा मुकानसाङ्गा

सन् १९८८ मा रुवान्डामा जन्मिएकी सलीमा मुकानसाङ्गा एक अन्तर्राष्ट्रिय फुटबल रेफ्री हुन् । २०१२ बाट उनी फिफाको अन्तर्राष्ट्रिय रेफ्री सूचीमा समावेश भएकी हुन् । २०१९ मा फ्रान्समा आयोजित फिफा महिला विश्वकपमा उनी एउटा प्रतियोगिताको अफिसियल बनेकी थिइन् । उनी २०२२ मा ‘अफ्रिकी कप अफ नेसन्स’ मा ‘रेफ्री’ बन्ने प्रथम महिला हुन् ।

यामासिता योसिमी

सन् १९८६ मा जापानमा जन्मिएकी यामासिता योसिमी पनि एक अन्तर्राष्ट्रिय फुटबल रेफ्री हुन् । २०१९ मा फ्रान्समा आयोजित फिफा महिला विश्वकपमा उनले एउटा म्याचको ‘अफिसियल’ बनेकी थिइन् । उनले पछिल्लो ग्रीष्मकालीन ओलम्पिकमा अमेरिका र स्वीडेनबीचको प्रतियोगितामा रेफ्रीको भूमिकासमेत निर्वाह गरेकी थिइन् । कतार फिफा विश्वकप २०२२ मा अम्पायरिङ्का लागि छनोट भएका तीन महिलामध्ये उनको नाम पनि रेफ्री सूचीमा समावेश गरिएको थियो ।  

(एजेन्सीको सहयोगमा )

 Image