पल्सर अवार्ड
नेपाली राष्ट्रिय महिला टोलीकी स्टाइकर सावित्रा भण्डारी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ मा दशककी उत्कृष्ट महिला खेलाडी घोषित भइन् । त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन् ।
नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोली सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह ‘ए’को अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल समूह ‘ए’को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित कवर्डहमा सम्पन्न खेलको पहिलो सेटमा २५–१८ को जित निकालेको भारतले दोस्रो सेटमा २५–११ को जित निकाल्न सफल भएको थियो । अन्तिम सेटमा भारतले २५–९ को जित निकालेको थियो ।
भारत समूह विजेता बनेको छ । अब भारतले समूह ‘बी’को उप विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ ।