अनिताको कमाल
नेपालकी अनिता कार्कीले थाइल्यान्डको बैंककमा सम्पन्न सीयू ओपन फेन्सिङ च्याम्पियनसिपसमा कांस्य पदक जितेकी छिन् । नेपालले यो खेलमा जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो, तसर्थ यसको छुट्टै ऐतिहासिक महत्व छ ।

नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला भलिबल टोली सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह ‘ए’को अन्तिम खेलमा भारतले बंगलादेशलाई हराएसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपाल समूह ‘ए’को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । त्रिपुरेश्वरस्थित कवर्डहमा सम्पन्न खेलको पहिलो सेटमा २५–१८ को जित निकालेको भारतले दोस्रो सेटमा २५–११ को जित निकाल्न सफल भएको थियो । अन्तिम सेटमा भारतले २५–९ को जित निकालेको थियो ।
भारत समूह विजेता बनेको छ । अब भारतले समूह ‘बी’को उप विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले भने समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ ।