Successfully Copied

एक युग पछिको  पुनरागमन

नेफाली महिला क्रिकेट टिम थाइल्यान्ड स्म्यास ट्वान्टी–२० त्रिकेट प्रतियोगितामा उपविजेता भएर स्वदेश फर्किएको छ । पछिल्लो समय खासै नतिजामुखी बन्न नसकेको यो टिमले लगातार सेमिफाइनलमा हार बेहोर्दै आएको थियो । राउन्ड रोबिन प्रतियोगितामा पनि यस्तै देखिएको थियो । थाइल्यान्ड स्म्यास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताले भने नेफाललाई महिला

नेफाली महिला क्रिकेट टिम थाइल्यान्ड स्म्यास ट्वान्टी–२० त्रिकेट प्रतियोगितामा उपविजेता भएर स्वदेश फर्किएको छ । पछिल्लो समय खासै नतिजामुखी बन्न नसकेको यो टिमले लगातार सेमिफाइनलमा हार बेहोर्दै आएको थियो । राउन्ड रोबिन प्रतियोगितामा पनि यस्तै देखिएको थियो । थाइल्यान्ड स्म्यास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताले भने नेफाललाई महिला क्रिकेटमा समेत खुड्किलो चढ्ने आशा जगाएको छ ।

अब हुने विश्व ट्वान्टी–२० त्रिकेट प्रतियोगिताको एसिया छनोटको तयारीका लागि नेपाल यो प्रतियोगितामा सहभागी भएको थियो । लगातार ५ खेल जितेपछि नेपाल फाइनलमा पुगेको थियो भने घरेलु टिम थाइल्यान्डसँग ७० रनले पराजित भएपछि नेपाल उपाधिबाट चुकेको थियो । नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दास भन्छन्– ‘विगतको प्रदर्शनको तुलनामा यसपटकको प्रदर्शन उत्तम रह्यो । झन्डै डेढ वर्षपछि नेपालले महिला क्रिकेटको प्रमुख प्रतियोगिता खेलिरहेको थियो । त्यसमा राम्रो मात्र नभएर एकताबद्ध प्रदर्शन देखाउन सफल भयो । प्रदर्शनमा अप्स एन्ड डाउन देखिएन, एकरूपको प्रदर्शनले नेपाललाई फरक र फिट साबित गर्‍यो ।’ 

सन् २००७ मा एसीसी वुमन ट्वान्टी–२० खेल्दै नेपालले मलेसियाबाट अन्तर्राष्टिय क्रिकेटको मात्र प्रारम्भ गरेको थियो । प्रथम खेलमै फाइनलमा पुग्न सफल नेपाली महिला क्रिकेट टिमले त्यसको १२ वर्षपछि माक्र बल्ल अर्को अन्तर्राष्टिय खेल खेलेको हो । महिला त्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीका अनुसार यसपटकको खेल अहिलेसम्मकै उत्कृष्ट साबित भयो । क्षेत्री भन्छिन्–यसपटकको टिम समन्वय र खेलाडीहरूमा सफलताको भोकलगायत राम्रो गर्नुपर्छ भन्ने इख तथा विनोद दासजस्ता उत्कृष्ट प्रशिक्षकको गाइडेन्सले प्रदर्शनलाई उत्कृष्ट र लक्ष्यमुखी बनाउन सफल भयो । प्रशिक्षक विनोद दास भने आफूलाई यो खेलले कुनै आश्चर्यचकित नबनाएको तर्क गर्छन् । 

यसअघि आफूले अन्य कुनै महिला क्रिकेट टिमको स्तर नदेखेको बताउने विनोद त्यसै कारण अगाडि कुनै प्रतिक्रिया नजनाएको खुलासा गर्छन् । अहिले हेर्दा उनलाई थाइल्यान्डलाई कुनै टिमले चुनौती दिन्छ भने त्यो नेपाल मात्र हो भन्ने पक्का भएको छ । आफैंलाई विश्वास गर्न र थप मेहनत गर्न सकियो भने थाइल्यान्डलाई समेत जित्न गाह्रो छैन भन्नेमा विनोद विश्वस्त देखिन्छन् । 

यता टिमकी कप्तान रुविना क्षेत्री विनोदकै प्रशिक्षणका कारण खोलाडीहरूले मानसिक तथा शारीरिक रूपमा आफूलाई तरोताजा र तम्तयार राख्न सकेको बताउँछिन् । अनुभवले परिपक्व पूर्वखेलाडी भएकाले विनोदको प्रशिक्षण मात्र नभई अभिभावकत्वसमेत प्रशंसनीय रहेको टिमको अनुभव छ र पनि फाइनलमा आफूहरू केही नर्भस भएको र त्यसबाट थप धेरै कुरा सिकेर आएको रुविनाको भनाइ छ ।

विनोद दास, प्रशिक्षक नेपाली महिला क्रिकेट टिम

यसपटकको प्रदर्शनलाई लिएर विगतमा नेपालसँग खेलेका जितहरूले नेपाल अहिले फरक र फिट छ भन्ने फ्रतिक्रिया दिए । त्रिकेटमा थाइल्यान्ड निकै अगाडि छ । सीपका हिसाबले हामी उनीहरूभन्दा त्यति टाढा छैनौं । दुवै टिमका खेलाडीमध्ये हाम्रै टिम बलियो देखिन्छ । ठूलो लिगमा लगातार राम्रो टिमसँग खेलिरहेका उनीहरू निश्चय पनि हामीभन्दा राम्रा हुने भैहाले । वर्ल्डकप नजिकिँदै गएकाले हामीले आफूलाई अझ निखारेर अघि बढ्नुपर्ने चुनौती छ । यो टिममा म सर्वप्रथम त मानसिक परिवर्तनमा केन्द्रित रहें । अन्तिम चरणको खेलमा खेलाडीहरू मानसिक दबाबमा परेजस्तो लाग्यो । अलिकति हतास पनि देखें । फाइनलमा अगाडिका खेलमा देखाएजस्तो सामान्य स्किलसमेत हराएको पाएँ । बलियो टिमसँग खेल्दा त्यस्तो हुनु अस्वाभाविक होइन । केही सिकेरै आउने उद्देश्य थियो जानुअघि पनि । अब हामीले तयारीका साथ डटेर खेल्नुपर्छ । क्रिकेट संघको अभावमा खेलाडीहरूलाई लामो क्याम्प राख्न समस्या थियो तर अहिले जेजति कार्यक्रम बनाएर पठाइएको छ सबै स्वीकृत भएर आएका छन् । अब त्यो समस्या पनि कम भएको छ । अबको तयारी हामी विशेष तरिकाले गर्नेछौं । 

रुविना क्षेत्री, कप्तान 

यसपटकको खेलमा जितको भोक र इखसँगै एउटा निश्चित उद्देश्य पनि थियो जबकि पहिले ती दुवै हुन्थे तर उद्देश्य हुँदैनथ्यो । विनोद दास जस्ता यो क्षेत्रमा दक्ष र परिपक्व प्रशिक्षक हुनुले हामीलाई नयाँ जीवन प्रदान गरेको छ । यही क्षेत्रमा राम्रोसँग भिजेको व्यक्ति भएकाले उहाँले हामीलाई मानसिक एवं शारीरिक दुवै हिसाबमा बुझेर सोहीअनुसार प्रशिक्षण दिनुभयो । हामीले कस्तो स्थितिमा के गर्ने भन्ने स्किलहरू सिक्यौं । फाइनलमा हामी नर्भसनेसका कारण चुकेको भन्छु म । प्रयास गर्दागर्दै सधैजस्तो भएन । बिग टिमसँग खेल्दा पहिले टिम होइन राम्रो क्रिकेट खेल्नुपर्छ भनेर दिमाग लगाउनुपर्छ । ट्वान्टी–२० विश्वकप को म्याच अभ्यासजस्तो पनि थियो यो हाम्रा लागि । हामीले यसपटक जितेर भन्दा पनि सिकेर आएका छौं । १५ दिनको अभ्यासले यो स्थानमा सुरक्षित रह्यौं भने अब हामी थप तयारीका साथ विश्वकप ट्वान्टी–२० मा सहभागी हुने प्रयास गर्नेछौं । 

 Image