पेरिस ओलम्पिकबाट बाहिरियो नेपाल
काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
नेफाली महिला क्रिकेट टिम थाइल्यान्ड स्म्यास ट्वान्टी–२० त्रिकेट प्रतियोगितामा उपविजेता भएर स्वदेश फर्किएको छ । पछिल्लो समय खासै नतिजामुखी बन्न नसकेको यो टिमले लगातार सेमिफाइनलमा हार बेहोर्दै आएको थियो । राउन्ड रोबिन प्रतियोगितामा पनि यस्तै देखिएको थियो । थाइल्यान्ड स्म्यास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताले भने नेफाललाई महिला क्रिकेटमा समेत खुड्किलो चढ्ने आशा जगाएको छ ।
अब हुने विश्व ट्वान्टी–२० त्रिकेट प्रतियोगिताको एसिया छनोटको तयारीका लागि नेपाल यो प्रतियोगितामा सहभागी भएको थियो । लगातार ५ खेल जितेपछि नेपाल फाइनलमा पुगेको थियो भने घरेलु टिम थाइल्यान्डसँग ७० रनले पराजित भएपछि नेपाल उपाधिबाट चुकेको थियो । नेपाली महिला क्रिकेट टिमका प्रशिक्षक विनोद दास भन्छन्– ‘विगतको प्रदर्शनको तुलनामा यसपटकको प्रदर्शन उत्तम रह्यो । झन्डै डेढ वर्षपछि नेपालले महिला क्रिकेटको प्रमुख प्रतियोगिता खेलिरहेको थियो । त्यसमा राम्रो मात्र नभएर एकताबद्ध प्रदर्शन देखाउन सफल भयो । प्रदर्शनमा अप्स एन्ड डाउन देखिएन, एकरूपको प्रदर्शनले नेपाललाई फरक र फिट साबित गर्यो ।’
सन् २००७ मा एसीसी वुमन ट्वान्टी–२० खेल्दै नेपालले मलेसियाबाट अन्तर्राष्टिय क्रिकेटको मात्र प्रारम्भ गरेको थियो । प्रथम खेलमै फाइनलमा पुग्न सफल नेपाली महिला क्रिकेट टिमले त्यसको १२ वर्षपछि माक्र बल्ल अर्को अन्तर्राष्टिय खेल खेलेको हो । महिला त्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीका अनुसार यसपटकको खेल अहिलेसम्मकै उत्कृष्ट साबित भयो । क्षेत्री भन्छिन्–यसपटकको टिम समन्वय र खेलाडीहरूमा सफलताको भोकलगायत राम्रो गर्नुपर्छ भन्ने इख तथा विनोद दासजस्ता उत्कृष्ट प्रशिक्षकको गाइडेन्सले प्रदर्शनलाई उत्कृष्ट र लक्ष्यमुखी बनाउन सफल भयो । प्रशिक्षक विनोद दास भने आफूलाई यो खेलले कुनै आश्चर्यचकित नबनाएको तर्क गर्छन् ।

यसअघि आफूले अन्य कुनै महिला क्रिकेट टिमको स्तर नदेखेको बताउने विनोद त्यसै कारण अगाडि कुनै प्रतिक्रिया नजनाएको खुलासा गर्छन् । अहिले हेर्दा उनलाई थाइल्यान्डलाई कुनै टिमले चुनौती दिन्छ भने त्यो नेपाल मात्र हो भन्ने पक्का भएको छ । आफैंलाई विश्वास गर्न र थप मेहनत गर्न सकियो भने थाइल्यान्डलाई समेत जित्न गाह्रो छैन भन्नेमा विनोद विश्वस्त देखिन्छन् ।
यता टिमकी कप्तान रुविना क्षेत्री विनोदकै प्रशिक्षणका कारण खोलाडीहरूले मानसिक तथा शारीरिक रूपमा आफूलाई तरोताजा र तम्तयार राख्न सकेको बताउँछिन् । अनुभवले परिपक्व पूर्वखेलाडी भएकाले विनोदको प्रशिक्षण मात्र नभई अभिभावकत्वसमेत प्रशंसनीय रहेको टिमको अनुभव छ र पनि फाइनलमा आफूहरू केही नर्भस भएको र त्यसबाट थप धेरै कुरा सिकेर आएको रुविनाको भनाइ छ ।
विनोद दास, प्रशिक्षक नेपाली महिला क्रिकेट टिम

यसपटकको प्रदर्शनलाई लिएर विगतमा नेपालसँग खेलेका जितहरूले नेपाल अहिले फरक र फिट छ भन्ने फ्रतिक्रिया दिए । त्रिकेटमा थाइल्यान्ड निकै अगाडि छ । सीपका हिसाबले हामी उनीहरूभन्दा त्यति टाढा छैनौं । दुवै टिमका खेलाडीमध्ये हाम्रै टिम बलियो देखिन्छ । ठूलो लिगमा लगातार राम्रो टिमसँग खेलिरहेका उनीहरू निश्चय पनि हामीभन्दा राम्रा हुने भैहाले । वर्ल्डकप नजिकिँदै गएकाले हामीले आफूलाई अझ निखारेर अघि बढ्नुपर्ने चुनौती छ । यो टिममा म सर्वप्रथम त मानसिक परिवर्तनमा केन्द्रित रहें । अन्तिम चरणको खेलमा खेलाडीहरू मानसिक दबाबमा परेजस्तो लाग्यो । अलिकति हतास पनि देखें । फाइनलमा अगाडिका खेलमा देखाएजस्तो सामान्य स्किलसमेत हराएको पाएँ । बलियो टिमसँग खेल्दा त्यस्तो हुनु अस्वाभाविक होइन । केही सिकेरै आउने उद्देश्य थियो जानुअघि पनि । अब हामीले तयारीका साथ डटेर खेल्नुपर्छ । क्रिकेट संघको अभावमा खेलाडीहरूलाई लामो क्याम्प राख्न समस्या थियो तर अहिले जेजति कार्यक्रम बनाएर पठाइएको छ सबै स्वीकृत भएर आएका छन् । अब त्यो समस्या पनि कम भएको छ । अबको तयारी हामी विशेष तरिकाले गर्नेछौं ।
रुविना क्षेत्री, कप्तान

यसपटकको खेलमा जितको भोक र इखसँगै एउटा निश्चित उद्देश्य पनि थियो जबकि पहिले ती दुवै हुन्थे तर उद्देश्य हुँदैनथ्यो । विनोद दास जस्ता यो क्षेत्रमा दक्ष र परिपक्व प्रशिक्षक हुनुले हामीलाई नयाँ जीवन प्रदान गरेको छ । यही क्षेत्रमा राम्रोसँग भिजेको व्यक्ति भएकाले उहाँले हामीलाई मानसिक एवं शारीरिक दुवै हिसाबमा बुझेर सोहीअनुसार प्रशिक्षण दिनुभयो । हामीले कस्तो स्थितिमा के गर्ने भन्ने स्किलहरू सिक्यौं । फाइनलमा हामी नर्भसनेसका कारण चुकेको भन्छु म । प्रयास गर्दागर्दै सधैजस्तो भएन । बिग टिमसँग खेल्दा पहिले टिम होइन राम्रो क्रिकेट खेल्नुपर्छ भनेर दिमाग लगाउनुपर्छ । ट्वान्टी–२० विश्वकप को म्याच अभ्यासजस्तो पनि थियो यो हाम्रा लागि । हामीले यसपटक जितेर भन्दा पनि सिकेर आएका छौं । १५ दिनको अभ्यासले यो स्थानमा सुरक्षित रह्यौं भने अब हामी थप तयारीका साथ विश्वकप ट्वान्टी–२० मा सहभागी हुने प्रयास गर्नेछौं ।