पेरिस ओलम्पिकबाट बाहिरियो नेपाल
काठमाडांैको दशरथ रंगशालामा भएको पहिलो खेलमा ५–१ को जित हासिल गरेको भियतनामले दोस्रो खेलमा २–० को नतिजा निकाल्दै ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
पिंकाथन काठमाडौंको तेस्रो संस्करणको उपाधि सशस्त्र प्रहरीकी कान्छीमाया कोजुले जितेकी छन् । यसपटक पनि मुख्य प्रतिस्पर्धा हाफ म्याराथनमा सशस्त्र प्रहरीकी कोजु विजयी हुँदै लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गरेकी हुन् । यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् ।
सशस्त्रकी कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेकी हुन् । यो स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् भने सशस्त्रकै पुष्पा भण्डारी तेस्रो भइन् । हाफ म्याराथनमा प्रथमलाई ५१ हजार, दोस्रोलाई ३१ हजार तथा तेस्रोलाई २१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
१० किलोमिटरतर्फ सशस्त्रकी सन्तोषी श्रेष्ठ प्रथम, चन्द्रा राउत दोस्रो तथा सरस्वती कडायत तेस्रो भए । विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रोले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्की प्रथम भइन् भने ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो ।
३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तिका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेतालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटी उपमहासचिव राजीव श्रेष्ठलगायतका अतिथिले पुरस्कार वितरण गर्नुभयो । महिला सशक्तिकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान शुरु गरेका हुन् । भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिंकाथन विगत तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ ।
नेपालमा लेजर पोर्ट नेपालले यो इभेन्ट गर्दै आएको छ । पिंकाथन काठमाडौंको तेस्रो संस्करणमा २ हजार ५ सय महिला सहभागी भएको लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालय नक्सालमा इभेन्ट भएको हो ।