Successfully Copied

बाल विवाह विरुद्ध भलिबल

बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता सम्पन्न भएको छ । ‘तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश’ भन्ने नाराका साथ उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।

बाल विवाह न्युनीकरण्का लागि सिन्धुलीमाढीमा किशोरी भलिवल प्रतियोगिता सम्पन्न भएको छ  । ‘तपाई हाम्रो एउटै शन्देश, बाल विवाह मुक्त हाम्रो प्रदेश’ भन्ने नाराका साथ उक्त प्रतियोगिता सम्पन्न गरिएको हो । 

सिन्धुलीमाढीको खम्बे चौरमा सम्पन्न प्रतियोगितामा १४ समूहले सहभागिता जनाएका थिए । प्रतियोगी समूह मध्ये सबैलाई पछि पार्दै शंखरेश्वर माध्यामिक विद्यालय जखनी प्रतियोगिताको बिजेता बनेको छ । प्रतियोगितामा कमला माध्यामिक विद्यालय ढुङग्रेबासलाई २५–१८, २६–२५ को सेटमा पछि पादै जखनी पहिलो भएको हो ।

प्रतियोगितामा पहिलो भएसंगै जखनीले २५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ भने दोस्रो भएको कमला माध्यामिक विद्यालय ढुङग्रेबासले १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउदा शिद्धस्थली आवासीय माध्यामिक विद्यालय माढिबजारले तेस्रो स्थानमा चित्त बुझाउँदै नगद ७ हजार ५ सयसहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ ।

प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले पुरस्कार प्रदान गरे । सिन्धुली जिल्लालाई बालविबाह मुक्त जिल्ला बनाउन किशोरीहरुलाई भलिवल प्रतियोगितामा सहभागि गराईएको आयोजकले जनाएको छ ।

प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा सञ्चालित बालबालिका तथा किशोरी अधिकार प्रवद्र्धन तथा सामुदायिक खानेपानी योजना अन्तरगत किशोरी भलिवल प्रतियोगिता सञ्चालन भएको हो ।

कमलामाई नगरपालीका, जिल्ला खेलकुद विकास समिति र परिवर्तन जागरण क्लवको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको थियो ।

 Image