सौन्दर्य, कस्मेटिक तथा व्यक्तिगत हेरचाहसँग सम्बन्धित उत्पादन र सेवाहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यसहित ‘कोस्मेटिका एक्स्पो २०२५’ काठमाडौंमा सुरु भएको छ । एक्स्पो पौष ११–१३ सम्म सञ्चालन हुनेछ ।
हाउस अफ राजकर्णिकारद्वारा आयोजित उक्त एक्स्पोमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका कस्मेटिक सामग्री, स्किनकेयर, हेयरकेयर, मेकअप, सौन्दर्य उपकरण तथा नवीन प्रविधिहरू प्रदर्शनीमा राखिएका छन् । सौन्दर्य व्यवसायी, वितरक, मेकअप आर्टिस्ट, सलुन सञ्चालक तथा आम उपभोक्ताको उल्लेखनीय सहभागिता देखिएको छ ।
आयोजकका अनुसार एक्स्पोले सौन्दर्य उद्योगमा नवीनता, व्यवसायिक नेटवर्किङ र बजार विस्तारमा टेवा पु¥याउने विश्वास लिइएको छ । एक्स्पोमा विशेष छुट, लाइभ डेमो, प्रोडक्ट लञ्च तथा विशेषज्ञसँग अन्तरक्रिया गर्ने अवसरसमेत उपलब्ध गराइएको छ ।
कार्यक्रमलाई विभिन्न संघ–संस्था तथा मिडिया पार्टनरको सहयोग प्राप्त रहेको छ । सौन्दर्य क्षेत्रमा रुचि राख्नेहरूका लागि यो एक्स्पो ज्ञान, व्यापार र ट्रेन्ड बुझ्ने महत्वपूर्ण प्लेटफर्म बनेको आयोजकले जनाएको छ । एक्सोपोको उद्घाटन बरिष्ठ र्सान्दर्यविद् कमला श्रेष्ठले गरेकी थिइन् ।