Successfully Copied

ठमेलमा ‘द भिगन किचेन’ रेस्टुराँ सञ्चालनमा

यहाँ सेटन बि¥यानी, मिन्ची बि¥यानी, स्टिक बि¥यानी, छोयला, मम, भिगन सिजलर, थाली लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टी, सोया टी, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि यस रेस्टुराँको मेनुमा उपलब्ध छन् ।

 काठमाडौंको ठमेलमा ‘द भिगन किचेन’ रेस्टुराँ सञ्चालनमा आएको छ । उपसभामुख इन्दिरा रानामगर, (रेष्टुरेन्ट एण्ड बार एशोएिशन रेबान) का अध्यक्ष संघर्ष बिष्ट, पर्यटन व्यवसायी तथा गीतकार देवेन गिरी र नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्काले रिबन काटेर संयुक्त रुपमा यस रेस्टुराँको उद्घाटन गरेका छन् ।

चार जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको ‘कल्चरल शो’ हेर्न सकिने यो नेपालकै पहिलो रेस्टुराँ भएकोले बताएका छन् ।  यहाँ सेटन बि¥यानी, मिन्ची बि¥यानी, स्टिक बि¥यानी, छोयला, मम, भिगन सिजलर, थाली लगायत अन्य परिकारहरुको स्वाद लिन सकिन्छ । यस्तै हर्बल टी, सोया टी, भिगन लस्सी, पिच भ्यानिला लस्सी, लगायत पेय पदार्थ पनि यस रेस्टुराँको मेनुमा उपलब्ध छन् । डेजर्टमा सेनामन रोल र आइस क्रिमको स्वाद लिन सकिन्छ ।

 द भिगन किचेनको सजावट विशेष र आकर्षक खालको छ । भित्ताहरुमा आकर्षक मिथिला चित्रकथा हेर्न सकिन्छ । यहाको सजावट गाउँको झझल्को दिने खालको छ । नेपालमा पछिल्लो समय मानिसहरु भिगनप्रति आकर्षित हुँदै गरेको सन्दर्भ कोट्याउँदै सञ्चालक मध्येकी एक प्रतिमा श्रेष्ठ भन्छिन्, ‘माछा, मासु र दुधमा जति प्रोटिन पाइन्छ, त्यति नै प्रोटिन भिगनका परिकारमा पाइन्छ ।’ 

रेस्टुराँको मेनु पनि तुलनात्मक रुपमा महंगो नभएको श्रेष्ठको भनाइ छ । भिगनका विभिन्न परिकारहरुका साथै यहाँ नेपालको मौलिक संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत, संगीत सुन्न र हेर्न सकिन्छ । यस्तो प्रकारको रेस्टुराँ नेपालमै पहिलो भएको प्रतिमाले बताइन् । प्रतिमा श्रेष्ठ, राजु शाह, सुनिल श्रेष्ठ र मेलिना राई चार जना सञ्चालक रहेको यस रेस्टुराँले सुरुवातमा १२ जनालाई रोजगारी प्रदान गरेको छ।

 Image