न्यु मिडियाका चुनौतीका बारेमा सम्पादकसँग छलफल
प्रेस काउन्सिल नेपालद्वारा भक्तपुरमा आयोजित न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रम सम्पन्न भयो ।

एकै सिजनमा तेस्रोपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी आरोही पूर्णिमा श्रेष्ठ काठमाडौं फर्केकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
सगरमाथा आरोहणका हिसाबले यो उनको चौंथो आरोहण हो । यससँगै एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला बनेकी छन् ।
उनले यसअघि यही सिजनको मे १२ दोश्रोपटक र मे १९ मा तेश्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । गोरखाको आरुघाट गाउपालिका–१० की श्रेष्ठले विश्वका दर्जनाौ हिमशिखर आरोहण गरिसकेकी छन् ।
तस्बिरहरुः प्रकाशचन्द्र तिमिल्सेना