Successfully Copied

प्रीतिको ‘चुटुक्क’ सार्वजनिक

नेपाल वेद विद्याश्रमका पाँच वटुकको स्वस्ति वाचनबाट सुरू भएको कार्यक्रममा साहित्यकार एवं मुक्तककार प्रीति आत्रेय ज्ञवालीको मुक्तक संग्रह ‘चुटुक्क’ सार्वजनिक भएको छ । राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको थियो ।


नेपाल वेद विद्याश्रमका पाँच वटुकको स्वस्ति वाचनबाट सुरू भएको कार्यक्रममा साहित्यकार एवं मुक्तककार प्रीति आत्रेय ज्ञवालीको मुक्तक संग्रह ‘चुटुक्क’ सार्वजनिक भएको छ । राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको थियो । कार्यक्रमको मञ्चमा सबै नारी मात्र उपस्थत थिए । पुस्तक सर्जक प्रीति आत्रेय ज्ञवाली, प्रमुख अतिथि डा. रेणुका सोलु, समीक्षक कल्पना काफ्ले, सभापति ममता मृदुल एवं अतिथिको आसनमा सर्जककी माता आर्या आत्रेय गरी पा“च नारी अवस्थित मञ्चमा, कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकोटी चौघरेबाट भएको थियो ।

वटुकहरूबाट मन्त्राचरण र स्वस्तिवाचन गरी प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन एवं सबै मञ्चासीन व्यक्तित्वबाट प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथीको फोटोमा पुष्प अर्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । त्यसमा सबै मञ्चासीन व्यक्तित्वबाट एवं प्रा.डा.अलका आत्रेय चूडाल, श्री बाबुराम ज्ञवाली र प्रशस्ति ज्ञवालीबाट पुस्तक सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, प्रा.डा.भागवत ढकाल, प्रा.डा.अलका आत्रेय चूडाल, बमबहादुर थापा जिताली, डा.सीता सुवेदी पन्थी आदि वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । समीक्षक कल्पना काफ्लेले कृतिबारे आफ्ना अवधारणा प्रस्तुत गरेकी थिइन् भने प्रमुख अतिथि डा.रेणुका सोलुले मुक्तकभित्र लुकेका भाव र अभिव्यक्तिहरूको चर्चा गरेकी थिइन् ।
ज्ञवालीको यसअघि ‘अनुभूतिको इन्द्रेनी’ नामक कविता संग्रह सार्वजनिक भइसकेको छ । उनका गीतहरू ‘आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५)’ र ‘तिमी मेरो पूजा (प्रणय गीत २०७७)’ युट्युबमार्फत प्रसारित छन् । उनका धेरै लेख–रचनाहरू प्रकाशित भइसकेका छन् । हाल कम्बोडियामा रहेकी आत्रेय प्रवासमा रहेर साहित्यस“गै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवामा क्रियाशील छिन् । उनी नेपालकै प्रथम नारी राशिफल लेखिका पनि हुन् । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहेकी उनको पछिल्लो कृति ‘चुटुक्क’ समूहको नवौं कृतिका रूपमा सार्वजनिक भएको हो ।

 Image