निर्भीक नारी प्रदेशमा सम्पन्न
‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित विश्वभर ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको थियो ।

सरकारले दिवा खाजा कार्यक्रममा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएको छ ।
आगामी आर्थिक वर्ष २०८० र ८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको दिवाखाजामा विद्यार्थीलाई जंकफुड दिन नपाइने बताएका हुन् ।
उनका अनुसार स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार दिने व्यवस्था मिलाइने भएको छ ।
दिवाखाजा कार्यक्रम निरन्तरताका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजन गरेको छ । यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताइएको छ ।