Successfully Copied

इन्द्रमायाको शताब्दी यात्रा

ज्योतिष, वेद एवं पुराण आदि विषयकी ज्ञाता १०१ वर्षीया इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ पुस्तक सार्वजनिक भएको छ ।


ज्योतिष, वेद एवं पुराण आदि विषयकी ज्ञाता १०१ वर्षीया इन्द्रमाया पौड्यालको ‘शताब्दी यात्रा’ पुस्तक सार्वजनिक भएको छ । उनले बर्मा (हालको म्यानमार) देखि बेलायत हुँदै नेपाली समाजमा भोगेका जीवन संघर्षका वास्तविकताहरू पुस्तकमा समेटेकी छन् ।


हालै राजधानीमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा नेतृ डा. विन्दा पाण्डेले ‘शताब्दी यात्रा’ मा उल्लेख गरिएका परम्परागत समाजमा महिलाहरूले झेल्नुपरेका संघर्षका कथा भावी पुस्तालाई प्रेरणादायी हुने बताइन् ।
त्यसैगरी, वरिष्ठ पत्रकार युवराज घिमिरेले ज्येष्ठ नागरिकका हरेक अनुभूतिहरू नयाँ पुस्ताका लागि ज्ञानका भण्डार हुने हुँदा त्यसको संरक्षण गरिनुपर्ने बताए । उनले ‘माता’ इन्द्रमाया आत्मविश्वासले भरिएकी निडर महिला भएको समेत बताए ।



कार्यक्रममा पण्डित नरहरि निरौला, ओझराज लोहनी, चिन्तामणि योगी, ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधान, ऋतुराज सापकोटा लगायतले लेखक इन्द्रमायाको कृतिले तत्कालीन समाजको चित्रण गरेको बताए ।



पुस्तककी सम्पादन पत्रकार शुभेच्छा विन्दु तुलाधरले समाजमा आमाहरूले गरेका संघर्षका इतिहास लेखिनुपर्ने औंल्याइन् । लेखक इन्द्रमायाले विश्वका विभिन्न मुलुक पुगेर गरिएका जीवन संघर्षका कथा सार्वजनिक गर्न पाएकोमा अत्यन्त खुसी लागेको बताइन् ।

 Image