Successfully Copied

अल ब्रिड च्याम्पिएनसिप डग सो

प्रतियोगितामा कुकुर कतिको स्वस्थ छ, कतिको आज्ञाकारी छ, सही पालनपोषण गरिएको छ वा छैन जस्ता कुराको मूल्यांकन गरिएको थियो ।


केनल क्लब अफ नेपाल (केसिएन) ले ‘अल ब्रिड च्याम्पिएनसिप डग सो’ आयोजना गरेको छ । ललितपुरस्थित सातदोबाटो स्वीमिङ पुलमा उक्त डग सो आयोजना भएको हो ।
नेपालमै पहिलो पटक ‘अल ब्रिड च्याम्पिएनसिप डग सो’ भएको हो । यसअघि डग सो भएता पनि सबै प्रजातीका कुकुरहरुबीच बेग्ला बेग्लै प्रतियोगिता भने पहिलो पटक आयोजना गरिएको आयोजक संस्थाको अध्यक्ष प्रविन बज्राचार्यले बताए ।
प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले आ–आफ्नो विशेषतअनुरुप आफ्नो कौशल प्रस्तुत गरेको थियो । प्रतियोगितामा करिब तीन दर्जन प्रजातिका कुकुर सहभागी भए । प्रतियोगितामा १२ बर्ष मुनिका बालबालिकालाई ‘बेस्ट ह्यान्डलर चाइल्ड’ अवार्डसमेत दिइएको थियो ।

प्रतियोगितामा कुकुर कतिको स्वस्थ छ, कतिको आज्ञाकारी छ, सही पालनपोषण गरिएको छ वा छैन जस्ता कुराको मूल्यांकन गरिएको थियो । डा. वीएस रवि र डा. विनोदकुमारले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।
‘डग सो’ बाट कुकुर च्याम्पिएन भएपछि वर्ल्ड केनल युनियनमा आवद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पिएनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पिएनको बच्चा अन्य कुकुर भन्दा मंहगो शुल्कमा बिक्री हुन्छ । 

 Image