वसन्तको ‘मोम्चो’
चेपाङ गाउँ पहाडी पाखा–पखेराहरूमा छन् । शिक्षामा उनीहरू पछाडि छन् । कम उमेरमा विवाह गर्छन् । भरपर्दो पेसा वा व्यवसाय हुँदैन । त्यसैले उनीहरू अनेकौं समस्याले घेरिएका छन् ।
संग्रहमा एउटा कथा छ–‘कुटी नम्बर २००’ । देवघाटमा मानिसहरू स्नान गर्न मात्रै आउँदैनन् । कुटी बनाएर धार्मिक परिवेशमा जीवन बिताउने चाहनाले पनि धेरै म्ाँनिस यहाँ आउँछन् । यसमा एकजना पत्रकारले त्यहाँको कुटीमा बस्ने महिलाको कथा–व्यथालाई पस्केका छन् । तर, यसको कमजोरी के छ भने कथा उधिन्ने पत्रकारको चरित्र निकै निम्छरो बनाइएको छ । पत्रकार ‘स्कुप’ मार्ने दाउमा छन् । त्यसैले नदीमा नुहाउन आएका महिलाहरूसँग नुहाउँदा–नुहाउँदै कुराकानी सुरु हुन्छ । स्कुप मार्ने हतारोमा पत्रकार देखिएका छन् ।
चेपाङ गाउँ पहाडी पाखा–पखेराहरूमा छन् । शिक्षामा उनीहरू पछाडि छन् । कम उमेरमा विवाह गर्छन् । भरपर्दो पेसा वा व्यवसाय हुँदैन । त्यसैले उनीहरू अनेकौं समस्याले घेरिएका छन् । ‘मोम्चो’ मा वसन्तले यही विवरणलाई टिपेका छन् । कथाका मुख्य पात्र छन् गोरे र मंगली । सानै उमेरमा म¨लीको गोरेसँग विवाह हुन्छ । चेपाङ गाउँमा प्रायः यस्तै हुन्छ । तर, छोराछोरी जन्मिएपछि गोरेले धोका दिन्छ । त्यसपछि म¨लीले ‘ठूले’ को साथ रोज्छे । तर ठूले पनि म¨लीको दुःखको साथी बन्न सक्दैन । ऊ अँध्यारो रातमा एक्लै बाटो लाग्छे ।
ऊ गोरेलाई छोडेपछि अलपत्र परेर अनाथालयतर्फ लागेका सन्तानको खोजीमा निस्कन्छे । यो मंगलीले गरेको विद्रोह हो । अँधेरी रातमा सन्तान खोज्न एक्लै हिँड्ने मंगलीमा पलाएको आँटले चेपाङ समुदाय अब परिवर्तनको दिशामा छ भन्ने सन्देश दिन्छ । कथाको अन्त्य सन्देशमूलक र सुखद हुन्छ । तर, चरित्र चित्रणमा यहाँ पनि प्रशस्तै कमजोरी छ । सिंगो चेपाङ गाउँ यो कथाको एउटा पात्र जस्तै हुनुपर्छ । किन कि चेपाङ समुदायको आफ्नै विशेषता बोकेको भूगोल, संस्कार, रहनसहन र दैनिकी छ । आफ्नै वातावरण छ ।‘मोम्चो’ मा चेपाङ भाषाका शब्दहरू छन्, संवादहरू छन् । यति मात्रै नभएर एकाध संस्कारहरू पनि छन् । तर यति हुँदाहुँदै पनि उनीहरूको भूगोलको रंग र दिनचर्याको संकेत कथामा समेटिन सकेको छैन । यद्यपि सन्देशका हिसाबले यो कथा सशक्त बनेको छ । खँदिलो तरिकाले बिट मार्ने काम भएको छ ।
‘जिजीविषा’ कथामा माडी क्षेत्रको चित्रणमा त्यस्तै समस्या छ । माडीको वर्णन राम्रोसँग नभएको कथामा अमेरिकाको समेत चर्चा छ । विषयका हिसाबले ‘शंका’ पनि दह्रो कथा हो । परिवार नियोजनसँग जोडिएको प्राविधिक विषयलाई नबुभ्mदा श्रीमान्–श्रीमतीबीच बढेको दूरी र खटपट अनि मिलन यो कथामा छ । स्थायी परिवार नियोजन गरेको दशकौंपछि पनि सन्तान हुन सक्ने सम्भावनाको चर्चा छ यसमा । कथाको परिवेश आधुनिक समाजको छ । समय पनि तत्कालीन जस्तो देखिन्छ । किन कि कोरोनाको कुरा पनि त्यहाँ छ ।
तर यो कथामा समस्याको समाधानमा समाज जुटेको भन्ने छ । सहर–बजारमा अहिले पारिवारिक समस्यामा समाज जुटेर सामाधान निकाल्ने चलन हराएको हेक्का कथाकारले राख्नुपर्ने हो । यो समस्यामा कानुनी उपाय नखोजे पनि विज्ञको विषय भएको हुँदा त्यही तरिकाले हल खोज्नेतर्फ लाग्नुपर्ने थियो । नबिर्सेको प्रेममा अन्तरजातीय विवाहको विषय समेटिएको छ । तर यो कथामा छोरी जन्मिएपछि लोग्ने टाढा भएको कुरा आउँछ । तर एक दिन अस्पतालमा भर्ना भएको त्यही बाबुले फोन गर्दा छोरी दौडेर पुगेको प्रसंग छ । बाबुछोरीबीच पछि कसरी प्रेम मौलायो ? त्यस बारेमा केही भनिएको छैन ।
बक्ररेखा, आधुनिक प्रेमोपहार, हठ, नबिर्सेको प्रेम, बेइमानी, दोधार, बेचिएको मातृत्वजस्ता कथाहरू पनि विषयका हिसाबले उपयोगी र नौला छन् । तर कथामा समस्या देखाउँदै कथाकारले समाधानका उपायहरू खोज्दा पात्रहरूको मनोभावनालाई, अवस्थालाई ख्याल गरेर होइन कि आफूले बुझेको केही ज्ञानलाई जोडेका छन् । समस्याका कारणहरू, परिणामहरू पनि त्यसरी नै प्रस्तुत गरेका छन् । जस्तै ‘आधुनिक प्रेमोपहार’ मा विवाहेतर सम्बन्धको विषय छ । एकजना युवकले चार–पाँचजना महिलासँग यौन सम्बन्ध राखेर सम्पत्तिजोडेका छन् ।
तर यो कथा एचआईभी एड्सको सन्दर्भ ल्याएर टुंग्याइएको छ । एकभन्दा बढीस“ग यौन सम्पर्क गर्नेलाई एचआईभीबाहेक अरु केही समस्या नै आउँदैन भन्ने बुझाइले कथा टुंग्याइएको छ । यसमा फरक–फरक पात्रका मनोदशाहरूलाई समेट्न सकेको भए कथा पूर्ण हुने थियो । कथाहरूमा नारी पात्रलाई सशक्त रूपमा उभ्याउन खोजिएको छ । तर संग्रहका कुनै कथामा नारी पात्रले आत्महत्या गर्छिन्, कतै सौन्दर्य रक्षाका लागि सन्तान नजन्माउने हठ राखेको देखिन्छ । कतै अमेरिका पुगेकी युवतीले चिनचान हु“दै गरेको व्यक्तिले दिएको पा“च सय डलर स्वाट्टै समाएको पाइन्छ ।
यो कथासंग्रहलाई प्रा.डा. गोविन्दराज भट्टराईको भूमिकाले गहकिलो बनाएको छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्