Successfully Copied

भरतमणि पौडेल, विजेता, कमेडी च्याम्पियन

च्याम्पियन नै हुन्छु भनेर त साचेको थिइन । तर सोमा बेस्ट र केही फरक कन्टेन्ट दिने प्रयास गरेको थिएँ । उपाधि जित्दा भावुक पनि भएँ । 

कमेडीमा कसरी प्रवेश गर्नुभयो ?

कमेडीप्रति मेरो सानैदेखिको रुचि हो । सानैदेखि नै कमेडी गरिरहन्थें । एसएलसीपछि भने गाउँमा अलि सक्रिय भएर लाग्न थालें । 

कमेडी च्याम्पियनसम्म कसरी आइपुग्नुभयो ?

मलाई कमेडीमा रुचि थियो । आफ्नो प्रतिभा निखार्ने राम्रो स्टेजको पर्खाइमा थिएँ । प्रतिभा निखार्नका लागि च्याम्पियनको स्टेजसम्म आइपुगें । 

कमेडी च्याम्पियन हुन्छु भनेर सोच्नुभएको थियो ?

च्याम्पियन नै हुन्छु भनेर त साचेको थिइन । तर सोमा बेस्ट र केही फरक कन्टेन्ट दिने प्रयास गरेको थिएँ । उपाधि जित्दा भावुक पनि भएँ । 

पूर्वयुवराज पारसको अभिनयले चर्चित बनायो है ?

चर्चित भन्दा पनि यो अभिनय सबैले मन पराइदिनुभयो । सबैतिरबाट प्रशंसा पनि पाएँ । 

उहाँलाई भेट्नुभयो भने के भन्नुहुन्छ ?

पहिले त म आफ्नो अभिनयबारे सोध्छु । उहाको दैनिकी कसरी चलिरहेको छ, बुझ्छु । अहिले उहाँलाई भेट्दा यही नै भन्छु भन्ने योजना बनाइसकेको छैन । सामान्य कुराकानी हुन्छ होला । 

आगामी दिनमा कत्तिको चुनौती देख्नुहुन्छ ?

चुनौती त छ नै । दर्शकहरूको अपेक्षा पनि बढी नै छ । उहाँहरूको इच्छानुसारको प्रस्तुति दिनुपर्ने हुन्छ । दर्शकलाई हँसाउँदै आफू अघि बढ्न धेरै मेहनत गर्नुपर्ने हुन्छ ।

 Image