Successfully Copied

युवापुस्ताकी प्रतिनिधि 

मूर्तिकलाका लागि ठूलो ठाउँ र लामो प्रक्रिया हुने भएकाले धेरै महिला कलाकार निरन्तरता दिन नसकेको उनको अनुभूति छ । उनी भन्छिन् –‘हतारिनेहरू मूर्तिकलामा लाग्न सक्दैनन् । धैर्य र मेहनत छ भनेचाहिँ परिणाम राम्रो आउँछ ।’

बच्चैदेखि यसको सिर्जनशील दिमाग छ भन्ने सुन्दै हुर्केकी हुन्,–सजल शिवाकोटी । घरमा फालिएका कागजका बाकस र अनावश्यक कागज टिपेर संगाल्ने उनको बानी थियो । उनी ती कागजलाई ‘ब्युटिफाई’ गरी कार्ड, फ्रेम र डेकोरेसन पिसहरू बनाउँथिन् । आमाबुवासँग घुम्न जाँदा राणाकालीन मूर्ति तथा शालिक टक्क अडिएर हेर्थिन् र कसरी बनाएको होला भनेर अचम्मित हुन्थिन् ।

सजल स्कुलमा लामो छुट्टी हुँदा चित्रकलाका कक्षा लिन्थिन् । चित्रमा रमाउने सजललाई थ्रिडी फर्म अर्थात् छुन र महसुस गर्न मिल्ने कलाले आकर्षित गथ्र्यो । उनी आफू भने संकलन गरेको माटोबाट गणेश र पुतलीहरू बनाउँथिन् । साथीहरूलाई जन्मदिनको उपहार दिन्थिन् । घर सर्ने बेला आफैंले बनाएको गणेशको मूर्ति पूजा गरेर सरेको घटना उनका लागि अविस्मरणीय छ । 

एसएलसीमा राम्रो अंक आएपछि विज्ञान पढ्ने दवाव भएकाले बायोलोजी विषय छानिन् । स्नातकमा भने इन्फर्मेसन टेक्नोलोजीमा स्कोप छ भनेर इन्फरमेसन म्यानेजमेन्ट पढिन् । कलाको तृष्णा उनको मनमा भएपनि स्नातकसम्म परिवार र समाजको चाहनामा चलिन् । त्यसपछि उनले आफ्नो निर्णय आफैं लिइन् र सेरामिक्स आर्टका कक्षा लिन थालिन् । सेरामिक्स सिक्दा–सिक्दै उनलाई मूर्ति सिक्ने रहर जाग्यो ।

कलाकार गुरु कलाप्रेमी श्रेष्ठले विजय महर्जनसँग सिक्ने चाँजो मिलाइदिए । उनी अहिले विजयकै मूर्ति प्रोजेक्टहरूमा काम गर्छिन् । ‘यति’को प्रोजेक्टमा उनी सुरुदेखि नै संलग्न थिइन् । साथै मिस नेपालको अर्नामेन्टमा पनि विजय महर्जनसँग काम गरेको अनुभव छ । 

मूर्तिकलाका लागि ठूलो ठाउँ र लामो प्रक्रिया हुने भएकाले धेरै महिला कलाकार निरन्तरता दिन नसकेको उनको अनुभूति छ । उनी भन्छिन् –‘हतारिनेहरू मूर्तिकलामा लाग्न सक्दैनन् । धैर्य र मेहनत छ भनेचाहिँ परिणाम राम्रो आउँछ ।’ ठूला मूर्ति बनाउन एकैजनाबाट सम्भव नहुने भएकाले सामूहिक कार्य जरूरी रहेको उनी बताउँछिन् । 

 Image