Successfully Copied

वाद्यवादनमा युवापुस्ता

अहिलेको पुस्ता इन्टरनेटको भँगालोमा भुल्दै गएका बेला राम्रा नेपाली स्रष्टाका संगीत पनि युट्युबमा राख्दै जानुपर्ने धारणा छ, सिर्जना कलेज अफ आर्टमा पढ्दै गरेकी सजना शर्माको । युट्युबमा गीतहरू सुन्दा जोकोहीलाई गायक–गायिका, वाद्यवादक हुने रहर हुन्छ ।

अहिलेको पुस्ता इन्टरनेटको भँगालोमा भुल्दै गएका बेला राम्रा नेपाली स्रष्टाका संगीत पनि युट्युबमा राख्दै जानुपर्ने धारणा छ, सिर्जना कलेज अफ आर्टमा पढ्दै गरेकी सजना शर्माको । युट्युबमा गीतहरू सुन्दा जोकोहीलाई गायक–गायिका, वाद्यवादक हुने रहर हुन्छ ।

काठमाडौं विश्वविद्यालयमा संगीत पढिरहेकी मान्यता अर्याल भारतीय बाँसुरीवादक रसिका शेखरझैं औंलाहरूले धुन गुञ्जाउन चाहन्छिन् । हरेक बिहान युट्युबमा रसिकाको बाँसुरीको धुन सुन्ने उनी नेपालमा पनि यस्तै महिला वाद्यवादक आए युवापुस्तामा संगीतप्रति अझै चाख बढ्ने सोच राख्छिन् । उनको लक्ष्य पनि त्यस्तै छ, राम्रो वाद्यवादक बनेर चिनिने । तर रहर गर्दैमा त्यो पूरा हुन्छ भन्ने होइन । मान्यता भन्छिन्, ‘सोचेभन्दा धेरै कठिन विधा रहेछ, संगीत ।’

अहिलेको पुस्ता इन्टरनेटको भँगालोमा भुल्दै गएका बेला राम्रा नेपाली स्रष्टाका संगीत पनि युट्युबमा राख्दै जानुपर्ने धारणा छ, सिर्जना कलेज अफ आर्टमा पढ्दै गरेकी सजना शर्माको । युट्युबमा गीतहरू सुन्दा जोकोहीलाई गायक–गायिका, वाद्यवादक हुने रहर हुन्छ । श्रव्यदृश्य हाबी भइरहेको समाजमा कभर गीत, संगीत गर्ने, युट्युब च्यानल बनाउने र भाइरल हुने नितान्त रमाइला पक्षमा धेरै युवाहरू भुलेका छन् । यसप्रकारको गीत–संगीतले नेपाली संगीतलाई माथि नउठाउने धारणा बाँसुरीवादक जीवन आलेको छ । अहिलेको पुस्ता आजको भोलि नै रिजल्ट खोज्ने प्रवृत्तिको भएकाले नै युवापुस्तामा गम्भीर सर्जक आउन नसकेको बाँसुरीवादक आलेको अनुभव छ । 

संगीतलाई साधना ठानेर लाग्नेहरू निकै कम हुनु संगीत क्षेत्रका लागि राम्रो होइन, भन्छन्, इसराजवादक सन्तोष भक्त श्रेष्ठ । उनी राज्यले पनि राम्रो संगीतको संरक्षण गर्दै जानुपर्ने ठान्छन् । ‘अन्यथा अबको पुस्ता कभरसङमै रमाउन थाल्ने हो कि भन्ने चिन्ता लाग्छ’, श्रेष्ठ भन्छन् । उनी आफूसँग सिक्न आउनेलाई राग र साधनाकै कक्षामा केन्द्रित गरिरहेको बताउँछन् । उनीसँग सिकिरहेका जया घिमिरे र स्वधा पौडेल दुवै किराँतेश्वर संगीत आश्रमको प्रतियोगितामा प्रथम भए । यी दुई पात्र भाग्यमानी पनि छन् । जसलाई सानैदेखि आमाबुवाले संगीत कक्षामा कुरेर सिक्ने अवसर जुटाइदिए । भविष्यमा जे बने पनि संगीतलाई साथै लानुपर्छ भन्ने अभिभावकका कारण यिनीहरू अहिले पूर्वीय शास्त्रीय वादनमा लाग्दैछन् । जयाको लक्ष्य डाक्टर बन्ने छ तर आफ्नो भ्वाइलिनप्रतिको रुचि उनी कहिल्यै कम हुन नदिने सोचमा छिन् । उनले किराँतेश्वर, जयश्री संगीत तथा यलमायामा एकल प्रस्तुति दिइसकेकी छिन् । जया र स्वधा पूर्वीय संगीत सिक्दै गरेका प्रतिनिधि पात्र हुन् । चार दशकदेखि विभिन्न बाजा सिकाउँदै आएका गुरु मोहनप्रसाद जोशी उमेरले ७० काटे पनि जाग्दो जोशमा बालबालिका र युवापुस्तालाई तबला, सरोद, भ्वाइलिन, जलतरंग, सितारलगायत बाजा सिकाइरहेका छन् । जोशीसँग सिकिरहेकी मितिशा शाक्य क्लासिकल धुनमा सरोद बजाउनमा रमाउँछिन् ।

हुन त सहरका प्राय: विद्यालयमा अनिवार्य संगीत कक्षा हुन्छन् । जहाँ मुख्यतया पश्चिमा बाजा गितार, किबोर्ड, भ्वाइलिन, ड्रम आदिका कक्षा हुन्छन् । कतिपय विद्यालयमा भने सारंगीका कक्षा पनि राख्न थालिएको छ । तर स्कुलमा सिकेको भरमा गायक–गायिका, वाद्यवादक पक्कै बनिँदैन । ती कक्षाहरू वर्षमा एकपटक हुने विद्यालयको वार्षिकोत्सवमा स्टेजका लागि तयारीकै लागि मात्र हुन्छन् ।

भ्वाइलिनको अर्केस्टा लेडिज ब्यान्ड केएसइ गल्र्स क्वार्टेटेटका फोबी श्रेष्ठ, इभा महर्जन, अभिभ्सा न्यौपाने र सविना महर्जन विद्यालयकै संगीत कक्षाबाट वाद्यवादनतिर आकर्षित भई त्यसैमा निरन्तरता दिए । फोबीले विद्यालयबाट हेरिटेज क्याम्पमा जाँदा पहिलोपल्ट भ्वाइलिन देखेकी हुन् । त्यहाँ केही दिन भ्वाइलिनको कक्षा लिएपछि उनी त्यसप्रति क्रेजी भइन् । दुई वर्षपछि कक्षा ९ मा पढ्दा मात्रै उनले बुवाबाट जन्मदिनको उपहारस्वरूप भ्वाइलिन पाइन् । फोबीको जीवनमा त्यो दिन अमूल्य रह्यो । एक वर्ष उनले सा, प मात्रै बजाएर बिताइन् ।  सोच राम्रो भए सबै राम्रो हुन्छ भन्ने उनको सोच थियो । एक वर्षपछि ११ मा पढेपछि मात्रै गुरुसँग भ्वाइलिन सिक्न जाने मौका पाइन् । उनीसँग इभाले पनि भ्वाइलिन सिकिन् । अर्केस्टामा बजाउँदा–बजाउँदै इभालाई चेलोप्रति रुचि बढ्यो । इभा अहिले ब्यान्डसँग चेलो बजाउँछिन् । उनीहरू जस्तै सविनाले पनि ६ कक्षादेखि भ्वाइलिन सिकेकी हुन् । दसैंमा टेलिभिजनबाट भ्वाइलिन अर्केस्टाको दसैं धुन सुनेपछि उनको भ्वाइलिनप्रति गहिरो माया बस्यो । उनको भ्वाइलिनप्रतिको प्रेम देखेर अभिभावकले वरिष्ठ भ्वाइलिनवादक हरिप्रसाद वैद्यसँग सिक्ने मौका जुटाइदिए । 

यही ग्रुपकी अभिभ्साले भने कक्षा ५ देखि विद्यालयमा भ्वाइलिन लिएर पढेकी हुन् । साथीहरूले झैं स्कुलपछि उनले भ्वाइलिन मोह त्यागिनन् । उनको व्यस्तता अर्केस्टा स्टेजमा र ब्यान्डका कार्यक्रममा व्यस्त छ । फोबी र सविनाको सीए बन्ने सपना थियो । अहिले उनीहरू सीए–सपना छाडेर भ्वाइलिनवादनमा रमाइरहेका छन् । यसैमा पेसेवर हुन सकिन्छ त ? फोबी भन्छिन्, ‘संगीतलाई साधनाका रूपमा लिएर निरन्तरता दियो भने नाम, दाम दुवै पाइन्छ ।’ अहिले यी चारै युवतीहरू गल्र्स पावरका रूपमा वाद्यवादनमा सक्रिय छन् । उनीहरूको क्रियाशीलता र प्रस्तुतिबाट युवापुस्ता नलोभिएला भन्न सकिँदैन ।

पश्चिमा संगीतमै रमाइरहेको अर्काे लेडिज ब्यान्ड हो, गोर्खाली गल्र्स ब्यान्ड । सात वर्षअघि धरान, हेटौंडा र दोलखाका पाँच युवती मिलेर यो ब्यान्ड खोलेका हुन् । त्यतिबेला भोकलमा गीता तामाङ, लिड गितारमा सुषमा घलान, बेस र भोकलमा सिसम राई, रिदम गिटारिस्टमा सविता थिङ र ड्रममा साङ्डोमा शेर्पा थिए । साङ्डोमा शेर्पा र सुषमा घलान गोर्खाली गल्र्समा अझै आबद्ध छन् । त्यसमा भोकलिस्ट रेनु स्याङ्बो र गिटारिस्ट इसिका विक ब्यान्डसँग पछि जोडिएका हुन् । रेनु भारतकी युवा बेस गिटारिस्ट मोहिनी डेबाट प्रभावित छिन् भने सुषमा गिटारिस्ट ओरियान्थी र लाउरा कक्सबाट प्रभावित हुन् । संगीतमा छिट्टै परिणाम खोज्नुभन्दा पनि निरन्तर लागिरहनु सफलताको सूत्र भएको ब्यान्डका सदस्यको साझा बुझाइ छ । संगीतमा लागेको मानिसले आजको भोलि रिजल्ट खोज्न नहुने र रातारात स्टार बन्न खोज्न नहुने उनीहरूको धारणा छ । 

वाद्यवादन बजाउनु विपश्यना ध्यानमा जानुभन्दा कडा साधना मान्छिन्, प्रथम महिला सरोदवादक रूपा न्यौपाने । न्यौपाने अहिलेका पुस्ताको हतारोमा चिन्तित छिन् । उनी सरोद सिक्दा ८–९ घन्टा नियमित अभ्यास गर्थिन् । आफ्नो बाजाप्रतिको लगाव सम्झँदा अहिलेका पुस्तामा आजको भोलि स्टार हुन हतारिने पक्ष राम्रो नभएको उनी बताउँछिन् । घरमै सरोद कक्षा लिइरहेकी रूपालाई उनीसँग सिक्न आउनेहरू कति दिनमा बजाउन सकिन्छ भनेर सोध्दा नाजवाफ हुन्छिन् । 

रूपासँग सरोद सिक्न आएकी नम्रता ढकालको एउटा प्रश्नले उनी सोच्न बाध्य बनिन् । नम्रताले सोधिन्, ‘हामीले यसरी सिकेर बजाउन चाहिँ कहाँ जाने ?’ हुन पनि युवापुस्ताका लागि स्टेज छैनन् । किराँतेश्वर, राममन्दिर, यलमायाबाहेक स्टेज पाउन हम्मे हुन्छ । त्यही भएर पनि वाद्यवादनतिर युवाहरूको आकर्षण नबढेको हो कि ? किनभने अहिलेको पुस्ता सोअफमा रमाउँछन् ।

सारंगीवादक किरण नेपालीले केही वर्षअघिदेखि प्रोजेक्ट सारंगीअन्तर्गत युवापुस्तालाई सारंगी सिकाइरहेका छन् । त्यहाँ थुप्रै महिला सारंगी सिक्न आइरहेका छन् । त्यहाँबाट विभिन्न कार्यक्रमसमेत आयोजना गरी, युट्युबमा अपलोड गरी युवापुस्तालाई सारंगीमा आकर्षित गरिरहेको पाइन्छ । पहिले गन्धर्व जातिको जातीय बाजाका रूपमा परिचित सारंगी अहिले विदेशमा पढ्न जानेसमेत सिकेर जाने गरेका नेपालीले बताए ।

 

 Image