Successfully Copied

विवाहका बारेमा सोचैकै छैन्

विवाह कहिले गर्ने ?  विवाह गर्ने कुरा त सोचेकै छैन ।

केकी अधिकारी

विवाह कहिले गर्ने ? 

विवाह गर्ने कुरा त सोचेकै छैन ।

दर्शकले केकीको रियल लाइफको जोडी देख्न कति समय कुनुपर्ला ?

भन्न सकिँदैन, यो लेखिएको कुरा हुँदोरहेछ, देखेर पनि नहुने, राइट टाइम आउला नि ।

लव म्यारिज होला कि एरेन्ज ?

(हाँस्दै) त्यो पनि भन्न सकिँदैन, भएकै बेलामा थाहा हुन्छ । 

फेसनमा कत्तिको रुचि राख्नुहुन्छ ?

धेरै राख्दिन, म त्यति फेसनेबल छैन । त्यही भएर पनि सबैभन्दा धेरै कमेन्ट आउने भनेकै मेरो पहिरनको कुरामा हो । मिलाएर लाउन जान्दिन भन्छन्, हुन पनि मलाई मिलाएर लाउन आउँदैन ।

लगाउन मनपर्ने पहिरन ?

फर्मल ड्रेसमा इभेन्ट छ भने साडी विशेष मनपर्छ । सामान्य अवस्थामा जिन्स–टिसर्ट क्याजुअल नै मनपर्छ ।

साडी लगाउन साथी त चाहिँदैन ?

साडी लाउन अहिले साथी चाहिँदैन, पहिले चाहिन्थ्यो, अहिले एक्लै सक्छु ।

परिकार खाने अनि बनाउने कुरामा कत्तिको रुचि छ ?

म भान्साको काममा एकदमै पछाडि छु । मलाई त्यति रुचि पनि नभएको होला, त्यसमा विस्तारै डेभलप गर्छु । 

दर्शकले तपाईंका बारेमा थाहा नपाएको कुरा केही छ ?

मलाई खाना खाँदा हरेक गासमा अचार चाहिन्छ ।

 

 Image