चङ्गाको इतिहास

त्रिचन्द्र प्रतीक्षा

आश्विन १७, २०७६

 

नेपाली बृहत शब्दकोषमा चङ्गाको शाब्दिक अर्थ ‘कागज वा कपडाको चारकुने टुक्रामा घुमाउरो पाराले एउटा र ठाडो एउटा सिन्काको फ्रेम हाली बनाइएको र धागो गाासेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल ।’ उल्लेख गरिएको पाइन्छ । नेपालभाषा (नेवारी) मा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चङ्गाको अंग्रेजी नामचाहिा ‘काइट’ नाम गरेको चराबाट नामाकरण गरिएको मानिन्छ ।

 

चङ्गाको आविष्कार गौतम बुद्ध जन्मनुभन्दा ४/५ सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । किंवदन्ती अनुसार चौथो शताब्दीमा एैंरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेका थिए । तर चौथो शताब्दीभन्दा अघि नै एसियाका निवासीहरूमा चङ्गा उडाउने खेल पर्याप्त लोकप्रिय भएको मानिएको छ । चीनलाई चङ्गाको आविष्कारक मानिन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु–वानले काठ र बाासको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाएको कुरा उल्लेख छ । उक्त पुस्तकअनुसार गोङ्ग सु–वानको वास्तविक नाम ‘लु वान’ थियो भने उनी डुण्नु आङ्गका बासिन्दा थिए । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध (सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे । त्यही समयदेखि चङ्गाको जासुसी प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा तांग वंश (६१८–९०७) सम्म कायम रह्यो ।

चङ्गा उडाउनुलाई केवल मनोरञ्जन लिने तरिका मात्र हो भनेर सोच्नु गलत कुरा हो । विश्वभरिमा धार्मिक, सामाजिक तथा वैज्ञानिक कारणहरुबाट चङ्गा उडाउने चलन यद्यपि कायमै छ । चङ्गा उडाउनुलाई शुभ–सगुनका रुपमा पनि लिइन्छ युद्धको समय, माछा मार्नको लागि तथा अन्य रीतिरिवाज एवं प्रथाहरुमा यसको उपयोग हुन्छ । हामीकहाा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्तीअनुसार, वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिंदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने नेपाली जनविश्वास पनि रहिआएको छ ।

किंवदन्ती अनुसार चौथो शताब्दीमा एैंरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेका थिए । तर चौथो शताब्दीभन्दा अघि नै एसियाका निवासीहरुमा चङ्गा उडाउने खेल पर्याप्त लोकप्रिय भएको मानिएको छ । सन् १७५२ मा बेन्जामिन फ्यांकलीनले सबैभन्दा पहिले बादलमा पनि बिजुली हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए । सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) बााधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम गर्‍यो । 

बेलायतका ओलिभर तथा विलभर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । अर्का वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।

संसारमै सबैभन्दा पहिलो बनेको रेल हिंड्ने झोलुंगे पुल पनि चङ्गाकै सहायताबाट बनेको हो भन्ने भनाई छ । न्यूयोर्कमा चङ्गा उडाउने एक व्यक्तिले अर्को चङ्गा उडाउने व्यक्तिसित जोरी खोजेर चङ्गा उडाउादै जाादा उनको चङ्गा दुई सय पचास मिटर फराकिलो नाग्रा नदीपारि पुगे । त्यसपछि चङ्गालाई चुाडालेर धागोसँग त्यसभन्दा अलिक मोटो धागो बाँधियो र वारिपट्टि तानियो । एवंरितले एकपछि अर्को झन् बलियो डोरी तान्दातान्दै फलामे डोरीहरु तानियो र आखिरमा अमेरिका र क्यानाडाबीच संसारको सबैभन्दा पहिलो हिंड्ने झोलुंगे पुल बन्यो । विभिन्न देशहरुमा चङ्गाहरु विभिन्न शैली र प्रकारका भएपनि नेपाली चङ्गाहरु मौलिक भएको कुरा चङ्गा उडानमा विशेष रुचि राख्ने र नेपालका तर्फबाट अन्तर्राष्ट्रिय चङ्गा उडान प्रतियोगितामा भाग लिनु हुने निर्मलमान तुलाधरको भनाई रहेको छ । भारतीय चङ्गाहरुसँग केही हदसम्म मिले पनि हाम्रा चङ्गाहरुको बनौट प्रक्रिया अलि फरक छ । हामीकहाँ ‘डाइमन्ड सेप’का चङ्गाहरु नै बढी चलनचल्तीमा छन् । नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्दछ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्