Successfully Copied

बिनु भईन मिस गुरुङ  

मिस गुरुङ इन्टरनेसनल–२०१९ को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छिन् । राजधानीमा सम्पन्न प्रतियोगिताको यो तेस्रो संस्करणमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै बिनु यस वर्षकी मिस गुरुङ इन्टरनेसनल घोषित भएकी हुन् । मृगतृष्णा फेसन एन्ड प्रोडक्सनद्वारा आयोजित मिस गुरुङ इन्टरनेसनल–२०१९ को फाइनलमा १५ जना गुरुङ सुन्दरीले

मिस गुरुङ इन्टरनेसनल–२०१९ को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छिन् । राजधानीमा सम्पन्न प्रतियोगिताको यो तेस्रो संस्करणमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै बिनु यस वर्षकी मिस गुरुङ इन्टरनेसनल घोषित भएकी हुन् । मृगतृष्णा फेसन एन्ड प्रोडक्सनद्वारा आयोजित मिस गुरुङ इन्टरनेसनल–२०१९ को फाइनलमा १५ जना गुरुङ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । उक्त अवसरमा लमजुङकी आसिन गुरुङ फस्ट रनर्सअप तथा पोखराकी अञ्जु गुरुङ सेकेन्ड रनर्सअप घोषित भएका छन् । 

त्यस्तै, प्रतियोगितामा ‘अर्गनाइजर च्वाइज’ तथा ‘मल्टिमिडिया’ एवार्ड पनि प्रदान गरिएको थियो जसअन्र्तगत ‘अर्गनाइजर च्वाइज’ गोरखाकी गीता गुरुङले जितिन् भने ‘मल्टिमिडिया’ एवार्ड सुनसरी, तरहराकी मेरिजोन गुरुङले जितिन् । मिस गुरुङ इन्टरनेसनल–२०१९ का लागि एक सयभन्दा बढी युवती अडिसनमा सहभागी थिए । त्यसपछि टप–४० हुँदै टप–१५ जना फाइलनका लागि छनौट 

गरिएको थियो । 

 Image