Successfully Copied

कामकाजीहरूका लागि  स्मार्ट मेकअप

कामकाजी महिलाहरूसँग धेरै समय लगाएर मेकअप गर्ने समय हुँदैन । त्यसैले पार्टीहरूमा जाँदा कम समयमा आफूलाई तयार गर्नुपर्ने हुन्छ । अचानक पार्टीमा जानुपर्दा मेकअप गरेर जाने पर्याप्त समय मिल्दैन । मिलाएर गाजल र लिप ग्लस लगाउने हो भने पनि त्यसले ग्ल्यामरस लुक्स दिन्छ ।

कामकाजी महिलाहरूसँग धेरै समय लगाएर मेकअप गर्ने समय हुँदैन । त्यसैले पार्टीहरूमा जाँदा कम समयमा आफूलाई तयार गर्नुपर्ने हुन्छ । अचानक पार्टीमा जानुपर्दा मेकअप गरेर जाने पर्याप्त समय मिल्दैन । मिलाएर गाजल र लिप ग्लस लगाउने हो भने पनि त्यसले ग्ल्यामरस लुक्स दिन्छ । यो केही समयमै गर्न सकिने मेकअप हो ।

साँझको पार्टीमा जानु छ भने सबैभन्दा पहिले मोइस्चराइजर लगाउने अनि स्किन टोनसँग मिलाएर फाउन्डेसन लगाई फेस पाउडर दल्ने, त्यसपछि सेतो आइस्याडो लगाउँदा लुक्स फ्रेस देखिन्छ । अन्त्यमा गाजल, आइलाइनर र मस्कारा लगाउँदा मेकअप पूरा हुन्छ । गोरा महिलाहरूलाई रातो लिपिस्टिक बढी खुल्छ । आँखा सानो छ भने ठूलो देखाउन वाइट आई पेन्सिल प्रयोग गर्ने । ओठ सेपलेस भए लिपलाइनरले आउटलाइन कोरेर पर्फेक्ट सेप दिएपछि मात्र लिपिस्टिक लगाउने ।

 इन्स्टेन्ट ग्लोका लागि स्किन वाइटलाइजरलाई मोइस्चराइजसँग मिसाएर अनुहारमा लगाउने । आइब्रो सेपलेस भए अथवा पातलो भए आइब्रो पेन्सिल प्रयोग गरेर पर्फेक्ट लुक्स दिन सकिन्छ । आँखालाई आकर्षक लुक दिन डार्क ब्लु आई पेन्सिल प्रयोग गर्न सकिन्छ । सुक्खा ओठमा लिपिस्टिक लगाउनुअघि लिप बाम लगाउने र सोस्न दिने । त्यसपछि लिपिस्टिक लगाई फाइनल टच दिने । सुन्दरता निखार्न अनुहारको कुनै एउटा मेकअपलाई हाइलाइट गर्ने । जस्तो ओठमा डार्क कलरको लिपिस्टिक वा आँखामा डार्क रंगको आइस्याडो लगाउने ।

कामकाजीहरू हतारमा मेकअप गर्दा 

आफ्नो अनुहारमा भएको दाग, धब्बा लुकाउन फाउन्डेसन तथा कन्सिलर बढी प्रयोग गर्छन् । यद्यपि यसको प्रयोग धैर्यपूर्वक गर्नुपर्छ । बढी मात्रामा कन्सिलर र फाउन्डेसनको प्रयोगले हाइलाइटलाई ब्रेक मात्र गर्दैन यसले गर्ने असरको उपचार पनि हुन एकदमै असहज छ । त्यस्तै कुन कम्पनीको सामान प्रयोग गरिँदैछ त्यसका बारेमा बुझेर उचित मात्रामा प्रयोग गर्नुपर्छ । मेकअपका सामान प्रयोग गर्दा क्यामेडोजेनिक प्रोडक्ट्स प्रयोग गर्नुपर्छ ।

 

 Image