Successfully Copied

नेपाली महिला क्रिकेट टिमको घोषणा

थाइल्यान्ड हुने महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको हो । 

 थाइल्यान्ड हुने महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला क्रिकेट टिमको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय अन्तिम नामावली सार्वजनिक भएको हो । 

कप्तान रुविनासँगै उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी रहेका छन् । त्यस्तै, काजल श्रेष्ठ, रोमा थापा, कविता कुंवर डोली भट्ट ममता कुमारी चौधरी र विन्दु रावल पनि टिममा अटाएका छन् ।

वैकल्पिक खेलाडीमा रितु कुमारी कनुजिया, सुमन विष्ट र सब्नम राई रहेका छन् । प्रशिक्षकमा विनोद दास रहेका छन् भने टिम म्यानेजरमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेका छन् । नेपाली टिम जनवरी ११ मा थाइल्यान्ड प्रस्थान गर्दैछ ।

थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगितामा आयोजक थाइल्यान्डसँगै नेपाल, भुटान, हङकङ, इन्डोनेसिया, तान्जेनिया, एसएल नभ्य, कुवेत र नामिविया रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा १२ जनवरीमा तान्जेनियासँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै, दोस्रो खेलमा १४ जनवरीमा नामिविया, १५ जनवरीमा इन्डोनेसिया र समूह अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेट प्रतियोगिता आगामी फेबु्रअरी १८–२७ तारिखसम्म थाइल्यान्डले आयोजना गर्दैछ । 

 

 Image