Successfully Copied

पैसासँगको दैनिकी

अहिले वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । वित्तीय क्षेत्रमा राम्रो पारिश्रमिकका साथै सामाजिक प्रतिष्ठासमेत हुुुने भएकाले पनि यो महिलाहरूको रोजाइको क्षेत्र भएको छ । वित्तीय क्षेत्रलाई करियर बनाउने राम्रो प्लेटफर्मका रूपमा समेत लिइन्छ ।

अनुपमा खुन्जेली,

मेगा बैंक, कमलादी

अहिले वित्तीय क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको छ । वित्तीय क्षेत्रमा राम्रो पारिश्रमिकका साथै सामाजिक प्रतिष्ठासमेत हुुुने भएकाले पनि यो महिलाहरूको रोजाइको क्षेत्र भएको छ । वित्तीय क्षेत्रलाई करियर बनाउने राम्रो प्लेटफर्मका रूपमा समेत लिइन्छ । यस क्रममा हाम्रो जिज्ञासाको प्रमुख विषय थियो :

१.     वित्तीय क्षेत्रमा महिलाहरूको आकर्षण ।

२.     पैसाको बीचमा काम गर्नुपर्दा मनमा आउने भावना ।

अञ्जु पन्त, बैंक अफ काठमाडौं, कमलादी

१.    महिलाहरूको आकर्षण रहँदै आएको वित्तीय क्षेत्रमा पुुुरुषको तुलनामा महिलाको संख्या बढी पाइन्छ । भविष्य राम्रो भएकाले भोलिका लागि भनेर पनि महिलाहरू यो क्षेत्रमा आइरहेका छन् ।

२.    पैसाको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा आफैमा भर पर्छ । व्यक्तिगत रूपमा पैसा अपुुग भएको समयमा बैंकको पैसा देखेर कुुनै लोभ उत्पन्न हुँँदैन । बैंकमा भएको सबै पैसा अरूको हो । त्यो पैसालाई व्यवस्थापन गर्नुु, सेवाग्राहीलाई विश्वास दिलाउनुु नै हाम्रो काम हो ।

कुसुम पोखरेल, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, तीनकुुने

१.    अरू क्षेत्रको तुलनामा बैंकमा काम गर्न सहज छ । पैसा र सम्मान राम्रो भएकाले पनि यो क्षेत्र महिलाहरूका लागि उपयुुक्त मानिन्छ । काम गर्ने क्रममा कठिनाइ त जहाँ पनि हुुन्छ । यहाँ अरू क्षेत्रको तुलनामा बढी खटिनुुपर्छ ।

२.    यो पेसा भनेकै पैसा खेलाउने, चलाउने पेसा हो । त्यसबापत हामीले निश्चित पारिश्रमिक पाउँछौं । अफिसको पैसाप्रति हामी कर्मचारीहरू उत्तरदायी हुुनुुपर्छ र यही विश्वासमै यो क्षेत्र अघि बढ्ने हो ।

सुुम्निमा खड्का, सानीमा विकास बैंक, सूर्यविनायक

१.    अहिले बैंकिङ क्षेत्रको कार्यकारी निर्देशकमा समेत महिला पुगेको अवस्था छ । बैंकिङ क्षेत्र नाफामूलक मात्र नभई सेवामूलक व्यवसाय पनि हो । महिलाहरूले परिवार, अफिस सबै सम्हाल्नुुपर्ने भएकाले धेरै कुुरा मिलाउनुुपर्ने हुुन्छ । अहिले महिलाहरू करियरमा फोकस हुुन थालेका छन् । उनीहरू हरेक किसिमका चुुुनौती झेल्न तयार हुने गरेका छन् ।

२.    बैंकमा तलबबाहेक अन्य सुुविधा पनि हुने भएकाले पैसाको खासै अभाव हुुँदैन । कामको सिलसिलामा देखिने वा चलाइने पैसाप्रति हामीमा कुनै आकर्षण हुुँदैन । यदि आफूलाई आवश्यक परे बैंकबाटै पेस्की लिन सकिन्छ ।

प्रतिमा कोइराला,

विजय लघुुवित्त

१.    राम्रो आम्दानी र सामाजिक प्रतिष्ठा पनि हुुने भएकाले महिलाहरू बैंकिङ क्षेत्रमा सक्रिय छन् । महिलाहरूका लागि यो कार्य क्षेत्रलाई एकदमै सुुरक्षित कार्य क्षेत्रका रूपमा समेत लिइन्छ । बैंकमा तलबदेखि अन्य सुुविधासम्म सन्तोषजनक हुने भएकाले पनि साधारण जीवन यापन गर्न कुुनै समस्या हुुँदैन ।

२.    पैसाको अभाव भए बैंकबाट ऋण लिन सकिन्छ । बैंकको पैसा हाम्रो विश्वासका कारण हामीसम्म आइपुुगेको हो । हामीले त्यो पैसाको संरक्षण गर्न सक्नुुपर्छ । बैंकमा भएको पैसाप्रति हामीलाई कहिल्यै आकर्षण हुुँदैन । व्यतिmगत रूपमा पैसा कसरी चलाउने वा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सबैको आ–आफ्नै धारणा हुुुनसक्छ ।

अम्बिका जिसी, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, ब्रान्च मेनेजर, मंगलापुुर, रूपन्देही

१.    गृहिणीहरूलाई यो क्षेत्रमा काम गर्न सहज छ । मैले यो क्षेत्रमा काम गर्न थालेको ९ वर्ष भैसकेको छ । सानो रकमबाट बचत प्रारम्भ गर्न सकिन्छ । यसले गर्दा गृहिणी महिलाहरूको आर्थिक पक्ष सबल हुुन्छ । यसमा काम गर्न भने निकै कठिन छ । पैसा बटुुल्न सधै फिल्डमा खटिनुुपर्छ । फरक–फरक प्रवृत्तिका मानिसहरूसँग व्यवहार गर्नुुपर्दा कहिलेकाहीँ त दिक्कसमेत लाग्छ ।

२.    अफिसको पैसा आफ्नै हो भन्ने महसुुस हुुन्छ । आफूलाई आवश्यक परेका बेला जति बेला पनि ऋण लिन पाइन्छ जसले गर्दा व्यक्तिगत रूपमा पनि पैसाको अभाव हुुँदैन ।

सुष्मा प्रधान,

हीरा कोशी बचत, मैतीदेवी

१.    सन्तान जन्मिएपछि महिलाहरूलाई काम गर्न निकै गाह्रो हुुँदोरहेछ । घरको काममा अलमलिनुभन्दा पनि बाहिर केही गरांै भन्ने उद्देश्यले मैले लघुुवित्तमा काम सुुरु गरें । अहिले यसमा काम गर्न थालेको पनि दुुई वर्ष पुुगिसकेको छ । अझ यसमा फिल्डमा गएर काम गर्नुुपर्ने हुुन्छ जसमा जोखिम पनि त्यत्तिकै छ । फिल्डबाट पैसा जम्मा गरेर अफिस नपुुग्दासम्म मनमा डर भैरहन्छ । अरुबाट पैसा लिने काम एकदमै कठिन काम हो । समयमा पैसा नउठ्ने कारणले पनि एउटै ठाउँमा पटक–पटक गैरहनुुपर्छ ।

२.    अफिसमा आफूले चलाउने वा देखिने पैसाका बारेमा मनमा कहिल्यै कुुनै भावना आउँदैन । हामीले मासिक तलब पाउने हो । कहिलेकाहीँ कारोवार गर्दा पैसा अपुुग पनि हुुन्छ । त्यस्तो बेला उल्टै आफ्नै खल्तीबाट हालेर संस्थालाई बुझाउनुुपर्ने अवस्था समेत आउँछ ।

 Image