Successfully Copied

मोटोपन के हो ?

जसको उचाई भन्दा तौल बढी भयो त्यसलाई मोटोपन मानिन्छ । बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी भए मोटोपन भनिन्छ । पहिले–पहिले मोटोपनलाई हृष्टपुष्ट, खानदानी तथा आर्थिक हिसाबले सम्पन्न भन्ने मानिन्थ्यो भने हिजोआज यसलाई विकराल रोगका रुपमा लिन थालिएको छ । अहिलेको अनुसन्धानअनुसार

लगनखेलका सात वर्षीय दिवस शर्मा अहिले १० वर्षका भए । उनको तौल ६० किलो छ । जंकफूड तथा चिल्लो खाना मनपराउने उनी उमेरका हिसाबले धेरै मोटा छन् । कतिपय मानिस टेम्पो तथा माइक्रोमा हिड्दा पनि मोटो भएर सिटमा नअटेको गुनासो सुनिन्छ । अहिले धेरै मानिसमा मोटोपन बढ्दै गएको छ ।

जसको उचाई भन्दा तौल बढी भयो त्यसलाई मोटोपन मानिन्छ । बडी मास इन्डेक्स (बीएमआई) ३० भन्दा बढी भए मोटोपन भनिन्छ । पहिले–पहिले मोटोपनलाई हृष्टपुष्ट, खानदानी तथा आर्थिक हिसाबले सम्पन्न भन्ने मानिन्थ्यो भने हिजोआज यसलाई विकराल रोगका रुपमा लिन थालिएको छ । अहिलेको अनुसन्धानअनुसार मोटोपन महामारी रोग निम्त्याउने बाटो बनेको छ साथै यो आफैंमा एउटा रोग पनि हो ।

कतिपयले छि यो कस्तो मोटो भन्दा मोटा मानिसमा मानसिक असर समेत पर्न सक्छ । मोटोपनले शारीरिक तथा मानसिक पीडा हुने भएकाले अन्य रोग लाग्ने संभावना पनि उत्तिकै रहन्छ । मधुमेह, घुँडा दुख्ने, कलेजोमा बोसो जम्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् । मन मष्तिष्कलाई आफ्नो नियन्त्रणमा राख्न सके शरीरको तौल घटाउन खासै गाह्रो छैन । यसका लागि खानपान, शारीरिक व्यायाम एवं समय–समयमा उचित खाना खानु आवश्यक हुन्छ ।

यसो गर्दा शरीरको तौल सन्तुलित र कम राख्न सहयोग पुग्छ । यसका साथै दिनमा साढे दुई देखि तीन लिटर पानी एक–एक घन्टाको फरकमा सेवन गर्नुपर्छ । खाना र पानी सँगै खानुहुँदैन । खाना खानुभन्दा आधा घन्टा अघि तथा खाएको आधा घन्टा पछि पानी पिउनुपर्छ । नियमित रुपमा सन्तुलित खाना (गहँु, मकै, जौ, फापर, धान, जुनेउलो आदि) खानुपर्छ । माछा, मासु, गेडागुडी, दाल सबै प्रकारका तरकारी, हरियो तरकारी, तेल पनि उचित मात्रामा सेवन गर्नुपर्छ । दिनहुँ नियमित रुपमा शारीरिक व्यायाम गर्नुपर्छ ।

उमेरवृद्धिसँगै मोटोपन पनि बढ्ने हुनाले विभिन्न रोगको शिकार हुने संभावना बढ्छ । अहिले धेरै मानिस कामकाजी छन् । जसले गर्दा उनीहरुसँग शरीर घटाउने समय हुँदैन । त्यसैले उचित आहारको लागि पोषणविद्सँग सल्लाह लिन उपयुक्त हुन्छ ।

 डाइटिसियन, ग्राण्डी इन्टरनेशनल हस्पिटल, धापासी

 Image