Successfully Copied

गुड लक विसले मिलाएको जोडी

डा. अनिल नेपाल आएका बेला उनीहरू भेटघाट गर्थे । त्यतिबेला घुम्न कतै टाढा जाँदा कसैले देख्ने हो कि भन्ने चिन्ता डा. अनिललाई हुन्थ्यो, त्यसैले उनीहरू नजिकैको रेस्टुराँमा पुग्थे । विवाह गर्ने समयमा मनीषाले शिक्षण अस्पतालको जागिर छोडिन् । अहिले मनीषा आफ्नी दुई वर्षीया

डा.ओममूर्ति अनिलको विवाह ६ वर्षअघि बनेपाकी मनीषा वैदारसँग भएको थियो । डा. अनिलको बनेपाको नेवार समुदायकी एक्ली छोरी मनीषासँग विवाह हुँदा सुरुमा केही अप्ठ्यारो परिस्थितिको सामना गर्नुप¥यो । नेवार समुदाय, त्यसमा पनि एक्ली छोरीको विवाह अर्कै जातसँग हुने कुरा सुनेर मनीषाका अभिभावकले सुरुमा ग्रिन सिग्नल नदिए पनि डा. अनिलसँग पहिलेदेखि नै चिनजान भएकाले ती कुरा गौण हुन पुगे । डा. अनिलले मनीषाका बुवा तथा आमाको उपचार गरेकाले सम्बन्ध बिस्तार सहज भयो ।

भेट

कामको सिलसिलामा डा. अनिल तथा मनीषाको भेट शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो । मनीषा शिक्षण अस्पतालमा नर्सका रूपमा कार्यरत थिइन् । ड्युटीकै क्रममा चिनजान भएका उनीहरू अस्पतालमा हुँदा काममा मात्र केन्द्रित हुन्थे । एक समय डा. अनिलको परीक्षा चलिरहेको थियो । त्यतिबेला मनीषाले ‘बेस्ट अफ लक’ भनेर विस गरेपछि मात्र उनीहरूको सम्बन्धले बे्रक थ्रु पायो । उक्त शुभकामना ओमको जीवनमा ग्रिन सिग्नलका रूपमा देखाप¥यो । डा. अनिलको सरलता, काम प्रतिको रुचि एवं इमान्दारिता देखेर नै मनीषा प्रभावित भएकी थिइन् । यसैगरी डा. अनिल पनि मनीषाको सत्यता, इमान्दारिता एवं सरल व्यवहारबाट प्रभावित थिए ।

केही समय शिक्षण अस्पतालमा काम गरेपछि डा.अनिल थप अध्ययन (डिएम) का लागि दिल्ली गए । त्यो समयमा उनीहरूबीच फोनमा कुराकानी हुन्थ्यो । डा. अनिल पढ्न तथा मनीषा काममा व्यस्त भएकाले प्रेमसम्बन्धी कुरा त्यतिबेला खासै नभएको उनीहरू बताउँछन् ।

डा. अनिल नेपाल आएका बेला उनीहरू भेटघाट गर्थे । त्यतिबेला घुम्न कतै टाढा जाँदा कसैले देख्ने हो कि भन्ने चिन्ता डा. अनिललाई हुन्थ्यो, त्यसैले उनीहरू नजिकैको रेस्टुराँमा पुग्थे । विवाह गर्ने समयमा मनीषाले शिक्षण अस्पतालको जागिर छोडिन् । अहिले मनीषा आफ्नी दुई वर्षीया छोरीको स्याहार गरेर दिन बिताउ“छिन् भने परिआएका बेला मोडर्न हर्ट क्लिनिकलाई समय दिन्छिन् । छोरी हुर्किएपछि कामलाई निन्तरता दिने उनको योजना छ ।

 

विवाह तथा हनिमुन

डा. अनिल तथा मनीषाको विवाह जनकपुरको एक होटलमा भएको थियो । नेवारी तथा मैथिली दुवै संस्कृतिअनुसार उनीहरूको विवाह सम्पन्न गरियो । नेवार संस्कृतिमा विवाहका बेला सुपारी दिने चलन छ । त्यही चलनअनुसार आफ्नो विवाह भएको मनीषा बताउँछिन् । विवाहको पर्सिपल्टै हनिमुनका लागि उनीहरू दिल्ली तथा गोवातर्फ लागेका थिए ।

 

चिकित्सकको पेसा अनि परिवारलाई समय

मुटुरोग विशेषज्ञ डा.अनिल बिहान ग्रान्डी इन्टरनेसनल हस्पिटल तथा दिउँसो महाराजगन्जस्थित मोडर्न हर्ट क्लिनिकमा व्यस्त रहन्छन् । दिउँसो एक घन्टा समय बच्छ । उक्त समय उनी आफ्नो परिवार तथा २ वर्षीया छोरीसँग बिताउँछन् ।चिकित्सकका लागि पेसा तथा सामाजिक उत्तरदायित्व परिवारभन्दा माथि हुने डा. अनिल बताउँछन् । घरमा परिवार बिरामी हुँदा अथवा आफू बिरामी हुँदा पनि सबै कुरा छोडेर बिरामीको उपचारमा लाग्छन् उनी । आफ्नो पेसाप्रतिको उत्तरदायित्व बहनका कारण धेरै पारिवारिक पार्टी तथा कार्यक्रममा जान नपाएको अनुभव डा. अनिलसँग छ तर त्यसप्रति उनलाई कुनै गुनासो छैन ।

 

खाना पकाउन रुचि

अन्य दिनमा काम गर्नेले खाना बनाए पनि चाडपर्व तथा बिदाका दिन भने डा. अनिल आफैं खाना बनाउन अग्रसर हुन्छन् । युटुब हेरेर खाना पकाउने डा. अनिलले बनाएका परिकार स्वादिला हुने मनीषा बताउँछिन् । बिदाका दिन उनी शाकाहारी तथा मांसाहारी दुवै थरीका परिकार तयार पार्छन् । डा. अनिलले पकाउने मटन करी विशेष स्वादिलो हुने मनीषाले बताइन् ।

मन पर्ने / मन नपर्ने पक्ष

डा.अनिललाई मनीषाको छिट्टै रिसाइहाल्ने तथा कहिलेकाहीँ मिसअन्डरस्ट्यान्ड गर्ने बानी मन पर्दैन । त्यसैगरी मनीषालाई डा. अनिलको रिसाहा स्वभाव मन पर्दैन । यद्यपि उनीहरूको रिस क्षणिक हुन्छ । त्यस्तो स्थितिमा दुई घन्टामै बोलचाल हुने उनीहरूले बताए । डा. अनिलको अनुहार हेर्नासाथ रिस क्षणभरमै शान्त हुने मनीषा बताउ“छिन् । डा. अनिललाई मनीषाको केयरिङ स्वभाव मन पर्छ भने मनीषालाई डा. अनिलको खुल्ला विचार मन पर्छ ।

 

पहिरन तथा उपहार

डा. अनिल तथा मनीषा कार्यक्रमका सिलसिलामा दिल्ली गैरहन्छन् । त्यहाँ उनीहरू आफूलाई चाहिने पहिरन खरिद गर्छन् । मनीषालाई आफ्ना लागि पहिरन छान्न द्विविधा हुने भएकाले उनका लागि डा. अनिलले नै पहिरन छनोट गरिदिन्छन् । डा. अनिलले म्यारिज एनिभर्सरी अथवा त्यस्ता अरू उत्सवमा खासै उपहार दिने गरेका छैनन् । मनीषाले भने गत वर्षको म्यारिज एनिभर्सरीमा डा. अनिललाई औंठी उपहार प्रदान गरेकी थिइन् ।

 

बलियो सम्बन्ध

विवाह सामाजिक सम्बन्ध हो । विवाह दुई भिन्न परिवार, संस्कृति तथा परिवेशको मिलन पनि हो । दुवैले एक–अर्काको संस्कृति तथा परिवेश बुझेर परिवारको मान–मर्यादा कायम राख्नुपर्ने धारणा यो दम्पतीको छ । उनीहरू भन्छन्–एक–अर्काको परिवारलाई उँचनिचको भावनाले हेर्नुहुँदैन । दुवैको संस्कारको राम्रो कुरा ग्रहण गर्ने र विभेदकारी कुरा छोड्न सक्नुपर्छ । यति गरे सम्बन्धमा समस्या सिर्जना हुन पाउँदैन । यस्ता दम्पती घरका सबै सदस्य तथा बाहिरी वातावरणसँग छिटो घुलमिल हुन सके वैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।

 Image